दर्शकको लभ नपाएको ‘लभ यु हमेशा’
1-December-2019


- सुरज हजारे दाहाल

अंग्रेजी र हिन्दी शब्द प्रयोग गरि नाम राखिएको नेपाली चलचित्र ‘लभ यु हमेशा’ प्रेम बिधामा निर्माण गरिएको चलचित्र हो । नायक यशराज गराच (आशिष) र दुई नयिकाहरु फिजा योन्जन (रुबी), र  रिचा थापा (मैया) को अभिनय रहेको लभ यु हमेशालाई भाष्कार प्रधानले निर्देशन गरेका हुन् ।

भाष्करले नै कथा लेखेका यस चलचित्रमा कुनै गम्भिर प्रेम कथा नै छैन । शहरकी युवती रुबीले ब्रेकअप दिएपछि गाउँले युवती मैयासँग प्रेम बसाउन पुगेका आशिषले आवारा प्रेमीले झै मैयाको गुमेको आवाज फिर्ता गराउन गुण्डालाई सहयोगमा आफैलाई भीरबाट फाल्न लगाएको पुरानो हिन्दी फिल्महरुको जस्तो अपत्यारिलो कहानी छ । 

दिमाखको रोगबाट पिडित आशिष पेशाले मनोचिकित्सक हुन्छन् र बाटो काट्ने क्रममा दुर्घटनावास रुबीको मोबाइल खस्दा उनीहरुको भेट हुन्छ । रुबीको मोबाइल खसेर फुटेपछि नयाँ फोन दिने क्रममा भेट बाक्लिदैँ जाँदा उनीहरुबिच प्रेमको आँकुरा पलाउँछ ।

दिमाखको उपचार गर्न अमेरिका जाने जानकारी आशिषले रुबीलाई दिन्छ । चलचित्रमा ऊ उपचार गर्न अमेरिका गएको दृश्य देखाइदैन तर हिरो र हिरोइन बिदेशमा गएर अचानक लभु यु हमेशा बोलको शीर्ष गितमा नाचेको मात्र देखिन्छन् । आशिष रुबीसँग बिदेश नगए पनि उनीहरु  बिदेशमा नाचेको देखाइनुले कथाकार र निर्देशक भाष्कर प्रधान नराम्रो तरिकाले चुकेका छन् ।

शुरुमा आशिषसँग गम्भिर प्रेममा परेकी रुबीले अन्तत करियरको कारण देखाउँदै उसलाई ब्रेकअप  दिन्छिन् । त्यसपछि चलचित्रमा अन्य दृश्य नआएर आशिष सिधै एउटा गाउँमा देखापर्छन् । आफ्नी आमा भीरबाट खसेको दृश्य देखेकी मैया नामक अर्की युवतीसँग आशिषको प्रेम बस्छ । मैयाको सानैबाट आवाज गुमेको हुन्छ र उनलाई काजी नाम गरेको व्यक्तिले पालेका हुन्छन् ।

पूर्व प्रेमिका रुबीलाई फेसबुक मेसेन्जरमा “तिम्लाई कोठैमा आएर फ्रेन्च किस दिउँ” भनेर सोध्ने त्यहि आशिषलाई यता गाउँले परिवेशकी मैयाले चुम्बन गर्दा खोज्दा उसले यो नराम्रो काम हो, यस्तो गर्नु हुँदैन भन्नुले कथाकारले कथा लेखनमा गृहकार्य नगरेको देखिन्छ । अझ निर्देशन पनि उहि व्यक्ति हुनुले निर्देशकले गरेको कमजोरीले चलचित्र अब्बल नबनेको प्रस्ट्याउँछ ।

मैयाको गुमेको आवाज गुमाउन आफ्नै गुण्डा पेशा अपनाएको साथीलाई मैयाको अगाडि भीरबाट फाल्यो भन्यो उनको आवाज आउने बताउँछ । उसले भीरबाट फालेपछि चिच्याउने प्रयास गर्दा अचानक उनको आवाज निस्किन्छ । भीरबाट फालिएपछि उ मर्छ वा बाच्छ अनि मैयाँ र उ बिच प्रेमले निरन्तरताा ऊ पाउँछ वा प्रेममा जिउँदो शहीद बन्छ त्यो भने चलचित्र हेरेपछि मात्र थाहा हुन्छ ।

चलचित्र हेरिरहँदा कुनै प्रेमिल फिलिङ नआए पनि रुबी अर्थात फिजा योन्जनले भने आफ्नो तर्फबाट राम्रो अभिनय गरेकी छिन् । यहि फिल्मबाट चलचित्रमा डेब्यु गरेकी फिजाले धेरै फिल्ममा अभिनय गरेका आशिष अथार्त यशराज भन्दा राम्रो अभिनय गरेकी छिन् । कमसेकम यशराजले  यस चलचित्रमा हिरोलाई भीरबाट फाल्दा हिरोइनको आवाज फिर्ता आएको दृश्यलाई रिजेक्ट गर्न वा फेरेर निर्देशनलाई मनाउन सक्नुपथ्र्यो । 

आजकल नेपाली चलचित्रमा अन्तिम दृश्यलाई सस्पेन्स राखेर फिल्म केही गर चली हालेमा सिक्वेल बनाउने सपना देख्छन् । सपना देख्नु जरुर राम्रो हो तर यस चलचित्रको सिक्वेल त पक्कै बन्दैन होला र यो चलचित्र सिंगल कथामा समेत अनुत्तिर्ण र फिका साबित भएको छ ।

प्रेम कथामा आधारित भनेर प्रचार गरिएको लभु यु हमेशाले पोखराको दुबै मल्टीप्लेकसमा एउटा शोे पाएको थिएन । एउटा सिंगल थियटरमा त चल्यो तर जम्मा ५ जना दर्शकले साथ दिए । त्यसमाथि दुई नेपाली चलचित्र सारोतो र मखमलीसँग यसको भिडन्त भएको थियो ।  निर्माण पक्षलाई चुनावको कारणले कम दर्शक आए भन्ने लाग्ला तर यहि हप्ता चलेका हिन्दी र अंग्रेजी चलचित्रको अकुपेन्सी भने बढी रह्यो ।

चलचित्रलाई यवन गुरुङ र मिलन गुरुङले निर्माण गरेका छन् । अधिकांश छायांकन नेपालमा गरिए पनि शीर्ष गित लभु यु हमेश  फिलिपिन्समा खिचिएको छ जसमा गायक प्रताप दास र श्रेया सोताङको स्वर दिएका छन् । शिव ढकालले छायांकन गरेको लभ यु हमेशामा भासुुले संगित भरेका छन् । 

 

Write a Comment

Events