कबड्डीमा जस्तै रियल लाइफमा रिसाउने रिश्मा ।
25-November-2015

पोखरा घारिपाटनकी रिश्मा गुरुङ कबड्डी फिल्ममार्फत एकाएक चर्चित भइन् । उनको अभिनयको प्रशंसा भयो । उनलाई फिल्ममा अभिनय गर्ने अभफर पनि निकै आए । तर, रिश्माले कुनै फिल्म सकारिनन् । ‘कबड्डी’कै सिक्वेल ‘कबड्डी कबड्डी’ मार्फत फेरि दर्शकमाझ आउने तयारीमा छिन् । यसपछि भने उनलाई ‘झुम्की’ फिल्ममा पनि देख्न पाइनेछ । उनीसँगमनोज घर्तीमगरले गरेको अन्तरंग कुराकानी ।

अचेल मैंयाको को खबर के छ ? 

मैयाँ र रिश्मा दुवैलाई ठिकै छ । ‘कबड्डी कबड्डी’ मार्फत मैयाँ मंसिर ११ गदेखेखी फेरि सबैसामू प्रकट हुँदैछे । रिश्मा पोखरामै छे । रिश्माको कुरा गर्ने हो भने भर्खरै ‘झुम्कि’को केही भाग सुटिङ सकाएर बसेकी छे ।  

रिश्मालाई कबड्डीको मैंया चरित्रले रातारात हिट बनायो है ? 

धेरैले मेरो अभिनय मन पराइदिए । फिल्म पनि हिट भयो । अहिलेसम्म सबैले राम्रै भनेका छन् । 

फिल्म क्षेत्रमा कसरी आइयो ? 

सानैदेखी गुरुङ फिल्ममा अभिनय गर्ने थियो । मेरो ठूलो मामा (कृष्ण थापा) मार्फत कालरात्री शिरियलमा सानो भूमिका पाएकी थिएँ । त्यो गुरुङ फिल्म ‘कर्म’ युनिटलाई मन परेछ । त्यसपछि ‘कर्म’ बाट मैले गुरुङ फिल्ममा हिरोइन हुने रकर पूरा गरेँ । ‘कबड्डी’ जस्ता फिल्म गर्न वाइएला वा गर्न नसकिएला भन्ने सपना कहिल्यै देखिन । तर, भाग्यले त्यता डो¥याएको ठान्छु । नचिताएको सफलता हासिल भयो । 

कबड्डीमा कसरी अवसर पाइयो ? 

भर्खरै एसएलसी सकेर बसेकी थिएँ । मेरो साथीले लभ्ली पोखरामा फोटो सुट गरेकी थिइ । उसँगै गएको बेला मैले फोटो सुट गराएँ । कबड्डी फिल्ममा थकाली फेस चाहिएको रैछ । लभ्ली पोखरामा मेरो फोटो देखेपछि मेरो फोन नम्बर खोजेर कबड्डी यूनिटले मलाई सम्पर्क ग¥यो । यसमा निर्देशक माओत्से गुरुङको ठूलो सहयोग छ । सुरुमा त म सामान्य केटीलाई किन खोजे भनेर अलमलमा परे । काठमाडौंमा त्यति धेरै हिराइन छन् । उनाीहरु फिल्ममा छिर्न संघर्ष गरिरहेका छन् । तर, मलाई किन खोजे भनेर अनुमान लगाउन नसकेपछि मैले प्रस्ताव रिजेक्ट गरेँ । के कराणले हो कबड्डी सुटिङमा जान ढिलो भएछ । फेरी त्यसको एकवर्षपपछि अफर आयो । अडिसनका लागि बोलाइयो । कबड्डी यूनिटबारे राम्रो जानकारी पाएपछि अडिसन दिएँ र  पास भएँ । सुरुमा मैले यो फिल्ममा अभिनय गर्दिनँ भने पनि आमाले मलाइए यसका लागि उक्साएपछि अघि सरेकी हुँ ।

कबड्डीमा अस्विकार गर्नुको कारण मूलधारका फिल्ममा आउने सपना नभएर पनि हो ? 

