इन्जिनियर बन्न अमेरिका पुगेकी प्रशा मृत्युसँग जुध्दै
15-January-2016

माघ १ शुक्रबार |

प्रशा jukson.com

प्रशाको ज्यान जोगाउन जुट्दै नेपाली 

 

न्यूर्योक : आठ वर्षअघि मेकानिकल इन्जिनियर बन्छु भनेर अमेरिका छिर्दा प्रशा तुलाधरले आफुलाई यस्तो बिपत्ति आइपर्ला भनेर कल्पनासम्म गरेकी थिइनन् । 


२३ वर्षको उमेरमा न्युर्योक युनिभर्सिटीको पोलिटेक्निक इन्टिच्युटमा अध्ययन गरिरहेको अवस्थामा आफुलाई फोक्सोसम्बन्धी रोग ‘पोल्मोनरी फिब्रोसिस’ लागेको थाहा पाएपछि उनी अति नै बिचलित भएकी छन् । 

 


काठमाडौंको भुरुङखेलबाट अध्ययनको शिलशिलामा आठ वर्षअघि अमेरिका आएकी तुलाधर यतिबेला जीवन र मरणको दोसाँधमा अस्पतालको आइसियू कक्षमा उपचार गरिरहेकी छिन् । 


उनी फोक्सो प्रत्यारोपणका लागि म्यानह्याटनस्थित कोलम्बिया युनिभर्सिटी अन्तर्गतको न्यूर्योक प्रेसबेटेरियन हस्पिटलको आइसीयूमा चार सातादेखि उपचाररत छिन् । 


हालसम्म उनको शरीरलाई मिल्ने फोक्सो फेला नपरेकाले पनि उनको उपचारमा समस्या परिरहेको छ । 


थाहै नपाइ लाग्यो रोग

नेपालमा छउञ्जेल कुनै पनि किसिमको रोग नभएकी तुलाधरलाई अमेरिका आएको केही वर्षपछि छालासम्बन्धी ‘स्क्लेरोडेमा’ रोग देखा परेको थियो । 


त्यही रोगका कारण फोक्सोसम्बन्धी रोग ‘पोल्मोनरी फिब्रोसिस’ हुन पुग्यो । जसले फाक्सोको कामलाई कमजोर बनाउँदै लान्छ र फोक्सो काम नलाग्ने बन्छ । 


हाल उनी मुखबाट लगाएको अक्सिजन पाइपको साहाराले मात्र श्वास फेर्न सक्छिन् । दैनिक ६० लिटर अक्सिजन खपत गरिरहेकी छिन् । 
 

अमेरिकाका बिभिन्न अस्पतालहरुमा फोक्सो प्रत्यारोपणको सूचीमा आफ्नो नाम लेखाएर बसेकी प्रशाले हालसम्म आफ्नो शरीरलाई मिल्ने फोक्सो दाता फेला पारेकी छैनन् । 


‘हामी फोक्सो प्रत्यारोपणका गर्नका लागि अस्पतालमै पर्खिरहेका छौं । अहिले सम्म दिदीको शरीरलाई मिल्ने (म्याच हुने) फोक्सो पाइएको छैन,’ बिहिबार अस्पतालबाटै प्रशाकी बहिनी प्रशलाले अन्नपूर्ण अनलाइनस“ग भनिन्, ‘हामीले पाएका एक÷दुईवटा फोक्सो दिदीको शरीरमा म्याच भएनन् ।’


आफुजस्तै धेरैले शरीरको अंग नपाएर समयमै उपचार पाउन नसकेको बारे तुलाधरले अमेरिकी राजदुत डाक्टर अर्जुन कार्कीसंग पनि गुनासो गरेकी थिइन् । 


प्रशाको जीवन बचाउने अभियानमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन न्युर्योक आएका राजदूत कार्कीले सरकारीस्तरबाट केही सहयोग गर्नुपर्छ कि भन्ने जिज्ञासा राख्दा आइसीयुको बेडबाटै उनले अमेरिकामा रहेका धेरै भन्दा धेरै नेपालालीलाई अङ्गदान गर्न जनचेतना फैलाइदिन अनुरोध गरेकी थिइन् । 

