शिक्षालयलाई माया गर्न सिकौँ
14-March-2019

दिपक रोका

जस्ले आफ्नो अभिभावक, आँफूभन्दा अग्रज, शिक्षालय स्थापना गर्ने लगानीकर्ता, शिक्षक, सहपाठीको सम्मान गर्न सक्दैन त्यसले वास्तवीक ज्ञान पाएको मान्न सकिदैन । भलै राम्रो अंक ल्याएर उत्तिर्ण गरेको नै किन नहोस । संसारको सृष्टि देखिनै यहाँ यिनै भानवाको मिलनका कारण हामी अहिले अस्थित्वमा छौँ । एकले अर्कोलाई चिन्ने र सहअस्थित्वको सम्मानका कारण आजको समाज बचेको छ । हामी मासु खान्छौँ तर निश्चित प्राणीको मात्र । यो किन ? किन हामी मानिसको मासु खान्नौ ? यसको एउटै कारण हो सृष्टिको निरन्तरताको लागि । यदि मानिसले मानिसलाई खाने काम गरेमा ढिलो चाडो मानिसहरुको अस्थित्व समाप्त भएर जान्छ । यसको मतलव यो हो कि हामी कहाँ कस्लाई कस्तो व्यवहार गर्ने भन्ने विषयमा प्रष्ट हुन सकेनौ भने एक एक गल्ति गर्दै भोली हामी परिवारलाई नै चिन्न नसक्ने ठाउँमा पुग्न सक्छौ ।

हामी अध्यान अध्यापन गराउने स्कुल, कलेजलाई सम्मान गर्न सकेनौ भने हाम्रो सिकाइ खोक्रो बन्न जान्छ । जहाँसम्म निजी शिक्षालयहरु जस्तो स्कुल, प्राविधिक कलेज अन्य कलेजहरु समाजको सेवाको लागि खोलिएका हुन्छन् । घाटानाफाको पुरै खतरा मोल्दै लगानीकर्ताहरु अगाडि बढेका हुन्छन् । ति सस्थाको उद्धेश्य नाफा मात्र भन्ने हुदैन । त्यसको प्रत्यक्ष फाइदा विद्यार्थीहरुले पाउने गर्छन् । सस्था घाटानाफा जस्तो अवस्थाबाट गुज्रे पनि विद्यार्थीले त आफ्नो शुल्क बुझाएपछि शिक्षा प्राप्त गर्ने अधिकार राख्छन् ।

त्यसैगरी अर्को पक्ष भनेको शिक्षक, कर्मचारीहरु हो । शिक्षालयमा पढाउन हाजीर हुने शिक्षक, प्राध्यापकहरु विद्यार्थीको सर्वोपरी हितका लागि दिनरात खटेका हुन्छन् । व्यवस्थापन सँग सन्तुष्ट वा असन्तुष्ट जे भएपनि त्यसको प्रभाव कक्षाकोठामा देखिदैन । त्यससँग सम्वद्य कर्मचारीहरुको अभिभारा पनि शैक्षिक गुणस्तर उन्नयनमा सहायक भूमिका खेल्ने नै हुन्छ । त्यसैगरी अस्पतालको हकमा स्थानीयहरु त्यसबाट लाभान्वीत हुन्छन् । आफ्नो घर आसपास अस्पताल भएपछि अन्य ठाउँमा गएर उपचार लिनु पर्ने झण्झटबाट उन्मूक्ति मात्र हैन उनीहरुको धेरै रकम जोगिएको हुन्छ । अस्पतालका डाक्टर, अन्य प्राविधीक र गैर प्राविधीक कर्मचारीहरुले दिने सेवा साच्चै एउटा आमाले बच्चालाई दिने माया भन्दा कम हुँदैन ।

