मेरो पुनर्जन्म मेयर-डोजर प्रकरणः रञ्जन अधिकारी
19-June-2018

- रञ्जन अधिकारी

#अहिले सामाजिक सञ्जालमा भाइरल भएको विषय हो  ‘मेयर डोजर प्रकरण’ । नियतवश होईन, असावधानीका कारण थियो तर त्यो उच्च पदासिन व्यक्तित्वबाट भएको घटना सामान्य थिएन, रहेन । देश विदेशमा भाइरल बन्यो । नेपालका मूख्य पत्रपत्रिका, टिभी, रेडियो, अनलाइनमा ठाउँ लियो । नहुनुपर्ने घटना थियो तर ठूलो घटनामा समेत मानवीय क्षति हुन पाएन । त्यो सम्बन्धित पक्ष सबैको अहोभाग्य हो । मृत्यु सम्मुख पुगेको त्यस दिनलाई आज सम्झेर लिपीबद्ध गर्ने अवसर मिलेको छ,  बाँच्न पाएकाले ।

अबेर सुत्ने, सबेर उठ्न नसक्ने म । साढे ७ बजेतिर जसोतसो उठियो । बिहानै दुई वटा कार्यक्रममा पुग्नु छ । जिल्ला ट्राफिक कार्यालय, कास्कीबाट हिजो नै आमन्त्रण गरेको मोहन गिरीजीले । लगत्तै अर्को कार्यक्रमका लागि पोखरा लेखनाथ महानगरपालिका कार्यालयबाट समेत माधव बराल दाजुको निमन्त्रणा थियो ।

असार १ गते, शुक्रबार । आजको दिन मेरो विशेष दिन । ५ वर्षदेखि कार्यरत आदर्श समाज दैनिक हिजो मात्रै छोडेँ । दुई वटा कार्यक्रममा सहभागी भएर समाचार लेख्ने बेला १ घण्टामा गरिएको तर सुझबुझपूर्ण रुपमा आपसी सहमतिमै भएको निर्णय थियो । पत्रिका छाडेपनि अरु सञ्चारमाध्यममा थिएँ, रिपोर्टिङमा नजाने भन्ने थिएन ।

बाबु जहिल्यै पछि लाग्छ । अरु दिन भन्दा बढी नै पछि लाग्यो । बाइक निकालेर रोडमा पुगुन्जेल नै पिछा गरिरह्यो । कहिलेकाहिँ राम्रो मौसम र कार्यक्रम सहज स्थानमा भएमा लैजाने गर्दथेँ । सोचेँ, भो लान्न, स्कुल जान ढिला हुन्छ ।

ट्राफिक प्रहरी कार्यालय कास्कीको नयाँबजारमा बन्ने भवनको शिलान्यास कार्यक्रम । साढे ७ बजे बोलाइएको, पुग्दा साढे ८ । लौ ढिला भयो जस्तो लागेको थियो तर सञ्चालक सुरेन्द्र गुरुङ दाइले स्वागतका लागि आग्रह गर्दै हुनुहुन्थ्यो । ठीकै भयो ।

कास्कीभरका उच्च प्रहरी अधिकारीदेखि यहाँका केहि गन्नेमान्य व्यक्तिहरु थिए । कार्यक्रम अवधिभर धेरैसँग कुरा गरेँ । पत्रिका छाडेको कुरा देखि अबको योजनासम्म प्रहरी अधिकारी, व्यवसायीसँग कुरा भए ।

कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो, पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसी । डिआईजी दानसिंह बोहरासँगै पूजापाठ भयो । ठट्यौली स्वभाव, हँसमुख भएका मेयर साबले भन्नुभो ‘अब आधुनिक तरिकाले पूजा गर्ने ।’, मैले टाढैबाट भनेँ, ‘स्मार्ट तरिकाले मेयर साब ।’ प्रहरीहरु हाँसे ।

कार्यक्रम सकिने तरखरमा थियो । अर्को कार्यक्रम सम्झिएँ, ८ बजे नै बोलाइएको थियो । मेयरज्यूका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाजीलाई भनेँ – ‘फिर्के कार्यक्रम चाहिँ कति बेला रु’ उहाँले भन्नुभयो – ‘अब यहाँबाट गइहाल्ने, सँगै जाऊँ ।’ मैले भनेँ – ‘जाँदै गर्नुहोला, बाइक छ मेरो ।’

