"PINE": पोखराको उदाउंदो ब्रान्ड !!
31-August-2017

उद्धमशिलता आँफैमा एउटा नसा हो, यस नसाले छोएपछीको लगाबको मज्जा लिने बेक्तीहरु कमै हुने गर्छन् भने, त्यसमध्य पनि सफलताको बिन्दुसम्म त धेरै कमनै पुग्ने गर्छन्। त्यस्तै हामी JUKSON.COM को ध्यानाकर्षण पोखरा बाटै सफ्टवेर इन्डस्ट्रीबाट कोर्पोरेट वोर्ल्डमा छिरेको एउटा टिमसँग पुगेको छ। सफ्टवेर प्रडक्ट, वेब साइट तथा बिबिध अन्लाईन ब्रान्डिङका सर्भिस बाट सुरु भएको यस ग्रुपको यात्राा बिगत चार बर्ष अगिदेखी आजसम्म अाइपुग्दा बैदेशिक शिक्षा सम्बन्धी परामर्श कम्पनीका साथै अन्लाईन न्युज पोर्टल सम्म पुगेको छ। 

अन्तरराष्ट्रिय पहिचान बनाउने उद्धेश्यका साथ यस कम्पनीले आफ्नो सर्भिसका दायरा फराकिलो बनाउदै लैजाने क्रममा, सफ्टवेर प्रडक्ट, बिबिध अन्लाईन मार्केटिङ, वेब साइट सम्बन्धी बिबिध सेवा तथा आइटी परामर्श सम्बन्धी सेवाहरु यस् ब्राण्डको सफ्टवेर डिपार्टमेन्ट "पाइन सफ्टवेर सोलुसोन्स"(pinesofts.com) ले दिदै आएको छ। 

बैदेसिक शिक्षा सम्बन्धी परामर्श सेवा समेत दिदै आएको यस् ब्राण्डले बैदेशिक शिक्षाका लागि इच्छुक नेपाली बिद्यार्थीहरु अझ बिशेषगरी पोखराका बिद्यार्थीहरु लाई उचित परामर्श, टेस्ट प्रिपेरेसोन क्लास, भिसा सम्बन्धी डोकुमेन्टेसन सपोर्टका साथै बिद्यार्थीहरुका लागि सुहाउदो कलेज तथा युनीभर्सिटी रिसर्च सम्बन्धी सेवा समेत दिदै आएको छ। उक्त बैदेशिक शिक्षा सम्बन्धी सेवा यस ब्राण्डको "पाइन इनटर्नेस्नल यजुकेसन कन्सल्टेन्सी प्रा. लि."(pine.edu.np) ले दिदै आएको छ।

सेवाहरुको दायरा फराकिलो बनाउदै, पोखराबाटै राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पाईन ब्राण्डलाई चिनाउने र पोखरालाई स्मार्ट सिटी बनाउन आफ्नो कम्पनीको तर्फबाट सानैभए पनि समन्वोयेकारी भूमिका निभाउन तयार भएको कुरा यसै ग्रुपका बिजनेस डेभलभमेन्ट म्यानेजर राजन लम्सालले बताउनु भएको छ भने सुचना प्रबिधीलाई यस्को सर्बोच्च प्रयोगमा ल्याइ जस्तो सुकै सिस्टम सम्बन्धी कार्यका लागि आफ्नो टिम क्षमतायुक्त भएको कुरा यसै कम्पनीका डाइरेक्टर सुबासचन्द्र लम्सालले बताउनु भयो साथै आज सम्म आईपुग्दा, आफुहरु सँग, दुई सय प्लस एक्टिब सेवाग्राही रहेको समेत जनाउनु भयो । 

आईटी सम्बन्धी सेवा सुबिधा प्रदान गरिरहदा, आज सम्मको अनुभवमा यस ब्राण्डका हरेक सेवाग्राही सतप्रतिसत सन्तुष्ट भएको दाबी यसै ब्राण्डका सफ्टवेर डिपार्टमेन्ट अन्तर्गत प्रोजेक्ट म्यानेजर रबिन्द्र गौतमले गर्नु भएको छ। 

काठमान्डौमा समेत संपर्क कार्यालय रहेको यस ब्राण्डले राष्ट्रिय तथा अन्तरराष्ट्रिय सेवाग्राहीलाई सेवा प्रदान गर्दै नेपालका प्रमुख सम्भावना बोकेका शहरहरुमा समेत टार्गेट गरी सेवाक्षत्र बिस्तार गराउने उद्धेश्य राखेको छ।

Write a Comment

Events
Random Picks