प्रथम काजिपपोखरी खुल्ला सेभेन ए साईड फूटबल जारी
09 Sep 2015


पोखरा २२ भदौ । 
    काजीपोखरी यूथ क्लब पोखराको आयोजनामा जारी प्रथम काजिपपोखरी खुल्ला सेभेन ए साईड फूटबल प्रतियोगितामाम प्रि क्वार्टरफाईनल चरणका  ९ खेल भएका छन् । 
    बुधबारको पहिलो खेलमा बुद्धचोक फूटबल क्लबले मेरो नेपाल यूथ क्लबलाई ४—० ले हरायो । दोश्रो खेलमा विष्णुपादुका क्लब हेमजाले एकता फूटबल क्लबललाई १—०को जीत दर्ता गर्यो । तेश्रो खेलमा फ्रेण्डसीप फूटबल क्लबले रामबजार बी लाई १—०ले पाखा लगायो । चौथो खेलमा शिबटोल फूटबल टीममाथि ३—० को जीत निकाल्दै अक्सीजन फूटबल क्लब अघिल्लो चरणमा प्रवेश गर्यो । त्यस्तै पाँचौ खेलमा ईन्द्रेणी क्लब बगरले एस ओ एस लाई  २—० ले पराजित गर्यो । छैठौँ खेल भने साझा यूथ क्लब अनुपस्थित रहेपछि यूवासंघ कास्कीले वाकओभर पाउँदै अघिल्लो चरणमा प्रवेश गर्यो । काजीपोखरी फूटबल क्लब र दुरा पूmटबल क्लब बीच भएको सातौँ खेलमा काजीपोखरीले ३—० को सहज जीत निकाल्यो भने पुन टोल र एल जी एसोसियसनबीचको आठौँ खेलमा २—१ को अन्तरले हराउँदै एल जी एसोसियसन अघिल्लो चरण प्रवेश गर्यो । यस्तै नवौँ खेलमा मशिना यूथ क्लब र संगम जुनियर क्लब बीचको खेलमा संगम जुनियरले २—१ को जीत हासील गरेको छ । 
प्रतियोगितामा विहिबार दोश्रो चरणका केही खेलहरु र क्वार्टरफाईनलका समेत केही खेल हुने प्रतियोगिताका संयोजक अनुपसिंह भण्डारीले जानकारी दिए । सेवा नै धर्म हो भन्ने मूल नाराका साथ भूकम्प पीडितहरुको सहयोगार्थ एवं काजीपोखरीमा फूटलब मैदान निर्माण गर्ने उद्धेस्यले प्रतियोगिता आयोजना गरिएको हो । 

Gallery

Write a Comment

Events
Random Picks