यसैबिच केही मतहरु सारै अनुचित पाइन्छन् । कतिपय विद्यार्थीहरुलाई लाग्दोहो कि लगानीकर्ताहरुले फाइदा बटुल्नकै लागि शिक्षालय, अस्पताल खोलको छन् । शिक्षक, कर्मचारी, डाक्टरहरु पैशाको लागि काम गर्छन् । त्यो गम्भिर भुल हो । लगानीकर्ताले पाउने घाटानाफा र शिक्षकले दिने शिक्षाबाट विद्यार्थीले पाउने डिग्री कहिल्यै तुलना गर्न मिल्दैन । उनीहरुबाट पाउने सर्टिफिकेट लगानीकर्ताले पाउने नाफा वा शिक्षकहरुले पाउने पारिश्रमिक भन्दा सारै वजनदार हुन्छ । पढाइ वा सेवा लिदा लाग्ने शुल्क र आँफूले पाउने डिग्रिको प्रमाणपत्र आकाश पातल फरक हुन्छ । आफूले पाउने प्रमाणपत्रले भोलीको जीवन सहज हुने मात्र हैन हिजो चुक्ता गरेको शुल्कको दाँजोमा सयौँ गुणा वढी आय आर्जन गर्न सक्छ । जसरी आमाको दुधलाई गाईको सँग गर्न मिल्दैन त्यसैगरी लगानीकर्ता र मानवश्रोतको परिश्रमलाई फगत आफूले तिर्ने शुल्कसँग मात्र तुलना गर्नु मिल्दैन । त्यसरी दाज्नु नितान्त अन्यायपूर्ण हुन्छ ।

विशेषगरी शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सस्था र संवद्यलाई कुनै पनि सर्तमा शत्रुवत व्यवहार गर्नु हुदैन । काम गर्ने सिलसिलामा जसबाट पनि धेरथोर कमजोरी हुन सक्छ । त्यसको समाधान शान्तिपूर्ण तवरले हुनुपर्छ । बदलाको भावनाबाट प्रेरित भएर अगाडि बढेमा त्यो प्रतिउत्पादक हुन्छ नै । आज विद्यार्थीले साना कुरामा पनि बन्द नै समाधान ठान्ने र भोली कलेजले पनि सानो गल्तिलाई ठुलो ठानेर निष्काशन सम्मको कदममा पुग्यो भने के हुन्छ ? त्यसैले विद्यार्थी र कलेज दुवैले एकस्ट्रिम पोइन्टबाट एक अर्कालाई लिनुहुदैन । कलेजले पनि कतिपय विद्यार्थीका नियम विपरित क्रियाकलापमा निष्काशनको साटो समझदारीमा सामान्य कारवाहीहरु गरेहोला । तथापि आजको यो आन्दोलनको रुपले भोली कलेज पनि विद्यार्थीहरुकै रवैया अपनाउन थाल्यो भने वास्तवमा त्यसले विद्यार्थीलाई सारै अप्ठ्यारो पर्न सक्छ । जिएमसि, पोखारामा शुल्कको कुरामा शैक्षिक सस्था र अस्पतालमा बन्द हडताल भइरहेको छ । अझ अस्पताल त बन्द हुनै हुन्थेन ।

अस्पताल जस्तो सेवा बन्द हुनु देशको विद्यमान कानुनको पनि विरुद्ध हुन जान्छ । अत्यावश्यक सेवा ऐन २०१४ को दफा ३ उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै नेपाल सरकार गृह मन्त्रालयले अस्पतालमा हड्ताल निषेध आदेश जारी गरेकोले अस्पतालहरु स्वत बन्द हड्ता गर्न नपाइने क्षेत्र रहेको । बन्द गर्नु गैर कानुनी ठहर्ने कुरा स्वत प्रष्ट हुन्छ । (नेपाल राजपत्र भाग ५ मिति ०७५÷०७÷१२) नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा १७ उपधारा १ (च) मा नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता रहने भनी प्रष्ट व्यावस्था भएकोमा अस्पताल र मेडिकल कलेज बन्दले सविधानले दिएको स्तन्त्रताको हक हनन् भएको पाइन्छ । हिजोका दिनमा राजनैतिक परिवर्तका सवालहरु थिए । देशमा र गैर प्राविधीक विषय पढाइ हुने क्याम्पसहरुमा हड्ताल, बन्द आदि हुने गर्थ्यो । सैद्धान्तीक विषयहरु हुने हुदा त्यस्ता क्याम्पसहरुका केही दिन बन्द हुँदापनि खासै फरक पर्ने थिएन । शिक्षकहरुले पनि जेनतेन कक्षाहरु छोट्याएर कोर्ष पुरा गर्थे ।

