सोच - कथा
14-May-2016

एउटा मन्दिरमा कुनै एक जना पुजारी बस्नुहुन्थ्यो। बिहानै उठे देखि बेलुका सम्मनै भजन् ,किर्तन, पुजा-पाठ चल्दथ्यो। ठिक त्यो मन्दिरको अगाडि तिर एउटा रेष्टुरेण्ट थियो, रेष्टुरेण्टमा भित्र भित्रै वेश्यावृती सम्मको गतिविधी हुने गर्द्थ्यो । एउटी वेश्या आफ्नो जिविकोपार्जनको लागि त्यो रेष्टुरेण्टमा काम गर्थिन् ।उता मन्दिरमा बस्ने पुजारी अलिकत्ति समय पायो कि रेष्टुरेण्टको दृश्य हेर्न मन्दिरको बराण्डा (बाहिरी भाग) मा आइहाल्थे, जब रेष्टुरेण्टकी ति वेश्यालाई देख्थे तब उनि भित्र भित्रै जल्न थाल्थे र सोच्थे कि - ''यो मेरो जिन्दगी 
के जिन्दगी ?.....आहा !..ति महिलाको पो जिन्द्गी, ....मोज-मस्ति, नाचगान, रमाइलो....., त्यहाँ जान पाए नि हुन्थ्यो ...ति महिलासँग समय बिताऊन पाए नि हुन्थ्यो ।...तर.अरुले पो देख्लान कि ....।"
यता रेष्टुरेण्टकी ति वेश्या पनि जब आफ्नो कामबाट यसो फुर्सद मिल्यो कि ढोका छेऊमा जान्थिन र मन्दिरतिर हेर्दै सोच्न थाल्तिन् -''यो मेरो जिन्दगी ...के जिन्दगी? ति पुजारीको पो जिन्दगी..., बिहान उठेदेखि पुजा पाठ, भजन-किर्तन ...आहा !..कस्तो पबित्र कार्य । यदि म पनि त्यहाँ जान पाए ..म पनि ति पुजारी जस्तै हुन पाएको भए यस्तो गलत कार्यबाट मुक्ति त पाउने थिएँ ....।"
सम्योगबस ति दुबै जनाको एकैदिन मृत्यु भए छ, यमदुतहरुले जब माथि पुर्‍याए, तब भगवानले ति वेश्यालाई स्वर्ग र पुजारीलाई नर्कमा लगेर छोडिदिनु भन्ने आदेश दिनुभएछ, जब ति पुजारीले यो कुरा थाहा पाए, उनले भगवानसँग भन्न थालेछन्- "हैन कतै तपाई झुक्किनु भए जस्तो छ..., पुजारी म हुँ, शायद स्वर्गमा बस्ने स्वीकृति मेरो हुनु पर्ने हो ." तब भगवान ले भन्नु भएछ- " म झुक्किएको छैन ठिक छु " पुजारी रिसाउँदै भन्छन -" हैन यो कस्तो निर्णय हो ? जसले आफ्नो सम्पुर्ण जिवननै पुजा पाठ गरेर मन्दिरमा बितायो उसलाई चाहि नर्क, अनि जस्ले चाहि वेश्यालयमा बसेर नराम्रो काम गर्यो उसैलाई स्वर्ग ? म त कुनै हालतमा नि नर्क जान्न ।" तब भगवानले पनि ठुलो स्वरमा भन्नु भएछ- " हे मुर्ख पुजारी ! मेरो कुरा सुन् - यि वेश्या गलत ठाउँमा बसे पनि मन मन्दिरमा थियो। काम नराम्रो गरे पनि सोच राम्रो थियो, नियत सफा थियो। तर तँ ... मन्दिरमा बसेर पनि तेरो ध्यान गलत ठाउँमा थियो, जब तेरो नियत नै सफा थिएन त अनि कहाँ स्वर्गमा बस्न पाऊछ्स त ?" अझै जान्न भनछस भन्दै एक लात हानेर नर्कमा खसालिदिनु भएछ। 
'यसर्थ कार्य जे सुकै गर्नुहोस तर नियत सफा राखनुहोस।'

 

Events
Random Picks