समीङ्हीँ भब्य प्रदर्शन
13 Jun 2015

लर्फु फिल्मस द्वारा घान्द्रुकको प्रस्तुती सुनील गुरुङको सन्देशमुलक गुरुङ कथानक चलचित्र "समिङ्ही" आर्थात श्रीमान/ श्रीमती हिजो शनिबार कल्पना हल तेर्सापाटी पोखरामा ३ शो भब्य प्रर्दशन भएको छ । राजबहादुर (च्यों) र सुनील गुरुङको संयुक्त लगानीमा निर्माण गरेको उक्त चलचित्रको निर्देशक गुन्जबहादुर गुरुङले गरेको छ । श्रीमान श्रीमती बिचको कथामा आधारित सो चलचित्रको कथा पटकथा सुनिल गुरुङको रहेको छ हिजोको प्रर्दशन पश्चात चलचित्र राम्रो बनेको र असाध्यै मन पराएको हेर्न आउने दर्शकहरुबाट राम्रो प्रतिकृया आएको कुरा निर्माताहरुले बताएको छ। हिजोको प्रर्दशन आपरसफलता मिलेकोमा राजबहादुर(kancha) भाई र सुनिल भाई लगायत " समीङ्ही"युनिटलाई हार्दिक बधाई अनी शुभकामना !!! 

Gallery