जिपका किस्साः यसकारण बलियो बनोट भएको गाडीलाई “जिप” भन्न थालियो
29-June-2018

जक्सन डटकम
पोखरा, असार १५
 सामान्यतया “जिप” भन्ने वित्तिकै सामान्य मानिसहरु मनमा डाँडाकाँडा चढ्ने बलियो बनोट भएको शक्तिशाली गाडी भन्ने बुझ्छन् । तर, अटो क्षेत्रमा चासो राख्ने बाहेक केहीलाई मात्रलाई यसको वास्तविकताका बारेमा थाहा हुन सक्छ ।
जिप नामको खास वास्तविकता के हो भने “जिप” नाम दोस्रो विश्वयुद्धसँग जोडिएको बहुचर्चित अमेरिकन अफरोड भेइकल ब्रान्ड हो । “जिप” गत वर्षमात्र भारतमा प्रवेश गरेको हो । जिपको पहिलो उत्पादन “जिप कम्पास”ले अहिले भारतीय बजारमा प्रभाव जमाइरहेको छ ।
पहिलो जिपको निर्माण सन् १९४१ मा भएको थियो । उक्त समयदेखि दोस्रो विश्वयुद्धको अन्तसम्ममा अमेरिकामा साढे ६ लाख जिप उत्पादन भएका थिए । यसको अर्थ युद्धको हरेक दिन त्यहाँ करिब ५ सयवटा जिप बनेका थिए । ऊबेला एउटा जिपको मूल्य ६५० डलर पर्थ्यो । यो त्यो बेलाको कुरा हो जुन बेला एउटा सब–मेसिनगनको मूल्य २ सय डलर पर्थ्यो ।
२ हजार पाउन्डको फोर–ह्विल–ड्राइभ त्यो बेला घोडाझैं दौडन्थ्यो । दोस्रो विश्वयुद्धताका घाइतेलाई उपचारस्थलमा ल्याउनेदेखि प्रशान्तीय जंगल र दक्षिण अफ्रिकामा भएका सशस्त्र गस्ती वा रुसी युद्धमैदानमा तोप बोक्ने काममा जिप प्रयोग भयो  ।
आज जिपको जन्म भएको ७७ वर्ष भइसकेको छ । तैपनि उसको विरासत कायमै छ ।
भनिन्छ, जिप चढ्नेहरु फरक खाले नै हुन्छन् । धेरै जिपप्रेमीहरुले विश्व रेकर्ड पनि बनाएका छन् । त्यसैले त जिपबारे धेरै पुराना र विश्वास गर्न कठिन कथाहरु पाइन्छन् । केही किस्सा यसप्रकार छन् ।

रेकर्ड–ब्रेकिङ आरोहण


सन् १९३७ मा जन अल्फ्रेड सेपान्स्की र जस्टिन मस्निस आन्डेस पर्वतको सर्वोच्च चुचुरो ओजोस डेल सलाडो चढ्ने पहिलो मानिस थिए । सन् २००७ मा दुई वटा जिप रेंग्लरले ६ हजार ६ सय ४६ मिटर अग्लो यो ज्वालामुखीय पर्वत चढेका थिए । विगतमा धेरै मानिसले विभिन्न ब्रान्डका गाडी प्रयोग गरेर यसलाई चुम्ने प्रयास गरे । तर कसैले पनि यो कठिन पहाड चढ्ने सकेका थिएनन् । पश्चिमी गोलाद्र्धको दोस्रो सबैभन्दा अग्लो पर्वतलाई रेंग्लर अनलिमिटेड रुबिकनले पाँच दिनको यात्रामा चढेको थियो । 
“वास्तवमा यो यात्राले जिप रेंग्लर अनलिमिटेडलाई अन्य फोर ह्विल गाडीभन्दा क्षमतावान् र कठोर सावित गरिदियो । खासमा त्यो यात्रा अफरोड मात्र थिएन खराब परिस्थितिमा गाडीको क्षमता, सस्पेन्सन र गुणस्तरको परीक्षण थियो,” एफसीएका वरिष्ठ अधिकारी जर्ज मर्फीले भनेका थिए । रुबिकनको यो यात्रालाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत राखिएको छ ।
पानीमुनि जिपको लर्को
 
