‘म कहिले नहार्ने नेपाली टिमको सपोर्टर र नेपालले विश्वकप मा भाग लिएपछि कुनै खेल नछुटाई हेर्नेछु,’
7-July-2018


क्रान्ति पराजुली
होइन, कति अबेरसम्म सुतेका यी केटारु छिटो उठ।।। ।
बिहानको १० बज्नै लाग्दासम्म मेरा दुई भाइको उठ्ने अत्तोपत्तो नदेखेर अवाक हुँदै। आमा यो वाक्य दोहोर्याउनु, तेहर्याउनु हुन्छ।
केही समय पछिसम्म उठ्ने तरखर नदेखेपछि आमाले कान्छो भाइलाई घच्घच्याउनुभयो।
‘ह्या।।।कति किचकिच गर्नुभाकोरु अर्जेन्टिनाले हारेर आफूलाई राम्रो निन्द्रा परेको छैन’, भाई झर्किदै अर्कोपटि फर्किन्छ।
‘रातभर अर्काको देशको गोल हेर्यो अनि दिनभर सुत्यो, आफ्नो देशको भद्रगोल थाहा छैन अर्काको देशको गोलमा खुशी मनाउँने’, आमा गनगनाउँदै किचनतिर पस्नुभयो।
फुटबल नबुझे पनि आमाका यी भनाईमा असाध्यै दम छ। किनकी हामी आफ्नो देशलाई विश्वकपमा पुर्याउँन सकेको भए अर्काको देशको जर्सी लगाएर यत्तिविधि कुर्लने अवस्था आउँने थिएन। यस अर्थमा आफ्नो देशका तमाम भद्रगोलको वेवास्ता गर्दै सात समुद्रपारीका देशका लागि चिच्चाउँनुको अर्थ नभएको आमाको बुझाई सही छ। यसरी विश्कप सुरू भएयता भाइहरुको सुत्ने र उठ्ने समयको अस्तव्यस्ततामा आमा घरीघरी दिक्क मान्नुहुन्छ।
म आफैं आमाले जस्तो विश्वकपबाट निरपेक्ष छैन। तर, समय व्यवस्थापन मेरो लागि सहज छैन। बिहान ६ नबज्दै उठ्दा पनि घरको काम सकीवरी छोरोलाई विद्यालय पुर्याएर १० बजे आफ्नो कार्यालय मुश्किलले पुग्न सक्छु। कार्यालयबाट फर्किआएपछि फेरि उस्तै दैनिकी हुन्छ । राति ९ बजेसम्म साना दुई छोराहरुको खानपान, परिवारलाई सहयोग, भाइहरुलाई विश्वकपका म्याच सुरु हुनु अघि नै खाना तयार गर्नु यस्तै यस्तै।।।।
विश्वकपमा रुची राख्छु। विश्वकपसँग जोडिएका सन्दर्भबारे छलफल गर्न बुझ्न खोज्छु। खेलाडीका दुःख, संघर्ष, राम्रा खेल्दाका तारिफ र एक दुई खेलमा नराम्रो खेल्दैमा उनीहरुलाई दिइने गालीहरुको गहिरो अर्थ केलाउन खोज्छु। खेलकुदले द्वन्द्वका विरूद्ध कसरी समाजमा भाइचारा विकसित गर्दैछ भन्ने दक्षिण अफ्रिकाको अनुभव र अभ्यासबारे धेरथोर ज्ञान राख्छु।
क्रिकेट र फुटबलको माध्यमबाट दक्षिण अफ्रिकाले आफ्ने विभाजित समाजलाई कत्ति राम्रो गरी जोड्दै आएको भन्ने बारेमा पनि हामी धेरै जानकार छौं ।
फुटबल वा कुनै खेल हार र जितसँग मात्रै सम्बन्धित छैन। यसले बढाउँने भाइचारासँगै अर्थतन्त्रमा पर्ने यसको प्रभावबारे पछि जानकारी राख्ने, आवश्यक पर्दा सानोतिनो बहसमा उत्रिन हामी महिलाहरु पनि सक्षम छौं।
