नाम
10-February-2016

पोखरा फर्किनु थियो । त्यो दिन बिहानै हतार–हतार गरेर कान्तिपथ पुगें । पोखरा र चितवन जाने बसको लाम लागिरहेको थियो । म चैं न्युरोड ट्राभल्समा जाने कुरा फाईनल भयो । झ्यालको सिट आफ्नो नाउमा सुरक्षित गरेँ । मेरो साईडको सिट खालि थियो । यात्रीहरू उक्त खालिसिटमा बस्ने नजरले आईरहेका हुन्थे, र पनि अन्तै बस्थे । मेरो मनमा भने बोल्ने र फरासिलो यात्रि संगै भए यात्रा राम्रो हुन्थ्यो भन्ने थियो । सिटमा बसेर गित सुन्न मोबाईल र ईयरफोन रेडी पार्दै थिएँ, बस बाहिर ‘दाई पोखरा जाने सिट छ ?’ भनेको सुमधुर आवाज सुनियो । ईयरफोन मिलाउदै गर्दा उक्त आवाजकी धनिलाई बसवालाले मेरो साईडमा सिट देखाएर फर्किए । उनी सामान मिलाएर सिटमा बस्ने  कोसिस गर्दै थिईन । मँ भने कालो चस्माको पर्दा भित्रबाट उनको जिउडाल अध्ययन गरिरहेको थिएँ । समय पुग्नासाथ बसले कान्तिपथ छोड्यो । कानमा ईयरफोन लगाए पनि गित अन गरेको भने थिईन । घरबाट निस्कदा एक्लै यात्रा गर्दा बोर हुने भयो भन्दै निस्केको म, साईडमा उनलाई देखेपछि बिना संबाद रमाउन थालिसकेको थिएँ । उनले पनि हातमा मोबाईल लिदंै हतार नै भए जसरी ब्याग खोतल्दै थिईन, ईयरफोन खोज्दै गरेको महशुस मैले गरेँ । बस कालिमाटी हुदै कलङ्की पुग्न थालिसकेको थियो । उनि अझै केही खोज्दै थिईन र म चाहिँ चस्मा नखोलि भित्रैबाट (उनले थाहा नपाउने गरि) उनका गतिविधि नियाल्दै थिएँ । बस कलङ्कीमा केही बेर रोकिरहेको थियो, करिब ३० मिनेट समय संगै हुँदा पनि हामीबिच एक शब्द पनि आदान प्रदान भएको थिएन ।
झ्याप्प देख्दा ठिकै भएता पनि उनको सुन्दरताले मलाई लोभ्याएको थियो । गोरो अनुहार, हाईलाईट गरेको कपाल । मेरो मन उनितिरै मात्रै थियो । अब कसरी संबाद गर्ने ? यो मेरो पहिलो अनुभव थियो, जसलाई मैले केहि क्षण अगाडि मात्रै भेटेको थिएँ । उनी संग बोल्न आतुर भई बाहाना खोज्दै थिएँ । बस हिड्न सुरु गरिसकेको थियो, बिहानको करिब ८ मात्र बज्दै गर्दा मेरो मनमा एउटै मात्र कुरा थियो उनी संग कसरि बोल्ने ? किनकी त्यो बेला म संग मुस्किलले ६ घण्टामात्र थियो उनि संगै यात्रा गर्ने । उनलाई पनि असजिलो भएको मैले महशुस गरिरहेको थिएँ । त्यहिबेला फोनमा कुरा गर्दा उनले ईयरफोन बिर्सेर आएको कुरा थाहा पाएँ । अब त बोल्ने निहूँ पाईहाले । त्यसपछि उनि संगको मेरो पहिलो संबाद भयो, “तपाईलाई ईयरफोन चाहिन्छ भने म संग छ” । यति भनिरहदाँ “यदि मेरो यो ईयरफोन उनले लिएर गीत सुनेको खण्डमा म झन एक्लो हुनेछु” भन्ने कुरो मनमा चलिरह्यो तर त्यो हुन पाएन, उनको जवाफ थियो “होईन मलाई नभए पनि हुन्छ । धन्यवाद ।” अब उनि केहि बोलिन् भनेर खुशि हुनु भन्दा पनि अब के बोल्ने भन्ने कुराले मलाई पिरोल्न थाल्यो । र एकछिन दुवै मौन बस्यौँ । हाउभाउ, बोल्ने शैलिबाट मैले यो बुझिसकको थिएँ कि, यदि मैले बोल्न खोजेँ भने उसलाई पनि बोल्न मन रहेछ भनेर । र मैले फेरि मुख खोले, थाहा हुदाँहुदै पनि पुःन प्रश्न गरेँ, “हजुर पोखरा नै पुग्ने हो ?” यतिबेला सम्म हाम्रो कुराकानी अनौपचारिक कुराकानी मात्र थियो । बोल्नका लागी मात्र संबाद थियो । त्यसमा कुनै अर्थ थिएन । मलाई थाहा थिएन उनको बारेमा म किन यति उत्साहित छु भनेर । न त उनलाई मैले कहिँ देखेको थिएँ, न त बसबाट झरेपछि कहिँ देख्नेछु, तर पनि मलाई बोल्न मन लागी रह्यो । ‘जहाँ प्रेम नै छैन, त्यहाँ घृणा पनि कहाँ हुन सक्छ र’, उनि संग न मेरो प्रेम थियो न त घृणा नै, थियो त मात्र अपरिचित नाता र अघोषित संबाद । बसको रफ्तार सँगै हाम्रो संबादले पनि गति लिईरहेको थियो । पहिले उनि मेरो प्रश्नको मात्र उत्तर दिन्थिन भने अहिले उनले पनि मलाई प्रश्न