तथापि आज चिकित्सा शिक्षा जस्तो विषयका आधा दर्जन विद्यार्थीहरुले कलेका ८ फ्याकल्टीका हजारबढी अभिभावकका छोराछोरीको भविष्य अन्धकारमा धकेल्नु अस्पताल, कलेज ब्यवस्थापनलाई धक्का दिने नाममा आफ्नै टाउकोमा बन्चरो प्रहार गरे सरह हो । महिनौ सम्म पठनपाठन नहुँदा आन्दोलन गर्न चाहने समुह र विशेषगरी पढ्न चाहने ठुलो समुह बन्दबाट किमार्थ लाभान्वीत छैन । भोली परीक्षामा कपि परिक्षण हुँदा वा कतिपय प्राक्टिकल परिक्षण हुदा हिजो आन्दोलन थियो भनेर कसैलाई छुट त पक्कै हुने छैन । त्यसैगरी आन्दोलनले व्यवस्थापकको लगानीमा थोरै प्रभाव पर्ने हो । त्यो भोली पुरा होला भन्ने अपेक्षा राख्न सकिन्छ । पुरा नभए पनि सस्था डुब्ने सवाल भएन । तथापि त्यही बन्दले विद्यार्थीहरुको पढाइको गुणस्तर खस्कने पक्का छ । लाखौँ शुल्क तिरेको कलेजमा केही विद्यार्थीले आफ्नो मात्र हैन अन्य धेरैको भविष्य दाउमा राखेर तपाइहरुका छोराछोरीको भविष्य पनि अब सबैको भविष्य अन्धकारमा धकेल्दा फाइदा कस्लाई होला । यस्ता सवादमा विद्यार्थीहरु बेलैमा सचेत बन्नु पर्छ ।

त्यस्तै केही विद्यार्थीको लहडमा अन्य हजारौँ विद्यार्थीको पढ्न पाउने सवैधानीक अधिकारको हनन् गर्नु पनि कत्तिको न्यायसंगत कुरा हो ? कसैलाई आन्दोलन नै प्यारो भए वर्षभर आन्दोलन गर्न सकिएला तर अन्यको पढाई र उपचार लिन पाउने अधिकार कुण्ठीत गर्नु भएन । काम गर्न चाहने परिश्रमी हातहरुलाई बिनाकाम फर्काउनु भएन । अझ गम्भिर विषय भोली कलेज नै बन्द भए पढन चाहने अन्य हजारौं विद्यार्थीको भविष्यको जिम्मा सकले लिने ? कलेज बन्द हुदा लगानीकर्ताको केही लगानी डुब्ला तथापि हजारौ विद्यार्थीको भविष्य मूल्यमा कदापि तुलना गर्न सकिदैन । यस्तो अमूल्य भविष्यलाई विद्यार्थी स्वयमले अन्धकारमा धकेल्ने चेष्टा गर्नु हुदैन । विद्यार्थीहरुको बन्दले पढ्न चाहने विद्यार्थीहरु, विरामी, कर्मचारी, शिक्षक त मर्कामा परेनै । यसबाट अप्रत्यक्ष लाभान्वीत हुने प्रदेश नं. ४ को लाखौँ मानिस आज काम विहिन बन्नु परेको छ ।

Write a Comment