नयाँबजारबाट सिद्धार्थचोकहुँदै मालेपाटन निस्कने फिर्के पुल पुगेँ । रोड छेउमै बाइक राखेँ, हेल्मेट त्यही छोडेँ ९म बस्ने ठाउँ भेटिनँ भने फिल्डमा हुँदा प्रायः हेल्मेट निकाल्दिनँ० । फिर्के खोलामा पैदल मार्ग ९ फुटट्रयाक० शुभारम्भ कार्यक्रम थियो । मेयर साब् नै प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँ प्रमुख अतिथिको मन्तव्य दिईरहनुभएको थियो ।

महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, आयोजक पोखरा वडा नं। ५ अध्यक्ष धनबहादुर नेपाली, फिर्के खोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम पराजुली, नागरिक अभियन्ता रामबहादुर पौडेल लगायत स्टेज अगाडि पंक्तिमा लहरै हुनुहुन्थ्यो । अगाडि पत्रकार दाजु कमल पौडेल अथक देखेँ । एकछिन कुरा गरेँ ।

सँगसँगै प्रमुख अतिथि मेयर ज्यूको मन्तव्यलाई मोबाईल नोटमा बुँदागत रुपमा टिप्दै गएँ । ‘अब हामी भत्काउने होईन, बनाउने हो ।’, ‘आज सबै राम्रा कुराहरु शुभारम्भ गर्ने दिन रहेछ, भर्खरै अर्को शुभारम्भ गरेर आएँ ।’ उहाँको मन्तव्यमा यी वाक्यहरु थिए तर, आरम्भ शुभ रहेन ।

औपचारिक मन्तव्यको कार्यक्रम सकिएपछि अन्तिममा डोजरबाट उद्घाटन गर्ने कार्यक्रम राखेको रहेछ आयोजकले । मेयरसाब, वडा अध्यक्ष ज्यू, उपभोक्ता समितिका अध्यक्षज्यू र प्रमुख प्रशासकीय अधिकृतज्यू अगाडि बढ्नुभो । मेयर साब निकै हौसिँदै डोजर ९स्काभेटर० चढ्नुभो । सँग सँगै वडा अध्यक्ष धनबहादुर नेपाली, थोरै छेउमा प्रमुख प्रशासकीय अधिकृत पौडेलज्यू हुनुहुन्थ्यो ।

डोजर स्टार्ट भईरहेको थियो । डोजर अपरेटर लिलाचन्द्र डल्लाकोटी ९नाम पछि थाहा भएको० ले स्टार्ट बन्द नगरी सिटबाट थोरै हटे । मेयर साब सिटमा बस्नुभयो । म डोजरको दायाँपट्टी पर थिएँ । गण्डक न्युज वेबसाइटका लागि फोटो खिच्नै पर्ने थियो । अघि बढेँ । बायाँपट्टी छेउमा अरु धेरै जना फोटो खिच्दै थिए । ‘ओहो भिर रै’छ, डोजर झ्याप्पै अघि बढ्यो भने बर्बाद् ।’ सबैले सुन्ने गरेरै भनेको थिएँ । मेयर साबले चलाउने होईन होला, हात मात्र राख्ने होला भन्ने लाग्यो । त्यसपछि रेलिङको आडमा पुगेँ । तल ढुंगाका छपनीको सानो पर्खाल जस्तो उठाएर पक्की रेलिङ निर्माण गरी फिर्के खोलाको डिललाई सुरक्षित बनाइएको रहेछ ।

एकैछिनमा अगाडिको बकेट आफैतिर आयो । ‘लौ डोजर चल्यो । ‘के भयो रु’, ‘के गरेको रु’ ‘ल मारिहाल्यो नि’ भिडबाट यस्तै आवाज आयो । केहि सोच्न नभ्याउँदै बकेट सिधै म नजिकै आइपुग्यो । तल ढुंगा समेत सोहोरेको कारण ढुंगै सहित रेलिङ भाँचियो । म आफूलाई नियन्त्रण गर्न खोज्दा खोज्दै लडिहालेँ । मैले आफूलाई जोगाउने प्रयास केहि गर्न पाएकै होईन । यत्ति सोचेँ, डोजरको बकेट अब फेरि अर्को लट माथिबाट ढुंगा फाल्छ, ढुंगा टाउकोमा लाग्छ, म मरिहाल्छु । मैले कोहिलाई पनि कसैलाई पनि सम्झनै भ्याईनँ । केहि भईहालेमा ‘ऐया १ आमा’ भन्ने मुखबाट निस्किहाल्थ्यो । त्यो क्षणमा आमा पनि सम्झेनछु । यत्ति ख्याल छ, मेयरले किन यसरी चलाउनुभयो होला रु

