7th Big Icon 2016 (Top 6 )
06 Mar 2017

Photo : Beepsun K.C.

बिग आइकनबाट बाहिरिए पर्वतका लक्ष्मण, उपाधीका लागि ६ जनाबीच भिडन्त

रेम बिक
पोखरा, २३ फागुन । जारी बिग आइकनको उत्कृष्ट ६ प्रतिस्पर्धीबीच सोमबार प्रतिस्पर्धा भएको छ । उत्कृष्ट ७ प्रतिस्पर्धीमध्ये एक लक्ष्मण दर्जी प्रतियोगिताबाट बाहिरिएपछि ६ जनाबीच प्रतिस्पर्धा भएको हो । पर्वतका लक्ष्मण दर्जी बिग आइकनकै लागि सरकारी जागिर छाडेर पोखरा हानिएका थिए ।

‘संगीत बाहेक केहि सोँच्न पनि नसक्ने’ बताउने लक्ष्मण यो प्रतियोगितामा पहिलो पटक सहभागी भएका हुन् । आफ्नो साथीमार्फत बिग आइकनको मञ्चसम्म आईपुगेका लक्ष्मण पहिलो पटकमै यो खाले लोभलाग्दो यात्रा तय गरेर आफुलाई अब्बल साबित गरिदिएका छन् । गायनको हिसाबले लक्ष्मण निकै उत्कृष्ट भएको निर्णायकहरुले बताउँदै आएका थिए ।

यद्यपी प्रतियोगितामा स्रोताको एसएमएस भोट र निर्णायकको मताधिकार प्रयोग गर्दा उनी अन्य प्रतिस्पर्धीको तुलनामा कमजोर साबित भएपछि बाहिरिएका हुन् । ‘म बाहिरिए पनि दुखी छैन । कारण, मैले यो मञ्चबाट आफुलाई अझै बढि निखार्ने मौका पाएको छु ।’ लक्ष्मणले भने–‘मैले साँगीतिक क्षेत्रमा केहि गर्न सक्ने रैछु भन्ने कुरा पनि पुष्टी भएको छ । म आगामी दिनमा अझै बढि संगीतमै लाग्नेछु ।’

बाहिरिने क्रममा लक्ष्मणले बाँकी प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिए । त्यस्तै उनले बिग एफएम र निर्णायकहरुलाई पनि धन्यबाद दिए ।

पर्वतका लक्ष्मण दर्जी बाहिरिएसँगै अब प्रतियोगितामा लेखनाथकी सौजन्या तामाङ, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ र संगम टोलकी प्रिया गुरुङ भिड्दैछन् ।

उत्कृष्ट ६ प्रतिस्पर्धीलाई अगाडि बढाउन स्रोताहरुले एसएमएस भोटिङ समेत गर्न सक्ने एफएमले जनाएको छ ।  जसअनुसार सौजन्या तामाङलाई भोट गर्न BIG space ST, , यामबहादुर नेपालीलाई भोट गर्न YN, निलिमा ए साङ्मालाई भोट गर्न BIG space NS, सागर आलेलाई भोट गर्न BIG space SA, सुबास गुरुङलाई भोट गर्न BIG space SG र प्रिया गुरुङलाई भोट गर्न BIG space PG  टाइप गरि ३४३२१ मा सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Gallery