भैंसी गोठमा एक साँझ
25-May-2018

वाशुदेव मिश्र
जेष्ठ ११, पोखरा
रुमानी साँझको त्यो योजना। पोखराको एक छेउमा पर्ने मझेरी पाटन, अनि सँगै जोडिएको छिनेडाँडा। रैथानेहरुलाई बालपन सम्झाउन बयरका केही बुटा काफी छन्। तर, चिरा पारिएको जमिन, ठड्याइएका बिजुलीका पोल, अनि जग खन्दै गरेको दृष्यले भन्छ, ‘पक्कै केही वर्षपछि कुनैबेलाको ‘बंजर पाटन’ क्रंक्रिटको जंगल बन्छ।’
पाटन नै पाटनले बनेको पोखरा। धेरैजसो पाटन यतिबेला बस्तीले ढाकिएका छन्। जति बाँकी छन्, ती पनि बित्ता अनि हात नापेर चिरा पारिएका छन्। हो, छिनेडाँडाको यस्तै चिरा पारिएको जग्गाको एक छेउमा रैथाने मोहन कार्की भने अर्कै सपना ९रु० देख्दैछन्।
भेटेनरीको जागिर छाडेपछि मोहन फुर्सदिला भए। पुरानो आफ्नो गाउँ र ठाउँ सहर बनिसकेको थियो। उनी आफू पनि सहरिया नै बने। जागिर छाडेपछिको फुर्सद साँच्चिकै फुर्सदै बनेर हातबाट चिप्लिँदै थियो। उही वयका साथी, उस्तै दिनचर्या। साँझको रुमानी बसाईमा उनीहरुले गम खाए, ‘केही त गर्नुपर्यो।’
सँगै भएका दीपेन्द्र केसी , रेशम जिसी, ललित बानिया, हरिकृष्ण कार्कीले अक्कल निकाले, ‘बाख्रा पालौंं।’
कृषिप्रति आकर्षण बढ्दो थियो। विदेशबाट फर्केकाहरुले किसान नै बनेर उन्नति गरेको कथा पनि उनीहरुले पढेकै थिए। सरकारी कर्मचारी रहेकाहरुलाई ‘अनुदान’ र कम ब्याजदरको ऋणबारे थाहा नहुने कुरै भएन।
बाख्रा पाल्ने निधो भयो। उनीहरुको अभियानमा स्थानीय समाजसेवी बोधराज कार्की पनि जोडिन पुगे। भेटेनरीमा काम गरेका मोहनले छिटो बढ्ने ‘बयरकोट’ बाख्रा पाल्न विज्ञहरुसँग सुझाव मागे। तर, विज्ञहरुको भनाईले सुरुमै उनीहरुको उत्साहमा चिसो पानी खन्याइदियो।
‘डाले घाँस नभएको ठाउँमा यस्तो बाख्रा पाल्दा राम्रो नहुने भएपछि हामीले तरकारी खेती गर्ने निधो गर्यौं’, एक वर्ष अगाडिको क्षण सम्झँदै मोहनले भने, ‘भाडामा १० रोपनी जग्गा लिइयो, अनि डेढ लाख लगानीमा टनेल बनाएर तरकारी लगाउन थालियो।’
तर, एक्कासी आएको हावाहुरीले टनेल छिन्नभिन्न भयो। गर्ने के त, फलामको टनेल बनाउने निधोसँगै कोरियाबाट प्लाष्टिक मगाइयो। भन्सारमा ६ महिना थन्केपछि आएको प्लाष्टिक बेरेर फेरि टनेल ठड्याइयो। काम गर्दै जाँदा मल चाहियो। अब उनीहरुले सोचे, ‘तरकारी मात्र किनरु’
भैंसी पाल्ने सल्लाह भयो। अनि सुरु भयो, राधिका एकिकृत कृषि फाराम।
दुधको बजार 


