सिपोरा भन्छिन्–‘मेरो त ब्वाईफ्रेन्ड पनि छैन ।’
19-May-2015

 सिपोरा गुरुङ, भलिबलकी चर्चित खेलाडि हुन् । र, उनको परिचय खेलाडिमा मात्रै सिमित नभई अभिनेत्रीसम्म फैलिएको छ । खेलकुदबाटै सेलिब्रिटी बनेकी उनलाई निर्देशक कृष्णकुमार गुरुङले ‘घलेक’ फिल्मबाट रंग क्षेत्रमा प्रवेश गराएका हुन् । र, उनै कृष्णकुमारले सिपोरालाई अर्को फिल्म ‘यम्फावती’मा पनि दोहो¥याए ।

पौराणीक पात्र ‘यम्फावती’को भुमिका सिपोरा नै निभाएकी छन् । ‘अहिले यम्फावतीकै प्रोमोशनल क्यापेनमा म व्यस्त छु ।’ पोखरामा विहिबार देखि संचालनमा आएको ‘पम्पकिन आउटफिट’को उद्घाटनको क्रममा सिपोरा गफिईन्–‘यो फिल्मलाई लिएर म निकै उत्साहित पनि छु ।’ त्यो सँगै उनी दैनिक भलिबलको ट्रेनिङमा पनि व्यस्त छिन् ।

‘यम्फावती’को यतिबेला धमाधम पोस्ट प्रोडक्शनको काम भैराखेको छ । अँग्रेजी भाषामा समेत डब गरेर यसलाई विश्वबजारमा पु¥याईने यसको निर्माणपक्षले जनाएको छ । यति भएपछि सिपोराको उत्साह अझै बढेको छ । भन्छिन्–‘अभिनेत्रीको हिसाबले पनि यो फिल्मले मलाई उचाँईमा पु¥याउने कुरामा म ढुक्क छु ।’

खेलाडि सिपोरालाई अभिनय गर्न केहि गाह«ो अवश्य थियो । ‘घलेकमा अभिनेत्रीको रुपमा अभिनय गरिसकेकी थिएँ । तर पनि पौराणीक पात्र राजकुमारी यम्फावतीको भुमिका निभाउनु मेरो लागि निकै ठुलो चुनौती थियो । तर लामो समयसम्म त्यसको लागि तयारी गर्न पाएकैले मलाई सहज भयो । आशा छ, मैले यम्फावती पात्रलाई न्याय दिएकी छु ।’

उसो त सिपोरा आफुलाई अभिनेत्री कम, खेलाडि बढि भएको भन्छिन् । हुन पनि त्यस्तै हो । उनको अहिलेको क्रेज भलिबल खेलबाटै भएको हो । खासमा फिल्ममा उनले आफ्नो भविष्य पनि देख्दिनन् । तर राम्रो विषयवस्तु र टिमबाट फिल्मको अफर आएको खण्डमा भने उनले अभिनयलाई पनि निरन्तर दिने बताउँछिन् । ‘तर बारमा गएर डान्स गर्ने खालको अभिनेत्री बन्नलाई अफर आयो भने मेरो उत्तर सिधै नो हुन्छ ।’ सिपोरा अडिग देखिईन् ।

कुराकानीकै क्रममा उनी केहि खुल्दै गईन् । र भनिन्–‘यस्तै बार डान्सर गर्ने खालको क्यारेक्टर भएको फिल्मको स्क्रिप्ट मेरा हातमा कम्तीमा आधा दर्जन आएका थिए यो बीचमा । तर मैले गरिन । सामाजिक सन्देशमुलक फिल्ममा भने गर्ने बिचार छ ।’ खेलाडि पृष्ठभुमीबाट आएकी सिपोरा ‘भलिबल खेल’कै बारेमा बन्ने फिल्मको निर्माण कम्पनीले अभिनेत्रीको लागि अफर गरेको खण्डमा भने ‘आँखा चिम्लेर’ खेल्ने बताउँछिन् । ‘तर अहिलेसम्म त्यस्तो खालको अफर आएको छैन ।’ उनले भनिन् ।

ब्याचलर अन्तिम वर्षमा अध्ययन गरिरहेकी सिपोराले केहि आन्तरिक कुरा पनि कुराकानीकै क्रममा खोलिन् । विहेबारीको सिजन चलिरहेको महिला बैशाख लागेकोले उनलाई सोधियो, विहे नगर्ने ? भनेर । ‘अझै ५÷७ वर्ष त मैले विहेको बारेमा सोँचेकै छैन ।’ स्पष्ट बोलिसकेपछि सिपोराले भनिन्–‘मेरो त ब्वाईफ्रेन्ड पनि छैन ।’ सिपोरालाई ‘एरेन्ज म्यारिज’ गर्नै मनपर्छ ।

ब्वाईफ्रेन्डको सन्दर्भमा उनले अझै केहि थपिन्–‘म सानैदेखि नचाहिने खालको हेरचाहमा हुर्किएँ, टिनएजमा भलिबल खेलबाटै मेरो एक खालको उचाँई भैसकेको थियो, जुन बेला सबैभन्दा बढि ब्वाईफ्रेन्ड बनाउने रहर हुन्छ ।’ उनले खुलस्त भनिन्–‘तत्कालिन समयमा मलाई मेरो नामको प्रेसर थियो । कहिलेकाहीँ केटाहरुको प्रपोज पनि आउँथ्यो । तर मैले ब्वाईफ्रेन्ड बनाउने समय नै पाईन । अहिले त केटाहरुको प्रपोज पनि आउँदैन र म पनि खोज्दै हिँड्दिन ।’

खासमा सिपोरा आर्मी अफिसर हुन चाहन्थिन । र, उनले त्यसका लागि आफुले सक्दो मेहेनत पनि गरिन् । तर गत पुसमा उनको स्कुटर दुर्घटना भयो । उनी घाईते भईन् । र, त्यहि दुर्घटनाले उनको सपनालाई भत्काईदियो । ‘आर्मी अफिसरको लागि करिब ६० प्रतिशत पास हुँदा पनि घाईते भएका कारण मैले छाड्नुप¥यो ।’ उनले भनिन् । त्यो बीचमा उनी दुर्घटनाकै कारण २ महिना खेलमैदानमा पनि आउन सकिनन् । तर अहिले उनी पुरानै लयमा फर्किसकेकी छन् । भन्छिन्–‘भलिबलमा अझै राम्रो गर्दै जानेछु ।’

Related Images

Write a Comment

Events
Random Picks