7th Big Icon Gitano Round ( TOP 20 Selection )
15 Feb 2017

बिग आइकनमा उत्कृष्ट २० प्रतिस्पर्धी, शुक्रबार उत्कृष्ट १५ छनौट हुने

रेम बिक
पोखरा, ४ फागुन । 

जारी सातौँ चरणको बिग आइकन उत्कृष्ट २० राउण्डमा प्रवेश गरेको छ । बुधबार भएको उत्कृष्ट २५ गायन प्रतिभाहरुबीचको प्रतिस्पर्धाबाट ५ जना बाहिरिएपछि प्रतियोगितामा २० जना प्रतिस्पर्धी रहेका हुन् । 

बुधबार प्रतियोगिताबाट बाहिरिनेमा उषा गुरुङ, स्मिता दुरा, उर्मिला पुन, सरिता सुवेदी र रश्मी गुरुङ उत्कृष्ट २५ राउण्डबाट बाहिरिएको आयोजक बिग एफएमले जनाएको छ । बिग आइकन अन्तरगत उत्कृष्ट २० मध्येबाट अघिल्लो चरणमा अझै पाँच जना प्रतियोगीहरु बाहिरिनेछन् । पुर्णतया निर्णायकको निर्णयअनुसार उनीहरु प्रतियोगिताबाट बाहिरिएका हुन् । 

अघिल्लो चरणको प्रतिस्पर्धा शुक्रबार हुने एफएमले जनाएको छ । यो पटकको बिग आइकनमा ५४ जिल्लाका कुल ११ सय ५२ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । विभिन्न चरण पार गर्दै अहिलेसम्म उत्कृष्ट २० प्रतिस्पर्धीको छनौट गरिएको हो । हाल ‘गीतानो’ राउण्डमा प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा देखाईरहेका छन् । 

जारी बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । उत्कृष्ट १० प्रतिस्पर्धी छनौट गर्दासम्म निर्णायकहरुको सर्वाधिकार रहनेछ भने उत्कृष्ट १० पछि उत्कृष्ट ३ छनौटसम्म निर्णायकहरुको अग्राधिकार रहने एफएमले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट ३ छनौटपछि सर्वोत्कृष्ट छनौटका लागि भने सम्पूर्ण जिम्मा स्रोताको एसएमएस भोटमा रहने उसले जनाएको छ । 

सातौँ सँस्करणको बिग आइकन बन्नेले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Photo:- Nishad Shrestha (Jukson.com)

Gallery

Write a Comment

Events
Random Picks