JUSTICE FOR NEHA PUN || Peace Rally
04 Feb 2016

माधब भुसाल पोखरा,माघ २१ । बिहीबार पोखराको चिप्लेढुङ्गामा मानिसहरु भेला हुँदै थिए । कलेजका ड्रेस लगाएका देखि लिएर सबै उमेर समुहका मानिसहरुको बृहत् भेला भो केही बेरमा नै । अधिकांशको हातमा प्लेकार्ड थियो । जसमा लेखिएको थियो ‘नेहाको हत्यारालाई कारबाही गर’ , महिला हिंसा अन्त्य गर । यस्तै यस्तै लेखीएका प्लेकार्ड बोकीरहेका थिए । माघ १८ गते राति पोखराको न्युरोड स्थित स्माइल क्याफेबाट आफ्नो घर नयाँगाउ जाने क्रममा नेहा पुनको क्रुरता पुर्वक हत्या भयो । र त्यसकै बिरोध स्वरुप चिप्लेढुङ्गाबाट महेन्द्रपुल हुँदै पृथ्वीचोक र जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको थियो । जसलाई संयोजन गरेका थिए फेसबुक ग्रुप एम आर आर, पुन समाज पोखरा, राम बजार युथ क्लब लगायतका संस्थाहरुले । जब र्याली शुरु भो अनि नारा पनि जोड तोडका साथ लाग्न थाल्यो । ‘बलात्करीलाई फँसी दे, फँसी दे ।’ फेसबुक मार्फत जम्मा भएको करिब १५ सय बढीको त्यो जमात स्वत स्फुर्त रुपमा बढ्दै थियो । सँगसँगै एउटा चित्कार झल्कीन्थ्यो नेहाको न्यायको लागी । त्यही जमातमा एउटा बृद्धा पनि अरुको स्वरमा स्वर मिलाउदै थिइन् ‘बलात्कारीलाई फँसी दे, फँसी दे ।’ अन्तत र्याली शहिदचोक स्थित जिल्ला प्रशासन कार्यलय पुग्यो र ज्ञापन पत्र बुझायो । ‘यस्तै र्याली पहिले पनि निस्कीएको थियो, ओसीम गुरुङको न्यायको लागी । आज फेरी एउटा १९ बर्षिया नेहाको बलात्कार पछि हत्या भएको छ । अझै कति नेहा र ओसीमको घटना दोहोरीरहने हाम्रो समाजमा । त्यसैले यस्तो प्रकृतिको घटनाका दोषीलाई फँसीको सजाय तोकिनै पर्छ’ र्यालीमा सहभागी कृष्ण पाण्डेले दुखेसो पोखे । त्यति भन्दा भन्दै उनि फरि नारा लगाउदै प्रशासन गेटतर्फ लागे ‘बलात्कारीलाई फाँसी दे, फँसी दे । ’ फोटो : भुपाल कुमार गुरुङ, युनिश गुरुङ

Gallery
Events
Random Picks