पोखरा सडक महोत्सव सुरु
28 Dec 2015
पोखरा, १३ पुस/पर्यटन प्रवद्र्धना लागि पोखरामा सोमबार देखि १७ औ पोखरा सडक महोत्सवको सुरु भएको हो । महोत्सवको पर्यटन मन्त्री आनन्द कुमार पोख्रेरले उद्घाटन गरे । उनले पर्यटन क्षेत्रका विकासका लागि कारवन रहित पर्यटन व्यावसाय बताउनु पर्ने बताए । उनले पर्यटन व्यवासायमा दाउरा, ग्यास, कोइला लगायतका प्रयोग नगरिकन सञ्चालन गर्नु पर्ने बताए ।

पोखरा सडक महोत्सव सुरु

त्यसो गरेमा नेपालको पर्यटन क्षेत्रलाई विश्व व्यापि बनाउन सकिने बताए । मन्त्री पोख्रेरले पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको काम दुई महिना भित्रै सिलन्यास गरेर सुरु हुने बताए । उद्घाटन कार्यक्रममा सांसद रविन्द्र अधिकारी, पश्चिमाञ्चल क्षेत्रिय प्रसासक केदार बहादुर अधिकारी, महोत्वका संयोजक दोर्ज लामा लागयतले महोत्सवले पोखराको पर्यटन आर्थिक दुबै क्षेत्रमा सहयोग पुग्ने बताए ।

महोत्सवको तयारी स्वरुप लेकसाइडको मुल सडक चिटिक्क परेर सजाइएको छ । सडकसँगै होटल, रेस्टुरेन्ट पनि सजाएर झकिझकाउ पारिएको छ । महोत्सवका लागि लेकसाइडको करिब ३ किलोमिटर क्षेत्र सडक पुरै झिलिमिली भएको छ । फिस्टेल गेट देखि सुरु भएको खपौंदीसम्मको मुलसँगै भित्री सडक पनि ध्वजापताकाले सजिएको छ ।

महोत्सव आयोजक रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष गोपिबहादुर भट्टराइले महोत्सवले पोखरामा चहलपहल बढाएको बताए । पाँचदिनसम्म चल्ने महोत्सवमा होटलका करिब ६० प्रतिशत कोठा बुकिङ भइसकेको अध्यक्ष भट्टराइले बताए । ‘पोहोर यतिबेलाको बुकिङ करिब सतप्रतिशत पुग्थ्यो । तर, अहिले मुस्किलले ६० प्रतिशत पुगेको छ । तैपनि हामीमा उत्साह जागेको छ,’ अध्यक्ष भट्टराइले भने, ‘अहिलेको अप्ठेरो अवस्थामा पनि यत्तिको आगमनलाई हामीले सकारात्मक लिएका छौं ।’

व्यवसायीले सडक महोत्सवमा पोखरा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई विशेष छुटको व्यवस्था समेत गरेका छन् । व्यवसायीले रेस्टुरेन्टको बिलमा १५ र होटलका कोठाको शुल्कमा ३० प्रतिशत छुटको घोषणा गरिसकेका छन् । रेवानका अध्यक्ष गोपि भट्टराईले पाहुनाको आगमन बढाउन छुटको व्यवस्था गरेको बताए ।

सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित आयोजित महोत्सबमा खानाको परिकार संगै विभिन्न सास्कृतिक प्रस्तुति रहने छन् । सडक महोत्सबले पोखरा र यस आसपासको क्षेत्रको कला, सस्कृति, भेसभुषा जगेर्ना गर्नुको साथै पोखराका पर्यटक वढाउन महोत्सवले महत्वपुर्ण भुमिका खेलेको आयोजकको दावी छ । उद्घाटन पहिलो विभिन्न झाकिहरु प्रर्दशन गरिएको थियो ।

text copy : ganthan.com
Gallery

Write a Comment

Events
Random Picks