कोरियाको नयाँ गाउँ अभियान
3-December-2015

प्रकाश गुरुङ

परिचय

Saemaul भनेको Sae को अर्थ renewal, नयाँ तथा Maul को अर्थ regional, social communities भनिन्छ । समग्रमा भन्नु पर्दा Saemaul को अर्थ नयाँ गाउँ भन्ने बुझिन्छ । Saemaul क्रियाकलापहरु सवै प्रत्यक्ष रुपमा समुदायको जिवनस्तर उकास्ने सँग सम्बन्धीत छन । Saemaul Undong नयाँ गाउँ अभियान एउटा समुदाय तथा देशलाई विकाश गर्ने कोरियन गाउँ विकाश गर्ने मोडल हो । Saemaul Undong ले संघ, संस्था, समुदाय सबैको सुघारात्मक विकाश गर्दछ ।

Prakash Gurung

लेखक–प्रकाश गुरुङ

– विषय प्रबेशः

कोरिया ६० को दशक अगाडि ज्यादै गरिब देश थियो । सन् १९१० बाट १९४५ सम्म जापानको उपनिवेश थियो । सो अवधिमा कोरियामा एकछत्र रुपमा जापानीजहरुको शासन चल्दथ्यो । धानदेखि सवै श्रोतसाधन कोरियादेखि जापान लाने गर्दथे । सन् १९४५ मा कोरिया जापानबाट स्वतन्त्र भयो । शितयुद्धले गर्दा १९५० बाट १९५३ सम्म उत्तर र दक्षिण गरी दुई समूहको विचमा ठुलो लडाई भयो । जसले गर्दा कोरिया प्रायद्विप उत्तर र दक्षिण गरी दुई देशमा विभाजित भयो । तीनलाख भन्दा बढी मानिसहरुले ज्यान गुमायो । ठुलो धनजनको क्षति भयो । जसले गर्दा खाद्यान्न लगायत, विकाशको सारा पूर्वाधार खतम भयो । समग्रमा भन्नु पर्दा दक्षिण र उत्तरमा विभाजन भए पछि कोरियामा विजुली, यातायातको पूर्वाधार सवै उत्तर कोरियातिर पर्न गयो ।

 

सन् १९४९ मा तत्कालिन राष्ट्रपति सिरमान रीले आर्थिक पुर्नसंरचनाको अभियानलाई प्राथमिकता दिनुभयो । कोरियामा भूमिसुधार पनि सफल पूर्वक लागु गर्नु भयो । उच्चतहका नितिनिर्माताहरु, राजनितिज्ञहरु गरिब किसानहरुको पक्षमा भएकोले कोरियामा ऐतिहासिक भूमि सुधार Land reform सफल भयो ।

दक्षिण कोरियाली इतिहासमा १९६३ मा राष्ट्रपति पार्क चुङही हुनु भयो । उहाँले ष्mउयचत import substitution policy बाट outward looking export policy लागु गर्नु भयो । तत्कालिन अवस्थामा कोरियाको आर्थिक अवस्था ज्यादै दयनिय थियो । जनताहरुलाई अशिक्षा, गरिबीले थिचेको थियो । मानिसहरु गाउँतिर अल्छी, जुवातासमा समय विताउने अरुको कुरा काटने गर्दथे । वनविनाशले गर्दा बाढी पहिरोको समस्या, विजुली, बाटोघाटो, विद्यालय, सञ्चारको विकाशको पूर्वाधार मृतप्राय थियो ।

एउटा गाउँ, संघ संस्था, देशलार्य समृद्धिउन्मुख वनाउन कुशल नेता प्रभावकारी नेतृत्वको ज्ञान, सिप, भएको, दीर्घकालिन दुरदृष्टि भएको, निश्चित समयमा सही निर्णय गर्न सक्ने निस्कंलकित गुण भएको राष्ट्रिय नेता हुनु पर्दछ । यस्तो सक्षम राष्ट्रपति कोरियान जनताहरुले पाए । उहाँले कोरियामा १९७० को दशक सँगै Saemaul Undong नयाँ गाउँ अभियान सारा देश भरि लागु गराए । मानिसहरुलाई श्रमप्रति श्रद्धा जगाउन, क्षमता अनुसार काम गर्नुपर्ने, ग्रामिण जनताहरुको जिवनस्तर सुधार्न, सवै मिलेर कार्य गर्न नयाँ गाउँ अभियानले सहयोग ग¥यो ।

