वृद्धवृद्धाका साथ केक काटेर जन्मदिन मनाए विवेकले
24 Aug 2016

 पोखरा, ८ भदौ । स्टेज पर्फमर तथा कोरियोग्राफर विवेक गुरुङले आफ्नो २३ औँ जन्मदिन वृद्धवृद्धाहरुमाझ केक काटेर मनाएका छन् । पोखराको वात्सायन वृद्धाश्रममा रहेका १५ जना भन्दा बढि वृद्धवृद्धाहरुमाझ उनले केक काटेर जन्मदिन मनाएका हुन् ।

साथै उनले वृद्धवृद्धाको खानपिनका लागि नगद सहयोग उपलब्ध पनि गराए । केक, जुससँगै उनले नगद ८ हजार रुपैयाँ वृद्धाश्रमका वृद्धवृद्धाका लागि उपलब्ध गराएका थिए । उनले आफ्नो जन्मदिनमा वृद्धवृद्धालाई सहयोग गर्दै उनीहरुबाट आर्शिवाद लिए ।

‘सबैजना एक दिन यो अवस्थामा आउनुपर्छ । र, वृद्धवृद्धालाई सहयोग गर्नु सबैको कर्तब्य हो । त्यहि कर्तब्य सम्झेर मैले यहाँसम्म आएर जन्मदिन मनाएको हुँ ।’ विवेकले भने–‘आगामी दिनमा सकेसम्मको सहयोग म आफैँपनि गर्नेछु । र, अरुलाई पनि सहयोग गर्न उत्प्रेरित गर्नेछु ।’

विवेक पछिल्लो समय स्टेज पर्फमेन्सबाट चर्चित छन् । स्टेजमा रुचाईएका विवेक चाँडै नै फिल्ममा पनि अभिनय गर्दैछन् । उनले यूट्युबमा कमेडी शो चलाउने योजनामा रहेको सुनाए ।

Gallery
Events
Random Picks