म मर्छु अब ढुंगाले लागेर, माथि माटोको ढिस्को आउँछ म पुरिन्छु, मेयरले के गरेको रु’ यत्ति बाहेक मैले केहि कसैलाई सम्झिनँ । सँगै लड्नुभएको दिदी रेलिङमा अड्किँदै तल झर्नुभएकोले पनि ढुंगाहरु उहाँको खुट्टामा लागे । मसँग तीन  ठूला काला ढुंगा गुल्टिए । म सिधै माथिबाट अरु गुल्टिएनन्, तीन ढुंगा भन्दा म ढिला भएकाले जोगिएँ । दिदी अड्किएको ठाउँमा म पनि अड्किएँ । तर फेरि ढुंगा आयो, म छलेँ, झाडीमा खुट्टा अड्कियो, जुत्ता लगाएको थिइनँ, चप्पलले पनि चिप्लिएँ । उहाँहरु भन्दा धेरै तल पुगेँ । मोबाइल हाउजिङ छुट्टिएर तल पुगेको रहेछ, निकालेँ, बाइकको चाबी बीचमा अड्किएको रहेछ । सँगै लडेको दिदी लडिरहनुभएको थियो । म आफै होस्, बेहोस् पत्तै नभएको अवस्था थियो । ढुंगा खस्छ मात्रै लागिरह्यो ।

तल खोला छ, पारी भिर छ । जाने कहाँ रु दिमाग शुन्य थियो । रमिता हेर्ने भिड थियो । माथि दुई चार जना हात दिनुस्, आउनुस् भनिरहेका थिए । पत्रकार अनुपप्रकाश दाइ देखेँ, उहाँलाई फोटो खिच्नुस् भनेँ, माथि उक्लिन थालेँ । मेयरज्यूका स्वकिय सचिव लक्ष्मणजीले हात दिन भन्नुभयो तर त्यो ठाउँमा म उक्लन सकिनँ । दाहिने पट्टी अर्को दाइ हुनुहुन्थ्यो । उहाँको सहयोगमा उक्लेँ । सँगै लडेकी दिदीको गोडामा ठूलो ढुंगाले किचिएको थियो । उहाँ बेस्सरी घाईते हुनुहुन्छ, म पनि घाईते छु, न्युजमा चाहिहाल्छ । पुलिससँग सोध्नुभन्दा अहिल्यै सोध्छु भनेर उहाँको परिचय मागेँ । सिर्जनाचोक स्थित प्रगति समूहकी अध्यक्ष गौरी पौडेल हुनुहुँदो रहेछ ।म हात र पाईन्ट रक्ताम्ये थिएँ । हस्पिटल जान पर्दैनथ्यो जस्तो लाग्यो । तर हातमा बाइक चलाउन नमिल्ने गरी चोटहरु लागेका थिए । पत्रकार कृष्णमणि बराल दाजु, नारायण शाही दाजु भेटेँ । एकै छिनमा पत्रकार सन्देश श्रेष्ठ दाइ म पनि लडेको नि, भन्दै आउनुभयो । उहाँको हात धसारेको थियो । मेयर साबहरु कता गइसक्नुभएछ रु थाहै भएन । सोध्दा पनि सोधिनँ । चाबीँ कृष्णमणि दाइलाई दिएँ, नारायण शाही दाइलाई बाइक देखाएँ । एउटा प्राइभेट कार रहेछ । गौरी दिदी र मलाई सोहि कारमा राखेर मेट्रोसिटी हस्पिटल सृजनाचोक पु¥याए ।