विश्वकप १९३० देखि सुरू हुँदा यसमा युरोप र ल्याटिन अमेरिकी देशहरुको बर्चस्व सधैं रहँदै आएको छ। उनीहरूको फुटबल हेर्न पुरूषसँगै महिलाहरू पनि कुममा कुम जोडेर मैदानसम्म पुग्ने गर्छन्। हाम्रो नेपालजस्तै तेस्रो विश्व र केही मुस्लिम देशमा अझै पनि फुटबल पुरूषहरूको लागि जस्तो मात्रै छ। कहीँ शासकले महिलाहरुलाई फुटबलबाट टाढा राख्छन् त नेपालजस्तो देशमा पनि फुटबललाई पुरुषहरुको मात्र पेवा ठान्ने परम्परामा बिस्तारै  परिवर्तन आएको देखिन्छ।
फुटबलसँग मिसिने सुखदुःखका अनेक संवेगसँग हामी महिलाहरु बहस गर्न, भिज्न, रमाउँन चाहन्छौं। तर, घरपरिवारको काम, बच्चाको स्याहार गर्नुपर्ने बाध्यात्मक अवस्थाले हामी चाहेर पनि आफ्ना संवेगहरू लुकाउँन बाध्य छौं। अझ सहरी परिवेशका महिलाको तुलनमामा गाउँघरका महिलाहरू यस सन्दर्भमा पछि हुनु स्वभाविक छ।
अर्जेन्टिना, ब्राजिल, स्पेन, बेल्जियम जुनसुकै टिम किन नहुन्, वा यिनीहरूका स्टार खेलाडी किन नहुन् सबैमा महिलाहरुको पनि उत्तिकै चासो रहन्छ । खेलमा अत्यत्तै रुची हुन्छ। तर, साना नानीबाबुहरु हुर्काउनुपर्ने, बुबाआमा, हजुरबुबाआमालाई स्याहार, पाहुनाको सत्कार र घर व्यवहारले किचिएका हामीहरु फुटबलका सबै संवेगसँग रमाउँन सकिरहेका छैनौं। तर, हामी भागेका पनि छैनौं। मध्यरातका सबै खेल नहेरे पनि समय मिलाएर छिटो हुने खेल  छुटाइदैन।
‘मेसी भनेको मेसी नै हो क्या, कोमामा पुगेर पनि व्युँझियो,’ करिब २० वर्षे सहकर्मी बहिनी नितु अर्की सहकर्मी रम्मीसँग अफिसमा भन्दै थिइन्। तिमीले नी हेर्यौ रातिको खेल रु मैले सोधेँ । ‘मैले यो पटक कुनै खेल छुटाएको छैन,’ उनले भनिन्।
‘आफ्नो त विश्वकप सुरु भएयता श्रीमानको घरमा बास छैन। हिजो रातिको खेलमा ५० हजार बाजी जितेँ’, भनेर बिहान साथीको बाट फोन गरेका थिए। मलाई त जोसुकैले जितोस्, हारोस् मतलब छैन, आफ्नो श्रीमानले चाहिँ नहारे हुन्थ्यो। सहकर्मी रस्मीले भनिन्।
हामी हास्यौं।
‘मुसो धान खान व्यस्त, मेसीले गोल लाएको अवस्था’ फेसबुक स्टाटस थियो साथी रेनुकाको । राति खेल भइरहेको समयको पोष्टबाट मैले थाहा पाएँ उनले पनि खेल हेरिन् ।
सामाजिक संञ्जाललाई जोड्नु पर्दा फेसबुकमैं सरला गौतम लेख्छिन्-
उता मेसुले गोल हान्ने
यता आफूलाई
बधाईको ओइरो आउने
यसरी ट्वाल्ल भैयो
सिंगो रात
नहानेको भए गोल
रोइदिन्थे पुरै रात१
विश्वकपलाई नजिकबाट पछ्याउँदै आइरहेकी खेल पत्रकार सविना कार्कीले बेल्जिय र इङल्याण्डको म्याचलाई बोरिङ म्याचको संज्ञा दिइन्। झण्डै बिहान साढे एक बजे सकिएको म्याचबारे फेसबुकमा लेखिन्स् वर्ल्डकपको त रेस्पेक्ट गर्नुपर्छ नी।
