‘अरुको आङको जुम्रा देख्ने,आफ्नो आङको भैंसी पनि नदेख्ने ?’
12-May-2019

पोखरा, वैशाख २९

‘अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने ?’ नेपाली समाजमा प्रचलित भनाई हो यो ।

ख्याल गर्नुहोस् त, जब हामी एकअर्कासँग भेट्छौ । साथीभाई बस्छौ । तब तेस्रो पक्षको बारेमा टिप्पणी गर्न थाल्छौ । ‘फलानो यस्तो, फलानो उस्तो’ भन्दै । हामी उक्त व्यक्तिको नराम्रो कुरा मात्र खेलाइरहेका हुन्छौ, खोतलीरहेका हुन्छौ । अनावश्यक र मनगढन्ते टिकाटिप्पणी गरिरहेका हुन्छौ ।जबकी हामी यसरी जमघट भइरहँदा कहिल्यै तेस्रो व्यक्तिको गुणगान गाउँछौ ? तोस्रो सकारात्मक र राम्रा कुराहरुबारे चर्चा गर्छौ ?

यो दुर्लभ वा अपवाद हुनसक्छ । किनभने अक्सर हामी अरुको निन्दा गरेर आफु रमाइरहेका हुन्छौ । अरुको बारेमा नराम्रो कुरा गरेर, अरुको बारेमा नराम्रो चर्चा गरेर हामी आनन्द लिइरहेका हुन्छौ । हाम्रो प्रवृत्ति के हुन्छ भने, अरुको गल्ती कमजोरी सजिलै पहिल्याउने । अरुले के गल्ती गर्छ, अरुको कमजोरी के छ ? हामी फटाफट भन्न सक्छौ । खुट्याउन सक्छौ ।

आफ्नो गल्ती-कमजोरीमा किन हाम्रो मुख टालिन्छ ?

तर कसैलाई सोध्नुहोस्, ‘तिम्रो गल्ती कमजोरी के छन् ?’

संभवत त उनको मुख टालिनेछ । उनको वाक्य फुट्ने छैन । चुपचाप बस्नेछ । किनभने अरुको गल्तीरकमजोरी खोतल्नेहरुले आफैतिर भने कहिल्यै फर्केर हेरेका हुँदैनन् । आफ्नो गल्ती कहिल्यै देख्दैनन् । कमजोरी देख्दैनन् । त्रुटी देख्दैनन् । अरुको चियोचर्चा गर्दागर्दै आत्ममूल्यांकन गर्न भुल्छन् ।

हामी अरुको नराम्रो कुरा कति सजिलै पहिल्याउँछौ ? यदि कुनै व्यक्तिको नाम लिएर हामीलाई ‘फलानोको बानी कस्तो छ रु फलानो कस्तो मान्छे हो ?’ भनेर सोधियो भने हामी फटाफट जवाफ दिन थाल्छौ । कनीकुथी उनको गल्ती र कमजोरी औल्याउन थाल्छौ । प्रश्नकर्ताले उनको नकारात्मक कुरा मात्र सोधेका हुँदैनन् । तर, हामी उनको सकारात्मक कुरा भन्दै भन्दैनौ ।

अरुको क्षमता, सफलतामा हामी किन दृष्टिविहिन ?

हरेक व्यक्ति सर्वगुणी हुँदैनन् । गल्ती सबैले गर्छन् । कमजोरी सबैमा हुन्छ । अवगुण सबैसँग हुन्छ । तर, साथसाथै हरेक व्यत्तिका केही न केही राम्रा पक्ष हुन्छ । गुण हुन्छ । क्षमता हुन्छ । हामी ति क्षमता, गुण कहिल्यै अरुलाई सुनाउँदैनौ ।

किन ?

किनभने हामीमा कुष्ठा छ । हामीमा इष्र्या छ । हामीमा दम्भ छ । यहि कुण्ठा, इष्र्या, दम्भले हामीलाई यसरी थिचेको छ कि, माथि उठेर खुला र निष्पक्ष दृष्टिले समाज एवं दुनियाँ नियाल्नै दिदैन । हाम्रो आँखामा पनि भ्रमको पर्दा लगाइदिएको छ । त्यही कारण हामी अरुको सकारात्मक कुरा, गुण, क्षमता कहिल्यै देख्दैनौ । देखेपनि खुला रुपमा चर्चा गर्दैनौ ।

वास्तवमा यो एक किसिमको मनोविकार हो । हामी यस्ता दुषित मनोविकारले यति ग्रस्त छौ कि, हाम्रो इन्द्रियले पनि ठिकसँग काम गर्न सक्दैन । अरुले राम्रो भनेको, अरुले राम्रो गरेको, न हामीसँग सुन्ने कान छ, न हेर्ने आँखा छ । न त बुझ्ने मन नै छ । हामी अनुभूत पनि गर्दैनौ ।

हामी किन यतिधेरै नकारात्मक भयौ ?

हामी मानविय मूल्य र मान्यताबाट पन्छिदै गएका छौ । भौतिक सुख(सयलको भोग एवं तृष्णाले हामीलाई व्याकुल बनाएको छ । त्यही कारण हामी मानविय जीवन बाँच्न भुल्दैछौ । हामी आफैलाई अवगुण र विकारको भण्डार बनाउँदैछौ, त्यही कारण अरुलाई हामी खराब, नराम्रो, दुर्गुणी, कमजोर देखिरहेका छौ । यो हाम्रो आफ्नै दृष्टिदोष हो ।

अरुलाई होच्याएर आफुलाई सान्तवना

हामी अरुको कुरा किन काट्छौ ? किन अरुको अवगुणको मात्र चर्चा गर्छौ ?

हामीलाई किन अरुको प्रगति, उन्नती, सफलताले सुखी बनाउँदैन ?

किनभने हामी आफुभित्र दबिएको मनोवेगलाई घटाउन वा थमथमाउन अरुको नराम्रो कुरा गर्छौ । कुनै व्यक्तिको नराम्रो कुरा वा दुर्गुण बताएर हामी आफुले आफैलाई सान्तवाना दिइरहेका हुन्छौ । थमथमाइरहेका हुन्छौ । अर्थात अर्काको प्रगति, क्षमता, सफलताले पोलेर त्यसलाई सितल बनाउन हामी अरुको नराम्रो कुरा काटेर होच्याउँछौ । यसरी मौखिक रुपमा होच्याएर पनि हामी आनन्द लिइरहेका हुन्छौ । सन्तुष्ट लिइरहेका हुन्छौं ।

Write a Comment

Events
Random Picks