पोखरा मिडिया कप फुटसल प्रतियोगिता : सहभागिताका लागी नियमहरु, सहभागि फर्म र पुरस्कार बिवरण
16-August-2019

पोखरा मिडिया कप फुटसल प्रतियोगिताको सहभागिताका लागी नियमहरु, सहभागि फर्म र पुरस्कार बिवरण यस्ता छन् 

कार्यक्रम बिवरण :  
कार्यक्रमको नाम : ”पोखरा मिडिया कप” अ फुट्सल टुर्नामेन्ट 
मिति :  २०७६ भाद्र १० र ११ गते मंगलबार र बुधबार  
समयः      विहान ८ः०० देखी कार्यक्रम 
स्थानः    स्पोर्ट्स  क्यासल, गणेश टोल पोखरा 
पुरस्कार :   
प्रथम –     रु ३५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र 
दोश्रो –     रु २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र
उत्कृष्ठ खेलाडी –    रु ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र 
उत्कृष्ठ  गोलरक्षक –   रु ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र 
अनुशासित टिम –    रु ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र 
सर्वािधक गोलकर्ता –   रु ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र
आयोजकः जक्सन डट कम र सिक्सटिन प्रोडक्सन 
सम्पर्क : 9802832191 ,९८४६३८४४५१ ,९८०६६६८५२६ 

प्रतियोगितामा गण्डकी प्रदेशका सम्पूर्ण मिडिया हाउसले भाग लिन पाउनेछन । 

 

मिडिया कपमा सहभागिताका लागि शर्त बन्देजहरु :