 

सहयोगी हातहरु जुट्दै 

फोक्सोको रोगबाट पीडित २७ वर्षीया युवती प्रशा तुलाधरलाई बचाउने प्रयासमा नेपालीहरु जुटिरहेका छन् । 


तुलाधरको उपचारमा आर्थिक सहयोग जुटाउन न्युर्योकस्थित नेपालीले सक्दो प्रयास गरिरहेका छन् । केही दिनअघि मात्रै न्युर्योकबाट प्रकाशित विश्व सन्देश साप्ताहिकको आठौं वार्षिकोत्सबका अवसरमा आर्थिक सहयोग संकलन कार्यक्रमको आयोजना गरिएको थियो । 


उक्त कार्यक्रममा संकलन भएको २४ हजार १ सय ७० अमेरिकी डलर तुलाधरकी आमा शकुन्तला लाई हस्तान्तरण गरिएको हो ।


‘उपचार लगायत उनका परिवार र दुई वर्षको बच्चाको दैनिकी सहज बनाउनका लागि सहयोग गरिएको हो,’ विश्व सन्देश पत्रिकाका प्रधानसम्पादक विजय पौडेलले भने, ‘यति टाढा छौं, एउटा नेपालीलाई समस्या पर्दा सहयोग गर्नुपर्छ । हामीले दिएको रकमले उनको उपचार खर्च त पुग्दैन तर, परिवारको गुजारा गर्न भने ठूलो राहत हुनेछ । हामीहरुको सानो सहयोगले तुलाधरले जीवन दान पाउ“छिन् भने त्यो भन्दा ठूलो खुसी उनको जीवनमा अरु के हुन सक्छ र ?’


त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज तथा न्युर्योक च्याप्टर र नेवा गुठी न्युर्योकको संयुक्त आयोजनामा ८१ वर्षीय कमलबहादुर खड्काको एकल भजन कार्यक्रमको आयोजना गरी रकम संकलन गरिएको छ । 


उक्त कार्यक्रममार्फत ७ हजार ३ सय ७५ अमेरिकी डलर संकलन गरि पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । 

 

नोटबुकमा यस्तो छ उनको कथा 

‘मेरो स्वास्थ्य बिग्रँदै गएपछि चिकित्सकहरुले कहिल्यै बच्चा हु“दैन भनेर भनेका थिए । म अविवाहित भए पनि जीवनमा कहिल्यै बच्चा जन्माउन नसक्ने कुराले पनि उत्तिकै तड्पिएको थिए“ । मलाई डिप्रेसन भइसकेको थियो । 


डिप्रेसनले अति नै छटपटिएपछि आफैले आफ्नो मनलाई सम्झाएर रमाउन बाध्य भएँ । थोरै समय मात्र बा“च्न सक्ने भएपछि जति बाँच्छु अबको जीवनलाई रमाइलो गरेर मात्र बिताउँछु भन्ने सोचेर बिभिन्न ठाउँहरु घुम्न थालें । यात्राका क्रममा मेरो दीपक महर्जनसँग भेट भयो । 


उनले मेरो अवस्थाबारे सबै जान्दा जान्दै मसँग विवाह गरे । श्रीमानको साथले जीवनमा खुसी लाग्न थाल्यो । बिस्तारै म गर्भवती भएको थाहा पाएँ । त्यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो । मेरो स्वास्थ्य खराब बन्दै गएपछि चिकित्सकहरुले पा“च महिनाको गर्भपतन गराउन सुझाएका थिए । तर हामीले मानेनौं । 
 

छोरी जन्मिएपछि झनै खुसी थपियो । तर मेरो रंगिन जीवनको आयु जब चिकित्सकले २ वर्ष भनेर तोकिदिए । त्यतिबेला म पुन एकपटक छाँगाबाट खसें । मुखमा अक्सिजनकै पाइप लगाएकै भरमा दिन बिताउन थाले । अब मेरो जीवनको एउटै आशा भनेको फोक्सो प्रत्यारोपण मात्र हो । म त्यसै दिनको प्रतिक्षामा छु ।’

 

jukson.com

 

source: .annapurnapost.com

Events
Random Picks