अब पाडो र बाच्छो हैन मान्छेलाई नै शुद्ध दूध। जेठका लामा दिन। साँझको पौने ६ बज्दै थियो। लहरै राखिएका भैंसीहरु आइँउइँ गर्दैथिए। आकासमा मडारिएको बादल हेर्दै फारामतिर लम्किएकी एक अधबैंसे महिला भन्दै थिइन्, ‘आज मलाई आधा लिटर थप्दिनु नि१’
टेलिफोनमा अर्कैसँग बोल्दै गरेका ललित कार्कीले गाह्रो मानेर भने, ‘हुन्छ भनेकालाई नै पुगेको छैन, कसरी दिनुरु’
‘तपाईंले त पैसा तिरेर पनि दूध पाउनु भएन त१’ नेपालखबरको प्रश्नमा उनी थोरै मस्किइन् र भनिन्, ‘बोइलरको मासुभन्दा त दूध नै मीठो भनेर आ’को, यस्तै भो, हाम्लाई यहाँको दूधको पैसा तिरेकोमा मनखत् छैन।’
किन तरु
समूहका अर्का सदस्य रेशम तम्सिए ।
‘अब शुद्ध दूध खान बाच्छो कि पाडो हुनुपर्छ भन्ने उखानका दिन सकिए।’
रहरमा सर्लाही पुगेर भैंसी ल्याएपछि उनीहरु खुबै रौसिए। घाँसको लागि अर्को १६ रोपनी जग्गा पनि भाडामा लिए। तर, कहिल्यै दूध नबेचेकाहरुलाई पर्नु समस्या पर्यो। घरघरै दूध लिने हो भन्दै हिंड्दै गर्दा उनीहरुले दूधको शुद्धतालाई महत्व दिए। दूधमा पानी नै नमिसाउने।
‘हामी दुहेको बाल्टी पखालेर पनि दूधमा मिसाउँदैनौं’, उनले भने, ‘एक पटक यहाँको दूधको स्वाद पाएपछि मानिसहरु आफै पल्किए।’
हो, राधिका एकिृकत कृषि फारामले दूधमा पानी मिसाउन्न। शुद्ध एक लिटर दूधको मूल्य १ सय २० रुपैयाँ तोकिएको छ। कृषि कर्ममा लागेका कान्छा दीपेन्द्रले भने, ‘हामी कहाँबाट दूध लैजानेहरुले घरमै घिउ निकालेर भुटुन समेत बनाएका छन्, त्यसैले दूधको माग बढ्दो छ।’
भैंसीको बाक्लो दूधमा चिल्लोको मात्रा बढी र पोसिलोपनले पनि ग्राहक लोभिएको उनले अनुमान लगाए। अहिले दूध किन्नेहरुको हारालुछ भए पनि सुरुका दिनमा नबिकेर खुवा बनाएको पनि उनले सम्झे।
दूधको माग बढ्दो छ। उनीहरु भैंसी थप्ने योजनामा छन्। अहिलेसम्म बैंकको ऋण ५४ लाख पुगेको छ। ५ जना महिला र २ जना आवासीय पुरुष कामदार छन्, फाराममा। तरकारीको लागि सिजनमा दैनिक ५ देखि ७ सय रुपैयाँ तिरेर थप कामदार खोज्छन् उनीहरु। बिहान बेलुका गरी उत्पादन १ सय २५ लिटरको हाराहारीमा छ। मासिक हुने आम्दानीमा दाना र कर्मचारीको खर्च छुट्याएर मासिक ८० हजारजति बचेको छ। तरकारी खेतीमा सोचेजस्तै उनीहरुले प्रधानमन्त्री आधुनिक सुपरजोनबाट १५ लाखजति अनुदान पाएका छन्।
‘अहिले हामीले भनेजस्तो दाना पाएका छैनौं, तरकारीमा पनि प्राविधिक सीप सिकाउनेहरुको कमी छ’, ललितले थपे, ‘हामी ऋण नै खोजेर भए पनि फाराममा १ सयबटा भैंसी पुर्याउने योजनामा छौं।’

श्रम गरे यहीं हुन्छ
रसिक छन् उनीहरु। दूध बेच्छन्, हिसाब गर्छन्, अनि फारामको खुल्ला आकासमुनि बसेर सपना देख्छन्। बस्ने खाने सुविधा दिंदा पनि काम गर्ने मान्छे नपाएको गुनासो छ, उनीहरुको। बैंकले कृषिको लागि कम ब्याजदरमा ऋण दिने भनेपनि अहिले ब्याजदर बढेर १४ प्रतिशत पुगेको छ। सरकारी सहयोगको आशा मरेको छैन।
पालोपालो फारामको जिम्मेवारी लिन्छन्। सुरुका दिनमा घरमै पुर्याउने सम्झौता गरेकाहरु कहाँ आफै दूध पुर्याउँछन्।
‘आजकल त मलाई बिहान उठेपछि फाराम जाऊँ जाऊँ हुन्छ, पशु भन्दैमा कहाँ हुन्छ ररु’ बूढ्यौलीवयको अनुभवको पोयो फुकाउँदै अध्यक्ष समेत रहेका मोहनले भने, ‘यसो मायाले मुसार्यो भने, खुसी हुन्छन्, दूध पनि बढी दिन्छन्।’
मोहनको भावुकतामा ललितले चतुर्याइँ थपे। समाज सेवासँगै माटो, भकारो, गोबरसँग जोडिन पाएकोमा खुसी भएको जिकिर गर्दै उनले भने, ‘हामी हाम्रो कर्मबाट विदेशिने युवाहरुलाई पनि यतै केही गर है भन्ने सन्देश पनि दिन चाहन्छौं।’

नेपाल खबर ब्लगबाट साभार गरिएको

 

Write a Comment

Events
Random Picks