ज्ञानेन्द्रको एकालाप
25-May-2018

जक्सन डटकम          
जेष्ठ ११, पोखरा       

कुमार नगरकोटी

उफ, दैया रे दैया १ कस्तो अलच्छिनी झरी रु ननस्टप बर्सिरहेछ । नागार्जुनको जंगलमा एकनासले न्याउली रोइरहेछ । चरीले मेरो व्यथा बुझेकी छे सायद । साँच्चि, न्याउलीको सुकुटी कस्तो स्वादिलो हुँदो हो १ यस्तो झरिलो मौसममा मदिरासितै न्याउलीको सितन चपाउनु काइदाको हुने थियो । स्वास्थ्यका लागि फाइदाको हुने थियो ।
कुन्नि किन हो १ अचेल मन भट्की मात्र रहन्छ । अनेक तर्कनाहरु मनको बुइँगलमा चुरोटको धूवाँझँै उडिरहन्छन् । एस्ट्रे कहाँ छ रु यो ह्विस्कीको गिलास किन रित्तो छ रु जीवनका भोजहरुमा राजकीय मोजहरु गरियो । इनफ ह्विस्की, सिग्रेट र गाँजासमेत खाइयो । आज आएर श्रीपेच, राजदण्ड र सिंहासनबिनाको अभागी राजा भइयो । उफ १ यो पानी किन यस्तो बेइमानी रु
यो झरीमा आज फेरि पुराना घाउहरु बल्झेर दुख्न थाल्या छन् । त्यो श्रापित शुक्रबार सम्झन्छु स् द्याट ब्ल्याक फ्राइडे । त्यो रात त्रिभुवन सदनको बिलियर्ड हलमा भतिज दीपेन्द्रले चलाएको सुट–आउट सम्झिल्याउँदा आङै सिरिङ्ग हुन्छ । रगतको आहालमा डुबेका आफन्तहरुको लास सम्झन्छु, दाजु वीरेन्द्रको मृत मुहार सम्झन्छु, बगैँचामा ढलेकी भाउजू ऐश्वर्यको गोलीले क्षतविक्षत डेडबडी सम्झन्छु । बुद्धको मूर्तिसामु क्राउन प्रिन्सले आफ्नै आमामाथि कसरी गोली दाग्न सकेको होला रु मन–मस्तिष्कमा यस्ता कहालीलाग्दा यादहरुको बिस्कुन फिँजाई म कतिन्जेल बाँचू रु हे पशुपतिनाथ १ रक्षा गर १
परका रुखहरुमुनि निथ्रुक्क भिजी ओत लागेका मान्छेहरु को रहेछन् रु रामबहादुर, ए रामबहादुर १ काँ गएछ यो पनि रु कोमल नातिलाई भेट्न गइछे । सुट–आउटमा उसको कोमल छातीमा गोलीले प्वाल पारेको थियो । अहिले पनि ऊ बेला–बेला ऐया–आत्थु गर्छे । त्यही प्वालबाट म छर्लङ्ग देखिरहेको छु, ती मान्छेहरु । को हुन् ती भिजेका मान्छेहरु रु के ती सुटआउटमा मारिएका मेरा आफन्तहरु हुन् रु
ज्यू योर म्याजेस्टी १ मलाई बोलाइबक्सेको हो रु
हो रामबहादुर । रुखमुनि उभिएका ती मान्छेहरु को हुन् रु
मौसुफलाई फेरि दृष्टिभ्रम भयो । त्यहाँ त कोही पनि छैनन् । हजुर त्यसै बर्बराइबक्सेको छ । गाथमा सञ्चो छैनजस्तो छ । सुकला होस् महाराज ।
जंगलको प्रेत–महलमा म कसरी सुत्न सक्छु रु नेपाल सरकारलाई जिम्मा लगाएको श्रीपेच, सिंहासन र राजदण्डको घरीघरी झझल्को आइबस्छ । बडामहाराज पृथ्वी सपनामा आइबक्सिन्छ र मलाई बारम्बार भनिबसिन्छ, ‘मैले त्यत्रो दुस्खले आज्र्याको राजतन्त्र तैँले ढालिस् ।’ सपना–विपना कहीँ–कतै चैन छैन, मेरो चैन कहाँ छ रामबहादुर रु