त्यतिबेला नेपालका मूलधारका फिल्म त्यति गतिला लाग्दैनथे । जति जर्चित थिए, ती अश्लिल लाग्थे । चपली हाइट टाइपका फिल्मले बजार तताएका थिए । कबड्डी पनि त्यस्तै होला भन्ठानेर मैले स्क्रिप्ट नसुनेरै अस्वीकार गरेँ । तर, मेरो भाग्य बलियो थियो । फिल्ममा राम्रै गर्न लेखेको थियो सायद । फेरी पनि मैले अवसर पाएँ । 

धेरै फिल्म नगरेको र अभिनयको प्रशिक्षणसमेत नलिएको मान्छेले यति परिपक्क अभिनय चाँही कसरी गरेको ?

सबैभन्दा ठूलो कुरो इच्छाशक्ति रहेछ । फिल्ममा खेल्ने ठूलो रहर थियो । त्यसैले यहाँसम्म पु¥यायो । अर्को कुरा कबड्डी गर्नुअघि १२ दिनको वर्कसपमा बसेँ । त्यहाँ सबै थिएटरका एकसे एक जमेका आर्टिस्ट थिए । उहाँहरुबाट धेरै कुरा सिकेँ । उहाँहरुको सुझाव र सिकाउने बानीले मलाई सहजै खुल्न सघायो । सबभन्दा ठूलो कुरा नयाँ कलाकारलाई प्रेरित गर्ने उहाँहरुको तरिकाले उत्साहित बनायो । जानेको मान्छेमा मिजासिलो व्यवहार हुन्छ । मलाई लाग्थ्यो–‘जानेका मान्छेहरु छन्, उनीहरुले यो पोखराको केटी हो । यसले के जानेको छर ?’ भन्ने तरिकाले व्यवहार गर्लान् । तर, उहाँहरुको व्यवहार, शैली र तरिकाले मलाई त्यति खुलेर अभिनय गर्न सक्ने बनायो । निर्देशकदेखी अलकारकासम्मले मेरो अभिनयमा निखार ल्याउन अतिम्मसम्मै कोसिस गरे । मेरो अभिनय कलाको श्रेय पूरै कबड्डी यूनिटलाई दिन्छु । 

फिल्ममा जस्तै काजीले झै आफ्नै सोल्टीले कतिको सताउँछन् ?

त्यसरी सताउने सोल्टी नै छैनन् । एउटा छन् तर निकै साना छन् । 

चर्चित भएपछि प्रेम प्रस्ताव  त धेरै आइरहेका होलान् ?

प्रस्ताव गर्नेहरु त धेरै छन् । म मन पराउँछु । माया गर्छु भन्छन् । कसैले ओ हिरोनी भनेर बोलाउँछन् । कसैले ओ मैया कता हो चिटिक्क परेर ? भनेर जिस्क्याउँछन् । सोल्टीनि के छ खबर भनेर हैरान बनाउने कति छन् कति । धेरैले त रिश्मा भन्दा पनि मैंया क्यारेक्टरलाई मन पराएको हो भन्ने लाग्छ । कहिलेकाँही त झर्को लाग्छ धेरैले जिस्काउँदा । फेरी यसो सम्झन्छु, मैले कमाएको यहि हो । जो कहिल्यै हराउँदैन । यसलाई मैले सकरात्मक रुपमा लिन्छु र जिस्काएको मजा पनि लाग्छ ।

तपाई अहिलेसम्म सिंगल हो ? 

सिंगलै त नभनौं । 

उसोभए कोही सोल्टी छ, जोसँग गहिरो प्रेम चलिराछ ? 

सोल्टीहरु आइरहन्छन् र गइरहन्छन् । मैले कलेज पढ्दै गर्दा मैले अन्जानमै कसैलाई प्रेम गरेँ । म जे कुरा पनि सिरियस रुपमा लिन्छु । उ मभन्दा ४/५ वर्ष पाको थियो । उसले एकदिन अलि म्याचुअर्ड हुन सिक भनेपछि बिवाद भएर तुरुन्तै ब्रेकअप भयो । अहिले म पनि कसैसँग प्रेममा छु । यति भनौं क्यारे । 

डेटिङ कत्तिको गइन्छ ? 