यतिबेला ठ्याक्कै १० बजेर ५ मिनेटसबैभन्दा पहिलो फोन घरपरिवारलाई गरिनँ । आत्तिन्छन्, म ठीक छु बरु हस्पिटल अर्कै बहानामा बोलाउँछु, भनेर सुचिता (श्रीमती) लाई फोन गरिनँ । घरमा आमाबुबालाई थाहा दिने त कुरै भएन । आफै फोन गरेर भनेपछि, फेसबुकमा देख्दा सामान्य मान्छन् भनेर साथीहरुलाई थाहा दिन उचित ठानेँ । कोहि अनलाईन थिएनन् । पहिलो फोन मेरो साथी राजकिरण छत्कुलीलाई गरेँ । अष्ट्रेलिया र जापान रहेका साथीहरु रोशन अधिकारी र अशोक सेढाईंलाई ठीक छु, बाँचियो भनेर म्यासेन्जरमा अफलाईन नै भएपनि फोटो पठाएँ ।महेश भण्डारी, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ दाजुहरुलाई फोन गर्न थालेँ । रामकृष्ण दाइ तुरुन्त पुग्नुभयो । दीपेन्द्र सरसँग सम्पर्क भएन । महेश सर आउँछु भन्नुभयो । तर, हस्पिटलमा धेरै बसाईं भएन । सन्देश श्रेष्ठ दाइ, नारायण शाही दाइ, कृष्णमणि बराल दाइ, कृष्ण दवाडी दाइ, माधव बराल दाइ, केशव पाठक दाइ, भाउजु, वडाध्यक्ष धनबहादुर नेपाली दाइहरु अस्पतालमै आउनुभयो । म उहाँहरुप्रति कृतज्ञ छु ।

एक्सरे, ड्रेसिङ गरेपछि भाइ अञ्जन र सुचितालाई बोलाएर फर्किएँ । मोटरसाइकल मसँगै लड्नुभएका सन्देश श्रेष्ठ दाइले ल्याइदिनुभयो ।

घटनाको दुई घण्टापछि मेयर साब आफैले फोन गर्नुभयो ।

– म मानबहादुर जिसी

– हजुर भन्नुस् न

– साह्रै दुःखद घटना भयो । म अत्यन्त दुःखी छु । तर पनि तपाईंहरु ठीक हुनुहुन्छ । नत्र बर्बाद हुने थियो ।

– हजुर मेयर साब । नियतवश त होइन, सावधानी अपनाउनुपथ्र्यो । डोजर चलाउन भनेर मेयरले डोजर चलाएर हुन्छ त रु यस्तो त विचार गर्ने कुरा हो नि 

– होईन होईन, अपरेटरले के गर्यो कुन्नि रु अपरेटर हुन्छ साथमा भनेको भएर नै गएको हो । नत्र मैले त्यसरी नगरम् भनेको हो । जे होस् ठूलो घटना हुन पाएन

– हुन्छ मेयर साब । एक वर्षसम्म के के गर्नुभो रु सबले मुल्यांकन गरिरहेका बेला यस्तै यस्तै काम गरेपछि के हुने होला रु यस्तो कुरामा सोच्नुस् । सिधा सोझा हुनुहुन्छ । सबैले माया गर्छन् । मैले कहिल्यै नराम्रो लेखेको छैन, भनेको छैन ।

म मुस्किलले बाँचेको हुँ । तर फेसबुकमा खुईल्याउन र जोगाउन दुई खेमा विभाजित भए । दुःख यहाँ लाग्यो, जो दुर्घटनास्थलमै छैनन्, उनीहरु नै घटना सामान्य हो भनेर कुप्रचार गर्न थाले । घटना गम्भिर हो भनेर प्रचार गरेर पनि केहि हुने त थिएन, मेयरको यो नियत थिएन ।

पछि सोचेँ, यदि रेलिङ भाँच्न बढी मेहनत डोजरले गर्नुपरेको भए म त्यहीँ च्यापिन्थेँ । आफूतिर आउँदा डोजरकै बकेट समात्छु जस्तो पनि लाग्यो । त्यो समातेको भए झनै अनर्थ हुने रहेछ । डोजरको बकेट लेफ्ट टर्नको सट्टा राइट टर्न भएको भए भिडको टाउकोमा लाग्थ्यो । झ्याप्पै शरिरमाथि कोपिन सक्थ्यो । या, बकेटको सट्टा डोजर नै अघि बढेको भए हामी छेउमा र अगाडि बढेकाहरु डोजरले किचिएर अचार बनिन्थ्यो । मेयर साबहरु आफै डोजरसँगै भिरबाट गुल्टनुहुन्थ्यो ।