गर्न थालिसकेकी थिईन । पहिला म र उनि बिच भएको कुराकानी अहिले हाम्रो कुराकानी भएको थियो । उनको घर, बसाई, पढाई, आदिको बारेमा मैले जानाकारी लिईसकेको थिएँ र उनले पनि केही मात्रामा मेरो । तपाई के गर्दै हुनुहुन्छ भन्दा पढ्दै भन्दा बाहेक अरु भन्न उचित ठानिन र बास्तबमा पनि लगभग त्यस्तै नै थियो । संबाद यति अगाडि र गहिरो भईसकेको थियो मानौ हामी महिनौँ अगाडि देखिका साथिहरू थियौँ । उनको कुरा कुरामा हासोँ र समबेदना निस्कीरहेको थियो मेरो । तर पनि एउटा अचम्मको कुरा न मलाई उनको नाम थाहा थियो न उनलाई मेरो नाम नै । दुबैको हातमा आफ्नो आफ्नो मोबाईल थियो । कस्तो अचम्म भर्खरै भईरहेको संबाद फेरी अपरिचित लाग्न थाल्यो । हामी दुबैसँगै छौ, संबाद छ, एक अर्काको बारेमा थाहा पनि भैसक्यो तर अझैपनि अपरिचित नै छौँ । न त उनले मेरो नाम र नम्बर सोध्ने हिम्मत गरिन् न त मैले । तर पनि त हाम्रो संबाद रोकिएको थिएन । मलाई यात्रा अझै लामो भईदिए हुन्थ्यो भन्ने लागिरहँदा गन्तव्य छोटिदै थियो । एकातर्फ खोलाको छेउ, अर्काेतर्फ भिर र डाँडाकाँडाको बिचमा रहेको बाटो र मनोरम दृश्यले बेला बेलामा ध्यान भङ्ग भने पक्कै भईरहेको थियो । बसमा सबैजना सुतिरहेका थिए, उनि समेत, तर मलाई सुत्नु थिएन । घुम्तिमा गाडी मोड्दा उनि ढल्केर म तिर आएर झसङ्ग भएको पल र त्यसपछि लगत्तै भनेको सरि मेरो मनपर्ने कुरा भईसकेका थिए । आधा भन्दा धेरै बाटो कटिसकेपछि घाँसीकुवाँमा खाना खानको लागी ३० मिनेटको समय भएको जानाकारी सह–चालकले दिए र गाडी रोक्ने बित्तिकै सबै गाडीबाट झर्न थाले, उनि पनि । हाईवेमा खाना खान मन नपराउने म, बसबाट झरेर एउटा साईडमा उभिएको थिएँ । उनि पनि त्यहिँ आईन र केहि खान मन नभएको जनाईन् । गर्मी मौसम र हल्का हल्का हावा चलिरहेको हुँदा कुरा पनि त्यस्तै हुनु स्वभाविक थियो । यतिकैमा हामिले सुन्दर पोखराको मौसमलाई मिस गरेको महशुस साट्यौं । एकैछिनमा बस हिड्ने बेला भयो र आफ्नो सिटमा गएर बस्यौँ । त्यतिबेला सम्म मैले उनको हिडाई, लवाई, बोलाई, खुवाई आदि राम्रोसंग चाल पाईसकेको थिएँ । अब कुरा अन्त्य तिर पुग्दै थियो, किनकी यात्रा अब केहि क्षणमा सकिदै थियो । मैले त्यहिबेला पोखरा घर भएर काठमाण्डौँमा पढ्दै गरेकि उनिलाई पोखरा बस्दाका प्लानहरूको बारेमा जान्न चाहें । विहीबारको दिन भएको उक्त यात्रा पश्चात्, शुक्रबार सिनेमा हेर्न जाने मेरो योजना साथीसँग सल्लाह काठमाडाँैमा नै भएको थियो । कस्तो संयोग उनि पनि भोलिपल्ट साथीहरू संग त्यहि सिनेमा हेर्न जाने प्लान बनाएकि रहिछन, तर मैले समय र हलको नाम सोधिन र उनले भनिनन् पनि । सायद उनले सोधेको भए मैलेचाहिँ बताउथेँ होला ।
अब केहि बेर मात्र थियो त्यो उनि सँगको यात्रा, मेरो मनमा एउटै प्रश्न थियो उनको नाम के होला ? अब सोध्दा के हुन्छ होला? तर अर्को मनले यि सबै कुरालाई रहस्य मै राख्ने निर्णय गरेर नाम नसोध्ने निचोडमा पुगेँ । न त उनले मेरो नाम नै सोधिन्् । अमरसिंहचोक आयो, उनि झर्ने ठाँउ आईपुग्यो र उनि आफ्नो ब्याग समाउदै गोरो हात र त्यसमा लगाएको गोल्डेन घडि हल्लाउदै बाई बाई भनेर बसबाट निस्किन् । मेरो मनमा अनेक कुरा नाच्न थाल्यो र आफैलाई सम्झीदै हाँसो लाग्न थाल्यो । कस्तो यात्रा भयो मेरो ? कस्तो संबाद भयो भनेर । तर पनि अझै एउटा झिनो आशा थियो उनिलाई कतै हलमा त भेटिन्न भन्ने । न उनि आईनन् वा अन्तै गईन, भोलिपल्ट पनि हाम्रो भेट भएन । सम्झना मात्र रह्यो र बेलुका फेसबुकमा एउटा स्टाटस लेखेँ र सुतेँ “करिब ६ घण्टा उनि संगै भएको यात्रामा सबै कुरा सोधेँ तर नाम सोध्न बिर्सिएछु ”

-Sidartha Poudel

9856020763

 

Events
Random Picks