  • सहभागी टिमले खेलाडीका रुपमा रेडियोको हकमा न्यूज रिर्पोटर,  न्यूज रिडर, टेक्निसियन, कार्यक्रम प्रस्तोता, टेलिभिजनको हकमा न्यूज रिर्पोटर, न्यूज रिडर, टेक्निसियन, कार्यक्रम प्रस्तोता र क्यामेरा पर्सन, पत्रिकाको हकमा न्यूज रिर्पोटर, फोटो पत्रकार र  सम्पादक, अनलाईनको हकमा न्यूज रिर्पोटर, फोटो पत्रकार, भिडियो रिर्पोटर र सम्पादक, प्रोडक्सन हाउसहरुको हकमा फोटोग्राफर, भिडियोग्राफर, भिडियो सम्पादक, निर्देशकहरुलाई सहभागी गराउनु पर्नेछ । (छापा संचार माध्यममा वढीमा दुई जना वितरक र एक जना वजार प्रतिनिधी  र अन्य सवै खालका संचार माध्यमहरुले एक जना वजार व्यवस्थापकलाई खेलमा सहभागी गराउन पाउने छन्  । वितरक र वजार व्यवस्थापकको हकमा कम्तीमा ६ महिना अगाडी देखि काम गरेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ ।)
  •  
  • माथी उल्लेख गरिएका पदका सदस्यहरु आफ्नो कार्यरत संस्थाले खेलमा सहभागी नजनाएको खण्डमा अर्को संस्थाबाट पनि खेल्न पाउने छन् । तर सरोकारवाला दुबै संस्थाको सहमती आवश्यक पर्ने छ । 
  •  
  • माथी उल्लेखित पदका सदस्यहरु जिल्ला लिग, क्षेत्रीय तथा राष्ट्रिय र ए डिभिजन लिगमा सहभागी नभएको हुनुपर्ने छ । सहभागी गराएको पाईएमा छानविन समितिले खेलाडी परिवर्तन गर्न दिईएको अन्तिम समय भित्रमा परिवर्तन गरी परिवर्तित खेलाडीको नाम  दिनु पर्नेछ । परिवर्तित नाम समयमा नदिए अयोग्य खेलाडी सहित पछि थप गरेको खेलाडीलाई पनि खेलमा सहभागी गराईने छैन । कम्तीमा ६ जनाको टिम नपुगेको अवस्थमा पनि  खेल्न पाईने छैन र दर्ता शुल्क पनि फिर्ता हुने छैन । 
  •  
  • फर्ममा सहभागी खेलाडी भन्दा अन्य खेलाडीहरुलाई खेलमा सहभागी गराईने छैन ।
  •  
  • सम्पूर्ण खेलहरु नकआउट प्रणालीमा खेलाईने छन् । 
  •  
  • पोखरा मिडियाकपमा सहभागिता जनाउनका लागि संस्थाले टिम दर्ता शुल्क स्वरुप रु ५०००/– अक्षरुपी रुपैया पाँच हजार मात्र बुझाउनु पर्ने छ  । 
  •  
  • प्रत्येक टिममा ६ जना खेलाडी, दुई जना वैकल्पिक खेलाडी, एक जना टिम कोच र एक जना टिम म्यानेजर सहित १० जनाको टिम हुनु पर्ने छ । 
  •  
  • आवश्यक परेको खण्डमा टिम कोचलाई पनि खेलमा समावेश गर्न सकिने छ । 
  •  
  • खेललाई मर्यादित र व्यवस्थित गर्न ६ सदस्यीय छानबिन तथा अनुगम समिति निर्माण भएको छ । जसमा फुटबल खेलका तर्फवाट ईश्वर गुरुङ (चन्द्र), प्रोडक्सन हाउसहरुको तर्फबाट श्याम शुक्ला फिल्म प्रोडक्सनका अध्यक्ष घनश्याम लामिछाने, फोटो पत्रकार तथा फोटो ग्राफरहरुको तर्फवाट अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित, खेलकुद पत्रकारहरुको तर्फबाट एकराज गिरी, नेपाल पत्रकार महासंघको तर्फवाट रामप्रसाद तिमिल्सिना, आयोजकको तर्फबाट जक्सन ग्रुप प्रालिबाट अरुण गिरी रहेका छन् । 
  •  
  • खेलमा सहभागी हुन चाहने टिमले भदौ ७ गते भित्र आफ्नो टिम दर्ता गरिसक्नु पर्ने छ ।  टिम दर्ताको आधारमा ८ गते बेलुकी ६ः०० बजे सम्म छानविन कमिटीले टिमको अन्तिम नामावली सार्वजनिक गर्ने छ । समितिले सार्वजनिक गरेको टिम वा कुनै खेलाडीमाथी शंका लागेमा ९ गते दिउँसो १ बजे सम्म निवेदन दिन सकिने छ । जसको आधारमा समितिले ९ गते वेलुकी ६ः०० वजे अन्तिम समुह र खेलाडीको नाम प्रकाशन गर्नेछ । जुन अपरिवर्तनीय हुने छ । खेल सुरु भए पछि कुनै पनि खेलाडी वा टिममाथी प्रोटेष्ट गर्न पाईने छैन ।  तर छानविन समितीलाई झुक्याएर अन्य खेलाडी खेलाएको पाईएमा समितिलाई नियमाअनुसारको अनुरोध गर्न पाईने छ , तर त्यसको बारेमा अन्तिम निर्णय भने समितिकै हुने छ । यदी छानविन समितिलाई झुक्याएको पाईएमा झुक्याउने टिम स्वतः बाहिरीने छ । 
  •  
  • सहभागिता फर्म भर्दा सबैको नाम, फोटो, कार्यरत संस्था र पद खुल्ने परिचयपत्रको प्रतिलिपी  र खेलाडीको सम्पर्क नम्मर समेत बुझाउनु पर्नेछ । 
  •  
  • सहभागी टिमले खेल खेल्दा अनिवार्य आफ्नो टिम खुल्ने जर्सी लगाउनु पर्नेछ । जुत्ताको हकमा फुटसल वा स्पोर्टस शुजलाई मात्र मान्यता दिईने छ । 
  •  
  • आयोजकले प्रकाशित गरेको समय सहितको खेल तालिका बमोजिमको समयमा सम्बन्धित टिम खेल संचालन समय भन्दा ३० मिनेट अगाडी खेल स्थलमा उपस्थित भई आयोजकको सम्पर्कमा रहनु पर्ने छ । अन्यथा उपस्थित भएको प्रतिस्पर्धी टिमलाई विजयी घोषित गरिने छ । दुवै टिम अनुपस्थित भएको खण्डमा दुबै टिम स्वतः बाहिरिने छन् ।
  •  
  • सम्पूर्ण खेलहरु फुटसलको नियम अनुसार प्रोफेसनल (व्यवसायिक) रेफ्रीहरुले खेलाउने छन् । 
  •  
  • खेलको बीचमा कुनै पनि बिबाद भएमा खेल संचालनमा रहेका रेफ्रीको निर्णय नै अन्तिम हुने छ, सहभागी सबैले रेफ्रीको निर्णयलाई मान्नु पर्नेछ । 
  •  
  • खेल १० ÷१० मिनेटको दुई चरणमा विभाजन गरी २० मिनेट खेलाईने छ । प्रत्येक खेलमा ५ मिनेटको ब्रेक टाइम दिईने छ । 
  •  
  • निर्धारित समयमा दुबै पक्षबीच बराबर भएमा पुन ५/५ मिनेट समय थप गरिने छ । थप समयमा पनि बराबर भएमा टाई ब्रेकर सडन डेथ ( Sudden Death ) बाट निर्णय गरिने छ । 
  •  
  • सहभागी टिम तथा खेलाडीहरु माथी अर्को कुनै टिम तथा खेलाडीले शंका गरेर छानविनका लागि निबेदन दिएमा आयोजकले दिएको समय सिमा ( ३० मिनेट ) भित्र सम्पूर्ण प्रमाण खुल्ने कागजात र आवश्यक परेमा कम्तीमा २ महिना र बढीमा एक वर्ष भित्र सार्वजनिक भएको कुनै पनि आमसंचार सामाग्री पेश गर्नु पर्ने छ । 
  •  
  • खेलाडी तथा टिम छानबिनका लागि निबेदन दिँदा रु १५००/- अक्षरुपी एक हजार पाँच सय रुपैया मात्र सहित आयोजकलाई बुझाउनु पर्नेछ । 
  •  
  • खेलका समयमा अनुशासन सहित खेलको मर्यादालाई कायम गर्नु पर्ने छ । अन्यथा खेल स्थलबाटै निश्कासन गरी बाँकी खेलमा सहभागी हुन बन्देज समेत गरिने छ । 
  •  
  • लागुऔषध र कुनै पनि शक्तिबद्र्धक पदार्थको प्रयोगलाई पुर्ण रुपमा निरुत्साहित गरिएको छ । यदि त्यस्तो पाईएमा खेलमा सहभागी गराईने छैन । 
  •  
  • खेल र खेलाडीसँग सम्बन्धित अन्तिम निर्णय छानविन समिति र खेल संचालन गर्ने रेफ्रीको हुने छ । 
  •  
  • खेलका अवधिमा कुनै पनि खालको शारिरीक दुर्घटना भएमा प्राथमिक उपचार बाहेक अन्य उपचार सम्बन्धित टिमले नै ब्यहोर्नुपर्ने छ । 

सहभागिताका लागी यो फारम डाउनलोड गरेर फारम भरेर टिम दर्ता गर्न सकिनेछ । 

Big Fm Pokhara Presents
Pokhara Media Cup 2076
A Futsal Tournament
Powered By: Empire Education and Visa Services, Pokhara and Asian Concreto
Brought To You By King's Institute 

Write a Comment

Events
Random Picks