7th BIG ICON 2016 ( Top 10 Contestants )
About

बिग आइकनमा उत्कृष्ट १०

११ वटा चरणपछि बिग आइकनको सातौँ सँस्करणले टप १० को यात्रा तय गरेको छ । १० औँ चरणसम्म आइपुग्दा उत्कृष्ट १२ प्रतिस्पर्धी छनौट भएको यो सिजनको बिग आइकन अन्तरगत मंगलबार २ जना प्रतिस्पर्धी बाहिरिएपछि प्रतियोगितामा अब १० जनाबीच भीडन्त हुने भएको हो । 

यहि चरणदेखि प्रतिस्पर्धीहरुलाई अगाडिको यात्रा तय गर्नका लागि निर्णायकसँगै स्रोताको एसएमएस भोटले पनि मताधिकार राख्ने एफएमले जनाएको छ । उत्कृष्ट १० राउण्डमा पाल्पाका दिनेश बराल, लमजुङका सलोमी गुरुङ, लेखनाथका सौजन्या तामाङ, अर्चलबोटका गौरब पुन, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जीले भीड्दैछन् ।

Other Models
Events
Random Picks