विशेषत कोरियाली ग्रामिण क्षेत्रमा नयाँ गाउँ अभियान शुरु गरे सरकारी अधिकारीहरुको प्रत्यक्ष सम्बन्ध गाउँलेहरुसँग रहे । प्रत्येक गाउँमा नयाँ गाउँ अभियान लिडर Saemaul Undong छाने, समुदायलाई दिगो विकाशको लागि सर्मपित गराए । महिलाहरुलाई सामुदायिक विकाशका कार्यक्रमहरुमा सक्रिय गराए । स्वयसेवक अभियान चलाए । गाउँको कृषि बाटो, विद्यालय, लगायत प्रत्यक्ष उत्पादनसँग जोडिएको योजनाहरु चलाए । कृषिमा वैज्ञानिकयुक्त प्रविधि भित्र्याए । गाउँमा Saemaul कक्षाहरु चलाए । जनताहरुलाई साक्षर वनाउने तथा Mental reform तथा attitudinal reform गराए । नयाँ गाउँ वनाउने अभियानमा गाउँहरु बिच स्वास्थ प्रतिस्पर्धा गराएर राम्रो गर्ने गाउँहरुलाई पुरस्कृत गरे । यस्तै प्रकारले देशभर शहर बजारमा Rapid industrialization (द्रुत गतिमा औद्योगिकरण तथा आर्थिक विकाशमा जोड दिए ।

प्रत्येक गाउँलाई नगद पैसा नदिई सिमेन्ट र रड वितरण गरे । यसरी यो अवधि सन १९७० देखि १९७९ सम्म भएको ग्रामिण विकाशमा ४९% सरकारी अनुदान र ५१% कोरियाली जनताहरुले श्रमदान गरेको कुरा एक अध्ययनले देखाएको छ ।

समग्रमा भन्नु पर्दा पार्क चुङ ही राष्ट्रपति भएपछि १९६३ मा विदेशी सहयोगलाई Counter part Fund मार्फत एक द्वार प्रणाली अनुसार ज्यादै सस्तो व्याजमा उद्यमी व्यापारीहरुलाई दिए । राम्रो उद्योग कलकारखाना चलाएर निर्यात गर्न सफल उद्योगपतिलाई प्रोत्साहन र थप सस्तोमा अनुदान दिए । नदिनेलाई दण्ड गराए ।

देशको आधारभूत विकाशको पूर्वाधार विजुली, यातायात विद्यालय संचारको विकाश गराए । उमेर गएका, प्रविधिसँग नजिक नभएका राष्ट्रसेवक कर्मचारीहरुलाई खुशी साथ विदाई गराए युवा, प्रविधिमा निपुर्ण, अति सक्रिय क्षमतावानहरुलाई नियुक्ति गराए । विना पूर्वग्रह क्षमता अनुसार सवैलाई काम दिए । जापान र अमेरिकाबाट शिक्षित दिक्षित उतै काम गर्ने कोरियन डाक्टर, इन्जिनियर, प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता सवैलाई उतैको तलव वरावर सुविधा सहित कोरियामा रोजगार दिए । यसले सरकार र कर्मचारी विच राम्रो सम्बन्ध भयो । सरकारको निति नियम कार्यान्वयनमा top to bottom र bottom to top approach दुईवटा नै लागु गरे । यसरी औद्योगिकरणलाई ज्यादै जोड दिए उत्पादन बढाए वैदेशिक निर्यात ह्वातै बढाए, कृषिमा वैज्ञानिक मेशिन र प्रविधिको प्रयोग गरे । शिक्षामा व्यवहारिक तथा प्रयोगात्मक र सिपमूलक शिक्षा अनिवार्य गराए । जसले सानो मझौला, उद्योग , heavy machine को कलकारखाना मा ज्यादै जोड दिए । आजको chabal कोरियाली ठुलो कम्पनि PASCO, Samsung, LG, Hundai कम्पनि जसले कोरियान हालको अर्थतन्त्रलाई धानेको छ यसलाई जग वसाल्ने काम त्यही बेला भएको थियो । एउटा सोचनिय कुरा के छ भने Korea मा कच्चा पदार्थको अभाव छ जसले गर्दा वाहिरबाट आयात गरेर उत्पादन गर्दछ । यसरी Saemaul Undong नयाँ गाउँ अभियानले कोरिया विश्वको समृद्धि राष्ट्रमा आउन सफल भयो । सन् १९६२ मा कोरियाको प्रतिव्यक्ति आय USD 87 थियो । तर आज कोरियाको प्रतिव्यक्ति आय USD 20000 भन्दा बढी छ । १९६३ भन्दा पहिले वा त्यो वेला अरुसँग ऋण लिने आर्थिक अवस्था ज्यादै नाजुक रहेको कोरिया अहिले अहिले विश्वको प्रमुख Doner राष्ट्र हुन सफल भएको छ ।

