सरस्वतीको जन्मदिनमा आमाको विमोचन (full Album)
17 Jul 2015

रेडियो अन्नपूर्णकर्मी तथा गीतकार सरस्वती गुरुङको आमाप्रति समर्पित एल्बमको ‘आमा’ म्युजिक भिडियोको आज ( शुक्रबार ) एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।सञ्चारिका समूह पश्चिमाञ्चलले आज पोखरामा आयोजना गरेको कार्यक्रममा ५ जना आमाहरुले विमोचन गर्नुभएको हो । लोकगायिका प्राज्ञ हरिदेवी कोइराला, गीतकार गुरुङका ममतामयी आमा पूर्णकुमारी गुरुङ, ठूलीआमा नन्दकुमारी गुरुङ, युवा साहित्यकार सरस्वती प्रतिक्षा, तमु धीँ नेपालका अध्यक्ष कर्म तमुले संयुक्त रुपमा भिडियोको विमोचन गर्नुभएको हो ।कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले संसारमा सफल धेरै हुने तर असल कमै मात्र हुने भएको भन्दै गीतकार गुरुङको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि गीतसंगीतको क्षेत्रमा फड्को मार्दै जान सुझाव दिनुभयो ।

लोकदोहारी गायिका प्राज्ञ हरिदेवी कोइरालाले गुरुङले गरेको कार्यको प्रशंसा गर्दै आमाको महिमा अपरम्पार भएको बताउनुभयो । उहाँले यतिले मात्र आमाको सम्मान नहुने भन्दै अझै सशक्त रुपमा लागि पर्न सुझाव दिनुभयो ।तमु धीँ नेपालका अध्यक्ष कर्म तमुले गुरुङले सञ्चार र संगीतसँगै समाजसेवामा पनि सक्रिय भएको देख्दा खुसी लागेको बताउनुभयो । यो सक्रियतालाई आगामी दिनमा पनि जारी राख्नु युवा साहित्यकार सरस्वती प्रतिक्षाले नारीको सम्मान लागि लेखिएको गीतको प्रश्रसा गर्दै अझै फरक तरिकाले अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार सरस्वती गुरुङ, निर्देशक कृष्णकुमार गुरुङ, प्रहरी नायव निरिक्षक पंकज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, बानका उपाध्यक्ष रमेश पौडेल, एनप्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोची, फोनिसका अध्यक्ष हुमबहादुर तमु, रोट्री क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष पुरन कुवँर, युवा नेता राजकाजी गुरुङ ( करण ), वरिष्ठ पत्रकार नारायण कार्की लगायतले शुभकामना दिनुभएको थियो ।उक्त अवसरमा स्रष्टाको परिचय सञ्चारकर्मी सञ्जय मल्लले दिनुभएको थियो । सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष बसन्ती वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष जमुना ( वर्षा ) शर्माले र सञ्चालन सचिव विमला भण्डारीले गर्नुभएको थियो ।

Photo by Rakesh Gurung

Gallery