इङल्याण्ड भर्सेज बेल्जियम .... ‘बोरिङ म्याच’। विश्वकप अन्तर्गत समूह एचको अन्तिम खेलमा बेल्जियम र इङल्याण्ड दुवैले प्रमुख खेलाडीलाई आराम दिएर अरूलाई खेलाएपछि उनको यो प्रतिक्रिया आएको थियो।
हिजोआज सामाजिक संजालमा विश्वकप फुटबलका अनेक संवेग पुरूषहरूको मात्रै पेवा रहेन भन्ने यी प्रतिनिधि घटनाले देखाउँछन्। खेल र खेलाडीबारे सामाजिक संजाल होस् वा चियापसल आजभोलि उग्र समर्थन र उग्र विरोधमा महिलाहरुले समेत आफूलाई उतार्दै आएका छन्। यसले पुष्टि के गर्छ भने पछिल्लो समय वर्ल्डकप हेर्ने महिलाको संख्या बढ्दो छ। फुटबलका आयामसँग महिलाहरुले पनि साक्षात्कार बढाएका छन्। तर, उनीहरु सबैलाई पुरुषजस्तै गरी हार्ड वा कोल्ड ड्रिंक्स पिएर विन्दास तरिकाले खेल हेर्ने समय छैन। समय व्यवस्थापन गरेर हेर्नुपर्ने अवस्था छ । 
पहिलो पटक यस वर्ष विश्वकपमा रसियाको स्टेडियममै पुगेर प्रत्यक्ष फुटवल हेर्ने अवसर इरानी महिलाहरुले पाएका छन्। ‘स्टेडियममा छिरीसक्दा पनि विश्वास लागिरहेको छैन कि हामी स्टेडियममै छौँ’, इरानी महिलाको खुशी हो यो।
२००५ देखि महिलाले विश्वकप हेर्न पाउनुपर्छ भन्ने आवाजमा अग्रसर देखिएकी इरानी महिला साराले भनिन् ‘यो हाम्रो सपना थियो र आज पूरा भएको छ।’
१९६७ ताका युद्वग्रस्त नाइजेरियामा दुई मैत्रीपूर्ण खेल खेल्न ब्राजिली फुटबलका महान हस्ती पेले आफ्नो क्लब सान्तोष टिमका साथ निस्किए। पेलेको फुटबलको जादु हेर्न नाइजेरियालीहरू पागल देखिए। पेलेको जादुमय खेलका कारण उनीहरु युद्व विर्सिएर घरबाट टाउकोमा मुडा लिएर मैदानमा आउन थाले। उनीहरुले युद्व नै बिर्सिए।
विश्लेषकहरू यो घटनालाई त्यो समयको युद्वमाथिको फुटबलको जितको रुपमा व्याख्या गर्छन्। त्यो समयमा पनि फुटबल हेर्ने दर्शकमा थोरै भए पनि महिलाको सहभागिता पनि रहेको संचारमाध्ययहरुले उल्लेख गरेको पाइन्छ।  
आफ्नो अद्भूत खेल क्षमता कै कारण पेलेले तीनपटक ब्राजिललाई विश्वकप जिताए। त्यसो त फुटबल किन्नका लागि बाल्यावस्थामा जुत्तामा पालिस गर्दै हिड्ने पेलेजस्ता जादुमय क्षमता भएका खेलाडीका कारण नै फुटबल खेलाडीहरु हिरोको रुपमा परिचय बनाइ चर्चाको शिखर चुम्न सफल छन्।
अद्भुत खेल कौशल प्रतिभा र मिहिनेतका कारण मेस्सी, नेइमार, क्रिस्चियानो रोनाल्डो आदिले विश्वमा आफ्ना अविचलित फ्यान कमाएका छन् । सामाजिक संजालमा पनि खेलकैं क्रममा विश्वभर उनीहरुका फ्यान फलोअर पुरुषहरुमात्र छैनन् । महिलाहरु पनि छन् । पुरुषहरुको यो फुटबलमा महिला समर्थकहरु पनि आफूलाई मनपर्ने पुरुष खेलाडीहरुको जर्सीमा देखिन्छन् । यो उनीहरुको खेलप्रतिको माया, सद्भाव र आकर्षण हो । 
