राजमार्गका रेस्टुरेण्ट कस्ले अनुगमन गर्ने ?
5-August-2018

रेम वि .क

साउन १९ गते शनिबार पाेखराबाट काठमाण्डु जान ग १ ख ४४३६ नम्बरकाे माइक्राे बसमा चढेँ। 
खाजा खान मलेखु नजिकैकाे सलाङघाटमा गाडी राेकियाे। 

सलाङघाटमा चितवन स्टाफ हाेटल बाहेक नजिकै अर्काे रेस्टुरेन्ट थिएन। भाेक लाईराकाे थियाे। 
रिसेप्सनमा गएँ, पे फस्ट लेखिएकाे थियाे। 
रू २५० तिरेँ। माछा, अालु र भुजाकाे सेट मगाएँ। 

मज्जासँग माछा सेट खाईने भैयाे भनेर अालु मुखमा हालेकाे मात्र के थिएँ, ठस्स गन्ध अायाे। चटनी त झन् जाेड जाेड साथ गन्ध दिईराखेकाे थियाे। सायद साेँच्दैथियाे हाेला, अालु भन्दा म के कम् ? 

अनि तत्काल वेटरलाई कम्प्लेन गरेँ। उसले सजिलैसँग भन्याे, "अब गर्मी माैसममा यस्तै हाे दाइ, तर सबै अाजै बनाकाे हाे, बासी त केही पनि छैन।" 

एकैछिनमा त गनाउन्न भाे। 
साहुसँग कराएँ। तर, अहँ। राम्राे रेस्पाेन्स पाईन।

 " अाज कसरी यस्ताे भयाे त हँ ?" उसले वेटरसँगै प्रतिप्रश्न गर्याे र तर्कियाे। 

उता हेर्छु त ड्राइभर र उसकाे सहयाेगी त भर्खर तारेकाे चिकन र फ्राइ राइस खाँदै गरेका । 

अाफुले कमिसन पाउने भएकै कारणले धेरै सार्वजनिक सवारीचालकले राजमार्गमा यात्रुलाई यस्तै गुणस्तरहिन खाना खान बाध्य पार्छन्। र, राजमार्गमा रेष्टुरेन्ट चलाउनेहरु यात्रुले भनेजति पैसा तिर्दा पनि बासी र गुणस्तरहिन खाना खुवाईरहेका छन्। जसले गर्दा यात्रुकाे स्वास्थ्यमाथि गम्भीर खेलवाड भैरहेकाे छ। 

याे कुराकाे अनुगमन कसले गर्ने ?

Write a Comment