कोरिया अहिले विश्वको वैदेशिक व्यापारमा धेरै उत्पादन गर्ने राष्ट्रमा पर्दछन । यसले १९६८ मा एशियान गेम र १९८८ मा Seoul Olympics गर्न सफल रह्यो । अहिले डिजिटल प्रविधि सहित समृद्धिशाली कोरिया बन्न स्वर्गिय राष्ट्रपति पार्क चुङही र Saemaul Undong नयाँ गाउँ अभियान ले गर्दा नै हो ।

– नयाँ गाउँ अभियानको मूल तत्व (Spirit of Swemaul Undong)

Saemaul Undong नयाँ गाउँ अभियानको मूल मन्त्र भनेको नै हामी गर्न सक्छौ । We can do हो । यस Spirit ले नै नयाँ गाउँ (समुदायको सारा योजनाहरु सफल भएका थियो । )

क)  self help आत्म सहयोगः

Spirit of self help हो । आफ्नो जिम्मेवारीमा रहेको काम आफैले गर्ने, अरुको भर नपर्ने आफ्नो काम श्रम प्रति आत्मा प्रशंसा, सम्मान गर्ने, आफ्नो श्रम प्रति श्रद्धा गर्व गर्नु हो ।

ख)  Co-operation मेलमिलापः

Spirit of co-operation जुन काम गर्दा सवैसँग समन्वय मिलेर गर्ने, समूहकार्य team work मा काम गर्दा सकारात्मक नतिजाको आशा गर्ने । सहकार्यले नै सामुहिक क्षमताको वृद्धि , बल उत्प्रेरणा आउँदछ । यसबाट कुनै पनि कुरा असम्भव छैन भन्ने हुन्छ ।

ग) Diligence मेहनतः

New community movement मा मेहनत, कडा परिश्रम पनि एक हो । अल्छीपन हटाएर नयाँ जोश जागर सहित आफुमा रहेको सीप , ज्ञान र क्षमताको अनुसार काम गर्ने ।

यस diligence, self help र co-operation लाई Saemaul Undong नयाँ गाउँ अभियान १.० भनिन्छ जसले कोरियालाई miracle development गर्न सफल रह्यो । आज कोरिया विकशित भएको छ । उसले विश्व भरिका विकाशोन्मुख राष्ट्रहरुमा आफ्नो सहयोग नयिदब global village मा sharing गर्ने service अर्थात सेवा दिने तथा creativity गरिरहेको छ । यि दुई प्रकारको saemaul spirit जोडदा यसलाई saemaul भनिन्छ ।

आज विश्वको सयौ देशहरुमा तथा अफ्रिका, एशियामा यस नयाँ गाउँ अभियानलाई लिएर गरिवी उन्मूलन, तथा मानिसहरुको जिवनस्तर उकास्ने कार्य भइरहेको छ । जुन ज्यादै सराहनिय छ । आज कोरियाको संस्कृति नै (पाली पाली) संस्कृति भएको छ । जे काम पनि छिटो छिटो गर्ने । कडा मेहनत गर्ने, विना काम समय खेर नफाल्ने, सवै काममा व्यस्त रहने, सवैले क्षमता र सीप अनुसार काम गर्ने । म गर्छु, हामी सक्छौ भनेर सधै काममा सक्रिय हुने इत्यादी । जहाँ मजदुरले भन्दा मालिकले बढी काम गर्दछन । संक्षेपमा भन्दा कोरियानहरुलाई यो काम प्रतिको जादुमय लगाब samaul Undong नयाँ गाउँ अभियानले ल्याएको हो । आज संयुक्त राष्ट्र संघले पनि samaul Undong लाई गरिवी निवारण तथा मानिसहरुको जिवन स्तर उकास्ने एउटा development Model को रुपमा लिएको छ । UNESCO ले यसलाई आफ्नो अभिलेखमा seamaul Undong बाट Korea मा १९७० मा समृद्धिशाली देश भएको भनेर अभिलेखिकरण गरेको छ ।

