Local Election 2074 Pokhara - स्थानीय चुनाव २०७४ (पोखरा लेखनाथ महानगरपालिका)
14 May 2017

Photo:- Nishad Shrestha, Beepson K.C ,Arun Giri & Bhupal K Gurung / JUKSON.COM

उमा आलेमगर
पोखरा, ३१ वैशाख

संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि पोखरा लेखनाथमा चुनाव सम्पन्न भएको छ । विहान ७ बजेबाट देखि सुरु भएको मतदान बेलुका ५ बजे सम्म शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । पहिलो चरणको निर्वाचन अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका सहित अन्य चार गाउँपालिकामा स्थानिय जनप्रतिनिधि चयनका लागि भएको मतदानमा ७५ प्रतिशत मत खसेको हो । पोखरा लेखनाथ महानगरपालिका, अन्नपूर्ण, माछापुच्छ्रे, रुपा र मादी गाउँपालिका गरी पाँच स्थानीय तह रहेको कास्कीमा कुल मतदाता संख्याको झण्डै ७५ प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । 

पोखरा माहानगरपालिका वाड नं १ मा कुल मतादाता ३ हजार ४ सय ७७ मा २ हजार ४ सय ५९ मत खसेको छ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १० मा ४ हजार ७ सय ५८ मतदातामध्ये जम्मा ३ हजार ३ सय ८८  मत खसेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं.२७ अन्तर्गत लक्ष्मी आदर्श मावि मतदान केन्द्रमा १३ सय ७४ मतदाता मध्ये १ हजार ४८ मत खसेको बताइएको छ ।

पोखरा लेखनाथ वडा नं.२८ माझठाना कोलबाटे मतदान केन्द्रमा २ हजार ४५ मध्ये १५ सय ६७ मत खसेको छ भने जनज्योती कालिका मतदान केन्द्रमा २१ सय ८० मतदाता मध्ये १७ सय ७८ मत खसेको बताइएको छ । त्यस्तैगरी पोखरा लेखनाथ वडा नं.२९ अन्तर्गत जनप्रकाश मावि मतदान केन्द्रमा २२ सय ५६ मतदाता मध्ये १६ सय ९०, नवदुर्गा मतदान केन्द्रमा १३ सय ३९ मतदाता मध्ये ९ सय ८० र पट्नेरी मतदान केन्द्रमा १ हजार ९ मध्ये ७ सय ८४ मत खसेको बताइएको छ । पोखरा लेखनाथ ३२ अन्तर्गत व्रहमा रुपा मतदान केन्द्रमा १३ सय ९० मध्ये १ हजार ९८, चन्द्रज्योति केन्द्रमा १ हजार २० मध्ये ७ सय ९२, सिता आधारभूत विद्यालय केन्द्रमा १५ सय ८५ मध्ये १२ सय ४० र गोगन मावि मतदान केन्द्रमा १८ सय मध्ये १४ सय ५७ मत खसेको बताइएको छ । पोखरा लेखनाथ महानगरपालिकाको ३३ नं वडामा ६ हजार ७ सय ४८ मतदाता मध्ये जम्मा ५ हजार २ सय ७८ मत खसेको छ । शान्ती उदय केन्द्र १ हजार ९२, सरस्वती टीका केन्द्र २ हजार ३ सय १९, जनजागृती  (भुलभुला मा बि) ६ सय ८५, चन्डी मा बि ५ सय ४८ र कालिका मा बि ६ सय ३४ मत खसेको छ ।   त्यस्तै गरी रुपा गाउँपालिका वडा नं.७ अन्तर्गत इन्द्रेणी आधारभूत विद्यालय मतादन केन्द्रमा ११ सय १ मतदाता मध्ये ८ सय ४८ मत खसेको छ भने रामकोट मावि केन्द्रमा १२ सय ४८ मतदाता मध्ये ९ सय १४ मत खसेको बताइएको छ । नतिजा आउने क्रम जारी छ ।


कास्कीमा मतदानको लागि १५० मतदान स्थलमा २८८ मतदान केन्द्र तोकिएको थियो । जिल्ला भर कुल २ लाख २४ हजार र पोखरा लेखनाथ महानगरमा मात्रै १ लाख ६८ हजार मतदाता रहेका छन् । पोखरा लेखनाथ महानगरको ३३ वटै वडाको मतगणना नदिपुर स्थित नगर विकास प्रशिक्षण केन्द्रमा हुनेछ । सबै मतदान स्थलबाट मतपेटिका मतगणना स्थलमा पुर्याउने काम हुनेछ । गाउँपालिकाको हकमा सम्बन्धित गाउँपालिकामै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

मतपेटिका जम्मा भएपछि मुचुल्का उठाएर सर्वदलिय बैंठक मार्फत निर्णय गरी गणना सुरु गरिने र आज राती अबेर भए भोलि विहानैदेखि मतगणना थालिने बताइएको छ । कास्कीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । 

Gallery

Write a Comment

Events
Random Picks