१९०४ मा फुटबलको माध्यमबाट अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ अन्तराष्ट्रिय फुटबल महासंघ ९फिफा०को स्थापना भएको हो । फुटबल कै कारण फिफाले आफ्नो प्रभाव ६ महादेशका दुई सय ११ राष्ट्रमा स्थापित गरेको छ । जुन यूएनका सदस्य राष्ट्रभन्दा धेरै हो । विश्वमा आधाभन्दा बढी महिलाहरुको जनसंख्या छ । फुटबलमा धेरै रमाउँने अनि पछ्याउँने विश्वभर संख्याको हिसाबले पुरुष नै बढी छन् । तर, आधाभन्दा बढी महिलाहरु भएर पनि खेल हेर्नेदेखि यसमा हुने बहस अनि बजार र अर्थतन्त्रसम्म महिलाहरुको विषयमा कम चर्चा हुनेगर्छ । यसको उदाहरणमा विश्वकपका बेला लगाउँने जर्सीलाई लिन सकिन्छ।
पुरूषको तुलनामा फुटबलका देशका समर्थनमा महिलाहरुले कम संख्यामा जर्सी लगाउँने गरेका छन् । तुलनात्मक रुपमा भने पहिलेभन्दा अहिले यसको संख्यामा वृद्धि भइरहेको छ ।
 विश्वलाई नै आकर्षण गरिरहेको विश्वकपले हाल केही वर्षयता महिलाहरुलाई पनि अझ बढी आकर्षित गर्न सफल भइरहेको छ। टेलिसिरियलहरुमा झुण्डिरहने महिलाहरु पनि विश्वकप फुटवलको दर्शक बन्नु यसको खरो प्रमाण हो ।
विभिन्न टिमलाई सपोर्ट गर्दै महिलाहरुले सामाजिक संजालमा लेखेका स्टासटसबाट पनि प्रमाणित हुन्छ कि फुटबल र प्लेयरका फ्यानहरु पुरुष मात्र होइन महिला पनि उतिकै छन् ।
‘यो फुटबल कति दिनसम्म होरु यी केटाहरू त कुलतमा फसे जति कै भए तरु फुटबल हेर्ने, त्यही विषयमा कुरा गर्ने, घर व्यवहारको वास्ता गर्न छाडे’, आमा साँझ गनगनाउनु हुन्छ।
‘यसको नसा नै यस्तै छ आमा के गर्नु नहेरी चित्त बुझ्दैन, तपाईँ बुझ्नु हुन्न क्या’
आमालाई गिज्याउँदै ठूलो भाइले भन्यो।
‘अब तिमीहरुले मात्र हेर्ने यो विश्व कप होइन, ‘विश्व पुरुषकप’ हुनु पर्ने निरु’
हाँसो गुञ्जियो ।
‘रातभर केटाहरु भेला हुने, मादक पदार्थ सेवन गर्ने अनि होहल्ला गरेको भन्दै पल्लो घरमा भाडामा बस्ने केटाहरुलाई घरबेटीले तुरुन्त निस्कनु भने रे तरु’ बाबाले भन्नुभयो।
यस्ता नकरात्मक पक्षलाई त्याग्दै, फुटवललाई मनोरन्जन,  उत्साह र जोस जाँगर भर्ने खेलको रुपमा नेपालीले कहिले बुझ्लान्। अनि, फुटबल पुरूषहरूको मात्रै होइन यसका संवेगसँग महिलाहरुलाई पनि जोड्नुपर्छ, महिलाहरुले पनि फुटबल हेर्न पाउँनुपर्छ भनेर घरको काममा सघाउने र सँगै फुटबल हेर्ने गरी नेपालीका घरघरका बा, दाइ, भाइहरुले कहिले सहयोग गर्लान्रु
कान्छो भाइले आमालाई सोध्यो ‘आमा तपाईँ कुन टिमको सपोर्टररु’
‘म कहिले नहार्ने नेपाली टिमको सपोर्टर र नेपालले विश्वकप मा भाग लिएपछि कुनै खेल नछुटाई हेर्नेछु,’ आमाको जवाफसँगै निकै वेर सम्वादविहिनता छाइरह्यो ।
साभार :  सेतोपाटी

 

Write a Comment

Events
Random Picks