१.४  Saemaul Undong नयाँ गाउँ अभियानबाट नेपालले के सिक्नेः

कोरियाली यो गाउँ विकाश मोडल हाम्रो देशमा सवै नमिल्न सक्दछ । किनकी हाम्रो देश र कोरिया भौगोलिक, सामाजिक साँस्कृतिक तथा अन्य हिसाबले फरक छ । तर Saemaul Undong नयाँ गाउँ अभियानको धेरै कुराहरु हाम्रो जस्तो गाउँनै गाउँले भरिएको देशमा धेरै महत्वपूर्ण छ । तलका केही कुराहरु हामीले कार्यान्वयनमा ल्याउन सक्दछ ।

क)  राजनितिक शिर्ष कुशल नेतृत्वः

राजनिति सवै नितिहरुको भन्दा असल निति हो भनिन्छ । तसर्थ शिर्ष नेताहरु दुरदृष्टि, भिजन भएको, निष्पक्ष, राष्ट्रबादी, कुशल नेतृत्व सिप भएको चाहिन्छ । जसले देशलाई असल बाटोमा डो¥याउन सकुन ।

ख)  जनताहरुको व्यवहार सुधार तथा attitudinal reform तथा Mental reconstruction:

७० को दशक अगाडि कोरियन गाउँमा पनि मानिसहरु अल्छी, अरुको कुरा काटेर समय विताउने, तास, मद्यपानमा समय विताउने, अरुले गर्ने नयाँ काममा अति कुरा काटने जमात थिए । Saemaul Undong ले धेरै saemaul तालिम चलाएर मान्छेहरुको व्यवहार परिवर्तन गरे । गफलाई हैन कामलाई साथ दिने बनाए । हाम्रोमा पनि व्यवहार परिवर्तन Mental reconstruction को धेरै तालिम हाम्रो गाउँ, समाजमा दिनु ज्यादै महत्वपूर्ण छ । अशिक्षा, गरिवी, अन्धविश्वासले ग्रसित हाम्रो समाजमा तालिम आवश्यक छ ।

ग)   दिगो विकाशको लागि जनसहभागिताः

हाम्रोमा पनि जनसहभागिता विनाको योजनाहरु अलपत्र भएको देखिन्छ । गाउँको योजनाहरुमा समुदायको अपरिहार्य जनसहभागिता अपनत्व चाहिन्छ । Saemaul Leader सामुदायिक अगुवा वा निस्वार्थी सामुदायिक स्वयमसेवकहरु हुनु पर्दछ । जहाँ सरकारी अधिकारीहरुको पनि प्रत्यक्ष सम्पर्क होस ।

घ)  कडा मिहेनत, सहकार्य तथा आफ्नो काम आफै गर्नेः

नयाँ गाउँ अभियानको सवै भन्दा ठूलो मुलमन्त्र भनेको गाउँको किसानदेखि, उद्योगपति, शिक्षक, कर्मचारी, इन्जिनियर , राजनितिज्ञ सवैले आ आफ्नो काम अति मिहेनत साथ गर्नु पर्दछ । आज हाम्रो देश विग्रेको नै गफ धेरै काम थोरै गर्ने र अरुलाई दोष दिने संस्कृतिले गर्दा हो । अनि आपसमा मिलेर सहकार्य गर्ने र आफ्नो काम आफैले गर्ने परम्परा बसाल्नु पर्दछ । जुन माथी प्रस्तुत गरिएको छ ।

ङ)  सरकार÷गाउँशहरको सम्बन्धः

सरकार, सरकारी अधिकारी र ग्रामिण भेगमा तथा शहरमा वस्ने मानिसहरुको विचमा दुरि कम हुनु पर्दछ । अर्थात प्रत्यक्ष भावनात्मक तथा सहयोगात्मक सम्बन्ध हुनु पर्दछ । सरकारी निति नियमहरु top to bottom वा bottom to top approach मा सरलिकरण हुनु पर्दछ ।

