दक्षिण कोरियाको अस्पतालमा आगलागी, ३१ जनाको मृत्यु
25-January-2018


जकसन डटकम
पोखरा, १२ माघ

दक्षिण कोरियाको एक अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । आगालागीका समयमा एक सयभन्दा बढी मानिस सो अस्पतालभित्र रहेको बताइएको छ । मूख्यतः ज्येष्ठ नागरिकको उपचार गर्ने उक्त अस्पतालको इमरजेन्सीबाट आगो सल्किएको बताइन्छ । आगोका कारण सँगै जोडिएको नर्सिङ होम पनि प्रभावित भएको छ । आगलागीमा अस्पताल र नर्सिङ होममा रहेका मानिस परेका छन् । नर्सिङ होमबाट ९३ जनाको सकुशल उद्धार गरिएको छ । (एजेन्सी)

Write a Comment

Events
Random Picks