नायक राजबल्लभ कोइराला अभिनित ‘हाइवे टु धम्पुस’लाई अमेरिकामा अवार्ड ।
23-May-2015

नायक राजबल्लभ कोइराला अभिनित हलिउड फिल्म ‘हाइवे टु धम्पुस’लाई अमेरिकामा उत्कृष्ट फिल्मको अवार्ड मिलेको छ । हालै न्युयोर्कमा सम्पन्न सोहो फिल्म फेस्टिभलमा ‘हाइवे टु धम्पुस’ले ‘वर्ल्ड सो केस’ क्याटगोरीमा जुरी अवार्ड हात पारेका हो ।
यो खबरलाई राजबल्लभले फेसबुकमा शेयर गर्दै खुशी साटेका छन । ‘नराम्रा समाचारक बीचमा सुखद खबर छ फिल्म हाइवे टु धम्पुसले सोहो फिल्म फेस्टिबलमा बेस्ट फिचर वर्ल्ड सो केस अवार्ड जितेको छ’ – उनले लेखेका छन ।
फिल्म गत मंगलबार सोहो फेस्टिभलमा देखाइएको थियो । सोहि अवसरमा भुकम्पपिडित नेपालीका लागी फिल्मको च्यारटि शो पनि गरिएको थियो । जसबाट तीन लाख सहयोग संकलन भएको थियो ।