च) आर्थिक तथा शैक्षिक रुपान्तरणः

Saemaul Undong नयाँ गाउँको प्रमुख लक्ष्य भनेको नै गरिवी निवारण तथा जनताहरुको जिवनस्तर उकास्नु हो । हामीले पनि आर्थिक रुपान्तरण गर्नु आवश्यक छ जुन उत्पादनमूलक क्रान्ति नै आजको आवश्यकता हो । ग्रामिण कृषिलाई अत्याधुनिक मेशिन तथा प्रविधिको विकाश सहित उत्पादकमूलक बनाउनु पर्दछ । जलश्रोतको अधिकतम उत्पादन गरेर देशलाई आधुनिक औद्योगिकरण, पर्यटनको विकाश गर्नु अपरिहार्य छ । शिक्षामा बृहत लगानी व्यवहारिक तथा सीपमूलक शिक्षा जुन राष्ट्रको उत्पादनमा टेवा दिने किसिमको हुनु पर्दछ । राजनितिज्ञ तथा राष्ट्र सेवक कर्मचारीहरु कर्तव्य निष्ट, राष्ट्र भक्ती भावनाले ओतप्रोत भएको, प्रविधिमा निपुर्ण युवा शक्तिहरुलाई अवसर दिनु पर्दछ । साथै वैदेशिक अनुदान तथा सहयोगको फराकिलो ढंगले उत्पादन मूलक सेवामा लगानी गर्नु पर्दछ । विकाशको पूर्वाधारलाई अनिवार्य पुनःनिर्माण गर्नु पर्दछ । यसरी कबझबग िग्लमयलन बाट हामीले हाम्रो देशको आर्थिक रुपान्तरण गर्न सक्दछ ।

१.५   उपसंहारः

Saemaul Undong (नयाँ गाउँ अभियान) अन्तर्गत Saemaul Spirit, We can do, हामी गर्न सक्छौ । कडा मिहेनत diligence,आपसी सहकार्य, co-operation र self help ले नै आज कोरियालाई समृद्धिशाली वनाउन सफल बनायो । कोरियाका जनताहरु आज पनि मेहेनत साथ काम गर्नुलाई आफ्नो पहिचान गर्व ठान्दछन । तत्कालिन समय १९६३ देखि १९६९ सम्म स्वर्गिय राष्ट्रपति पार्क चुङ हिले कोरियालाई वैभावशाली वनाउन सफल भयो । सन १९७० मा शुरु भएको New community movement कोरियाको सारा स्कुल, कलकारखाना, गाउँ लगायत सवै क्षेत्रमा फैलिए । यसरी Saemaul Undong ले कोरियामा जादुले जस्तै छोटो समयमा आर्थिक, भौतिक र सामाजिक, रुपान्तरण गर्न सफल भयो । आज यो नयाँ गाउँ अभियान अफ्रिका, एशिया विकासोन्मुख राष्ट्रहरुमा गरिवी न्यूनिकरण गर्न तथा मानिसहरुको जिवनस्तर उठान गर्न विश्व भरि लागिरहेके छ ।

 सन्दर्भ सामाग्री

१)            कोरियाको इतिहास अन्तराष्ट्रिय पाठकको लागि – २०१०, मिचिले सिओ

२)            प्रभावकारी नेतृत्व – २०१४, अचुअ लुसार

३)            अन्डर स्डन्डिङ अफ सेमउल स्पिरिट –२०१४, प्रोफेसर लिमिसु

४)            प्रेसिडेन्ट पार्क चुङहीको जन्मस्थान – २०१४ र व्यक्तिगत जिवनी

५)            सामुदायिक विकाशमा गैरसरकारी संस्थाहरुको भूमिकाः ताङतिङ, कास्की नेपाल – २०१५ शोधपत्र स्नातकोत्तर, गुरुङ्ग ओम प्रकाश, पार्क चुङ ही स्कुल अफ पोलिसी एण्ड समुअल युगनम विश्वविद्यालय, कोरिया

प्रतिक्रियाको लागि–Email:tamuprakash499@gmail.com

 

Events
Random Picks