7th Big Icon 2016 ( Top 10 Performance )
25 Feb 2017

बिग आइकनका उत्कृष्ट १० प्रतिस्पर्धीले देखाए प्रतिभा, सोमबार एकजना बाहिरिने

रेम बिक 
पोखरा । 

फोटो : विप्सन के. सी 

उत्कृष्ट १० मा छनौट भएका बिग आइकनका प्रतिस्पर्धीहरुले शनिबार अघिल्लो चरणको लागि आफ्नो प्रस्तुती दिएका छन् । शनिबार प्रस्तुती दिएका १० जनामध्ये एक जना प्रतियोगी बाहिरिने आयोजक बिग एफएमले जनाएको छ । 

यो पटकबाट निर्णायकको मतसँगै स्रोताको एसएमएस भोटिङले समते मताधिकार राख्ने भएपछि प्रतियोगिताबाट बाहिरिने प्रकृयामा केहि फरक शैली अपनाईएको हो । नयाँ शैली अनुसार अर्को चरणको प्रस्तुती दिनभन्दा अगाडि नै प्रतियोगिताबाट एक जना प्रतियोगी बाहिरिएको घोषणा गरिनेछ । त्यसपछि मात्रै उत्कृष्ट ८ का लागि ९ जना प्रतिस्पर्धीहरु भिड्नेछन् । 

शनिबार १० जना प्रतिस्पर्धीले आ–आफ्नो प्रस्तुती दिएसँगै उनीहरुको भोटिङ समेत खुला गरिएको छ । सोमबार हुने आगामी चरणको प्रतिस्पर्धासम्म उनीहरुलाई भोटिङ गर्न सकिने एफएमले जनाएको छ । प्रतियोगितामा यतिबेला पाल्पाका दिनेश बराल, लमजुङका सलोमी गुरुङ, लेखनाथका सौजन्या तामाङ, अर्चलबोटका गौरब पुन, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जी भिड्दैछन् । 

जसअनुसार दिनेश बराललाई भोट गर्न मोबाइलको म्यासेज बक्समा द्यक्ष्न् कउबअभ म्द्य, सलोमी गुरुङलाई भोट गर्न द्यक्ष्न् कउबअभ न्क्, सौजन्या तामाङलाई भोट गर्न द्यक्ष्न् कउबअभ क्त्, गौरब पुनलाई भोट गर्न द्यक्ष्न् कउबअभ न्ए, यामबहादुर नेपालीलाई भोट गर्न द्यक्ष्न् कउबअभ थ्ल्, निलिमा ए साङ्मालाई भोट गर्न द्यक्ष्न् कउबअभ ल्क्, सागर आलेलाई भोट गर्न द्यक्ष्न् कउबअभ क्ब्, सुबास गुरुङलाई भोट गर्न द्यक्ष्न् कउबअभ क्न्, प्रिया गुरुङलाई भोट गर्न द्यक्ष्न् कउबअभ एन् र लक्ष्मण दर्जीलाई भोट गर्न द्यक्ष्न् कउबअभ ीम् टाइप गरि ४३२१ मा सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ । 

यो पटक बिग आइकनमा कुल ११ सय ५२ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । विभिन्न ११ वटा चरणपछि मात्रै बिग आइकनमा उत्कृष्ट १० जना प्रतियोगीहरु छनौट भएका हुन् । यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

Gallery
Events
Random Picks