दिउँसो स्कुलबाट बाबु ल्याउँदा सुचिताले बाबा एक्सिडेन्ट हुनुभएछ, डोजरले भन्ने बित्तिकै खेल्न छाडेर रुञ्चे मुख लाउँदै आयो भनेर सुचिताले भनिन् । यस्तो ५ वर्ष नपुगेको बच्चालाई भन्न हुँदैन भनेँ । बाबु आउनेबित्तिकै काखमा बस्यो ।

हाम्रो यहाँ तरिका नै गलत भयो । जेमा पनि प्रमुख अतिथि चाहिने । अनेकथरी उद्घाटन गर्नुपर्ने । डोजर अगाडि रिबन टाँगेर वा पूजा गरेर गर्नुपर्ने थियो । यहाँ आयोजक चुकेको छ । महानगर पनि आफै आयोजक हो । मेयरसाबको ‘कमन सेन्स युज’ हुनुपथ्र्यो । विमानस्थल उद्घाटन गर्दा प्लेन चलाउने अब ? म फेसबुकमा केहि नराम्रो लेख्दिनँ भनेर बसेको थिएँ । ज्यान जोगिएकोमा खुशीसँगै आक्रोश बढ्दो थियो ।

मोबाइलमा लगातार फोनहरु आए । मैले सोचेका शुभचिन्तकहरु कोहि अहिलेसम्म के भयो रु समेत भनेका छैनन्, मैले सोच्दै नसोचेकाहरु सहानुभूति, समानुभूति प्रकट गरिरहेका थिए । आजसम्म पनि फोनमा सोधनीको क्रम जारी नै छ ।

मैले फेसबुकमा केहि लेखिनँ । दिउँसो ४ बजेतिर समाचार लेखेँ । डोजर अपरेटर त्यसबेला के हेरेर बसिरहेको थियो ? के रहेछ नाम रु मैले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओमबहादुर रानालाई आफ्नै मोबाइल नम्बरबार गरेँ । उहाँको उठेन । प्रवक्ता रिक्त रहेकाले उनले प्रयोग गर्ने मोबाइलमा सम्पर्क गर्दा घटनाबारे थाहै नभएको जवाफ आयो । यत्रो घटना जिल्ला प्रहरीले थाहा पाएन । त्यो पनि चार घण्टासम्म । कार्यक्षेत्र वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीको सहयोगमा डोजर अपरेटरको नाम थाहा भयो । उहाँले आफ्नो धर्म पूरा गर्नभुयो । साँच्ची, कानुन त बराबर लाग्छ । अरुको कार्यक्रममा यस्तो घटना भए प्रहरीले के गथ्र्यो ?

समाजमा नकारात्मकता हाबी छ । सामाजिक सञ्जालमा खिल्ली उडाउन पाएपछि केहि चाहिँदैन । मेयरको नियत त्यो होईन, घटना नउचालिने गरी मिलाएर नै लेख्छु भन्ने सोचेँ । मिलाउने ठाउँ नै थिएन । गलत भएकै हो, हामी मरिन्थ्यो, काल नआएकै हो । मेयरको प्रतिक्रिया मैले मसँगको वार्तालापका आधारमा समाचार आफैले लेखेँ । टिभी पत्रिकामा देखेपछि भोलिपल्ट आमाले धादिङबाट फोन गरेर यस्तो आयो के हो रु भनेर सोध्नुभयो । सामान्य छु भनेँ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि मिडियामा देखेपछि शनिबार बिहानै मेयरसाबसँग घटनाबारे बुझ्नुभएछ । उहाँ पोखरा आउनुभएपछि होटल बाराहीमा प्रशासकीय अधिकृतसँगै मेयर साब, मन्त्रीज्यू भेट्यौं । उहाँले भोलिपल्ट विज्ञप्ती नै जारी गरी आफूले ठूलो पाठ सिकेको बताईसक्नुभएको छ ।

त्यो दिन मेरो पुनर्जन्मको दिन बन्यो । पत्रकारिताको यात्रामा विशेष दिन थियो, सोहि कारण रोकिएको छ । मलाई फोन, फेसबुक, एसएमएस विभिन्न माध्यमबाट चासो राख्नुहुने सबैप्रति आभारी छु । अब पुनर्जन्म पाएँ, पाएको जिवन सार्थक बनाउने गरी अघि बढ्नेछु । दुर्घटना दुर्घटनाकै रुपमा बुझेको छु । मेयर साबले जसरी पाठका रुपमा बुझ्नुभयो । धन्यवाद ।

साभार: गण्डक न्युज

Write a Comment