7th Big Icon 3rd Audition
05 Feb 2017

बिग आइकन चौथो चरणमा ः तस्रो चरणको अडिसनबाट ५७ जना छनौट

रेम बिक 
फोटो : निषद श्रेष्ठ ( जक्सन डट कम )
पोखरा । 

सातौँ सँस्करणको बिग आइकनको अडिसन चौथो राउण्डसम्म आइपुगेको छ । आइतबार तेस्रो चरणको अडिसन सकिएपछि प्रतियोगिता चौथो चरणमा प्रवेश गरेको हो । तेस्रो चरणदेखि चौथो चरणमा जम्माजम्मी ५७ जना गायन प्रतिभाले प्रवेश पाएको आयोजक बिग एफएमले जनाएको छ । 

तेस्रो चरणमा ७७ जना प्रतिस्पर्धी मञ्चमा उत्रिएका थिए । उनीहरुमध्ये २० जना प्रतिस्पर्धीहरु बाहिरिएको एफएमले जनाएको छ । यो पटकको बिग आइकनमा ५४ जिल्लाका ११ सय ५२ जना प्रतिस्पर्धीहरुले आवेदन भरेका थिए । चौथो चरणको अडिसन मंगलबार हुने एफएमले जनाएको छ । 

‘११ सय ५२ प्रतिस्पर्धीमध्येबाट छानिएर ५७ जनासम्म आइपुग्दा प्रतिस्पर्धा निकै कडा हुने सँकेत देखिएको छ ।’ निर्णायक मध्येका एक सुनील थापाले भने–‘अघिल्ला चरणमा निर्णायकलाई समेत गाह«ो हुने निश्चित छ ।’ यो पटक निकै खारिएका गायन प्रतिभाहरु मञ्चमा उत्रिएको थापाले बताए । 

यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

Gallery

Write a Comment

Events
Random Picks