‘आई थिंक आई एम अ किङ अफ ब्याड टाइम्स ।’ इतिहासले मलाई गलत टाइमिङको कैदी बनायो । समयले मलाई छल गरेको छ । दुई पटक राजा भएँ । र, दुवै पटक ढलेँ । तर, बडामहाराज भनिबक्सिन्छ, तैँले ढालिस् । पहिलो पटक राजा बन्दा केवल तीन वर्षको थिएँ । मोहनशमशेरले मलाई राजा बनाए । राणातन्त्र ढल्यो । दोस्रो पटक नेपाल सरकारले राजा बनायो । राजतन्त्र नै ढल्यो । यो केवल काकताली हो कि मेरो नियति नै यस्तो रु
राजगद्दीमा एक पटक बसिसकेको त्यो बालकको अवचेतन मनको साइकोलोजी कस्तो हुन्छ रु मबाहेक सिग्मन्ड फ्रायड या सीजी युङलाई मात्र थाहा होला । एक्लो दूधे–बालक त्यहीँ छाडी हजुरबुबा त्रिभुवन सपरिवार जवाहरलाल नेहरूको देशमा निर्वासन गइबक्स्यो र म राजा बनाइएँ । दाजु वीरेन्द्र पनि मलाई छाडी सपरिवार मृत्युको देशमा निर्वासन गइबक्स्यो र म राजा बनाइएँ । पटक–पटक यस्तो काकताली किन भयो रु सबैले छाडिगएपछि म रोजिन्छु र राजा बनाइन्छु । आई एम इन्डिङ अ किङ अफ ब्याड टाइम्स १ रामबहादुर, त्यो न्याउली किन रोइरहेछ रु यो गिलास किन रित्तो छ रु
हजुर पनि अचेल के–के सुनिबक्सिन्छ । जंगलमा न्याउली छैन महाराज ।
अनि, यो गिलास किन रित्तो छ रु
गिलास पनि रित्तो छैन योर म्याजेस्टी १ राम्रोसँग हेरिबक्सियोस् त १ गिलास हजुरको आँसुले भरिएको छ । आँसु पिइबक्सियोस् महाराज १
रामबहादुर पनि के–के भनिबस्छ रु के यो झरीमा मेरो आँसु मिसिएको छ रु या मैले अन्यायमा पारेका निमुखा जनताको आँसु मिसिएको छ रु यसरी अभिशप्त बाँच्नुमा के मलाई ती आँसुको श्राप लागेको हो रु मेरो देश वस्तुतस् राजाहरुको कहिल्यै थिएन सायद । यो मुलुक जनताको साझा हुनुपर्छ । म ढलेर यदि राजसंस्था ढलेको हो भने मैले बुझ्नुपर्छ, यो राजसंस्था मक्किसकेको थियो । र, मक्किसकेको संस्था ढलेकै राम्रो ।
के ढल्यो महाराज रु
केही होइन रामबहादुर । गिलास ढल्यो । ढलेको गिलास नउठाऊ । त्यसको नियति ढल्नु नै थियो ।
मलाई लाग्छ, अबका फुर्सदिला दिनहरुमा मैले बायोग्राफी लेख्नुपर्नेछ । मेरो कलम कहाँ छ रु एस्ट्रे कहाँ छ रु कागज कहाँ छ रु रामबहादुर, मेरो पुरानो टाइपराइटर कहाँ छ रु
अन्तिम चिनियाँ सम्राट पुयीको बायोग्राफीमाथि बर्नाडो बर्टोलुसीले द लास्ट एम्पेरर बनाएझैँ कुनै निर्देशकले नेपालको अन्तिम राजामाथि पनि सम्भवतस् चलचित्र बनाउनेछ । त्यो चलचित्रको प्रिमियर–सोमा उनीहरुले सायद मलाई पनि निम्तो पठाउनेछन् । मलाई लाग्छ, त्यो दिन आजको जस्तो झरी पर्ने छैन ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !

साभार नेपाल राष्ट्रिय साप्ताहिक

 

Write a Comment

Events
Random Picks