उ टाढा भएकाले डेटिङ सेटिङ केही हुँदैन । हामीबिच एकअर्कालाई बुझ्ने क्षमता छ । 

विवाह भोज कहिले खुवाउने ? 

उमेर  हुँदैछ । अहिल्यै ठ्याक्क भन्न सक्दिन । एक दुई वर्षमा विवाह हुन पनि सक्छ । 

अभिनय कहिलेसम्म गर्ने ? 

विवाह नभएसम्म स्क्रिप्ट हेरे अभिनय गरिन्छ । त्यसपछि त घर परिवारको कुरा पनि सुन्नुपर्छ । बिहे गरेपछि कन्टिन्यूटिी दिन सक्छु सक्दिन थाह छैन । अहिले भन्न सक्दिन । यो मेरो रहर हो । रहरैमा यतिसम्म गरेँ । भविश्यमा कस्तो घर पर्छ ? त्यसले निर्धारण गर्छ । 

फिल्मका लागि कत्तिको अफर आउँछन् ?

कबड्डी गरेपछि मलाई धेरै अफर आए । तर, बुवाले घरबाट टाढा हुँदा छोरी मान्छेलाई गाह्रो हुन्छ भन्नुहुन्छ । बाबाले कर्म खेल्दै अन्तिम फिल्म हो भन्नुभा हो । त्यहि भएर पनि फिल्ममा अफर आए पनि नगरेको हो । 

फिल्मको करिअर उचो बनाउन काठमाडौं बस्छन् धेरै, तपाइले त पोखरामै बसेर पनि गरेर देखाइदिनुभयो ? 

मलाई काठमाडौंप्रति कुनै आकर्षण छैन । त्यहाँ धेरै गाह्रो छ । घरबाटा पनि काठमाडौं जान दिँदैनन् । बाबाले यसलाई नै पेसाको रुपमा नलेउ भन्नुभाछ । म घरबाट टाढा भएर काम गर्न सक्छु जस्तो पनि लाग्दैन । अर्को कुरा काठमाडौं गएरै फिल्म पाइन्छ भन्ने छैन । मेरो अभिनय हेर्नेहरुले पोखरामै आएर पनि काम दिन सक्छन् । अर्कोे कुरा पोखरामै बसेर पनि केही न केही गर्न सकिन्छ भन्ने पक्षमा छु । 

पेसाकै रुपमा फिल्मलाई लिएर बाँच्न सकिदैन ?

बाँच्न गाह्रो छ त भन्दिन । तर, सोचेजस्तो पनि छैन । आफूले राम्रो गरे आम्दानी पनि राम्रै हुन्छ । धेरैले फिल्मबाट जिविकोपार्जन गरेका छन् । फिल्ममा अभिनय गरेररै पनि बाँच्न सकिने दिन आइरहेका छन् । 

आफूलाई कस्तो नायिका हुँ जस्तो लाग्छ ? 

म कबड्डीमाजस्तै रियल लाइफमा पनि त्यस्तै रिसाउने खालको छु । तर, एकछिनमै रिसाउने । एकछिनमै खुसाउने । मनमा केही पनि नराख्ने । मन सफा छ । म नायिका भएँ भन्दैमा हाइफाइ गर्दिन । सँधै त्यहि अवस्था रहन सकिन्छ कि नाई विचार गरेर काम गर्छु । हिरोनी भएर कति सिम्पल भएर हिडेको छ भन्छन् । भने भनून् । म आफ्नो जीवनलाई एउटै गतिमा बाँच्न चहान्छु । नायिका भएभन्दैमा आज चमकदमक भोली शून्य हुन चहान्न । 

सुटिङ्गमा कुनै त्यस्तो अविस्मरयणीय घटना छ ?

त्यस्ता धेरै छन् घटना छन् जो सम्झिरहन्छु । कबडडीमा दयादहाङ राई दाइले  मलाई घोडामा चढाउने एउटा दृश्य थियो । घोडा चढ्न खोज्दा दुवै जना दुबैजना लडियो । त्यो कहिल्यै बिर्सन्न । त्यतिबेला सबैले रिश्माले घोडाको लगाम तानेर हो भने । म त्यतिबेला रोएको थिएँ ।