यो सुन्दैमा अनौठो कुरा हो । जिपप्रेमीका लागि यो पक्कै पनि उत्कृष्ट “धार्मिक” गन्तव्य हुनसक्छ किनकी जिपमा चढेर जमिनको सतहबाट यो सम्पदा देख्न सकिन्छ । पानीमुनि गए चाहिँ पुराना जिप देख्न सकिन्छ । “मिलियन डलर प्वाइन्ट” नाम दिइएको यो ठाउँ दक्षिण पश्चिमी प्रशान्तीय टापु इस्पिरिटो सान्टोमा पर्छ । यो ठाउँ युद्धमा प्रयोग भएका गाडीको डम्पिङ साइट हो । दोस्रो विश्वयुद्धपछि अमेरिकी सैनिक अधिकारीहरुले बढी भएका गाडीलाई फाल्न यो टापु रोजेका हुन् । 
यस स्थानबाट पानीमुनि हाम फाले जिप, बुलडोजर, फोर्क लिफ्ट र कोकका केस पनि देख्न सकिन्छ ।
छाडिएका हजारौं जिप 


जापानी टापु ओकिनावामा पनि दोस्रो विश्वयुद्धपछि छोडिएका हजारौं जिप थिए । सुरुमा यी गाडी अमेरिकामा फर्काउन लाग्ने खर्चलाई अनुमान गरेर तिनीहरुलाई त्यहिँ छोड्ने सोचिएको थियो । ती वर्षौंसम्म त्यहिँ रहिरहे । यस स्थान जिपको पार्टस् खोज्नेका लागि स्वर्ग नै बनेको थियो । 
कोरिया युद्धमा छोडिएका जिप पनि पुसानमा थिए । जिपहरु एकमाथि अर्को खप्ट्याएर राखिएका थिए । 
विलिस जिपको अनौठो प्रदर्शनी
 
दोस्रो विश्वयुद्धमा प्रयोग भएको विलिस एमबी जिप पाए तपाईं के गर्नुहुन्छ रु पक्कै पनि राख्नु हुन्छ । तर, कसरी कहाँ राख्नु हुन्छ रु
क्यानेडियन कार डिलरसिपको उपाय तपाईंका लागि सहि हुनसक्छ । उनीहरुले यो युद्धगाडीलाई किनेका थिए तर उनीहरु ७५ वर्ष पुरानो जिपलाई केही फरक ढंगले राख्न चाहन्छन् । त्यसैले उनीहरुले जिपलाई आफ्नो सोरुममा खनेर राखे ताकि आफ्नो ग्राहकलाई केही रमाइलो अनुभुति होस् ।
“हाम्रोमा त्यस्ता मानिसहरु पनि आउँछन् जो जिप किन्नेमा कुनै चासो राख्दैनन् तर यो गाडी भने हेर्न छिर्छन्,” सोरुमका मार्केटिङ म्यानेजर केविन सकाले भने । “सोरुममा जो पनि आउँछन् यसका बारेमा सोधिहाल्ने उनको दावी छ ।
संसारकै लामो जिप परेड


गिनिज वल्र्ड रेकर्डस् नामा दर्ता गर्न पहिलो बान्टम जिप फेस्टिभलका आयोजक केही स्मरणीय काम गर्न चाहन्थे त्यसैले उनीहरुले १ हजार १०६ वटा जिपलाई तीन माइल लामो परेड रुटमा घुमाए । अमेरिकाका ६ वटा राज्यका जिपमालिकहरु सन् २०११ मा भएको यो परेडमा सहभागी भएका थिए । 
यो परेडले विश्व कीर्तिमान त राख्यो नै, सहभागीलाई मनोरञ्जन दिन विभिन्न इभेन्टको आयोजना गरियो । क्यानेडियन जिफी जिप टियर डाउन त्यसमध्ये एउटा हो जसमा केही क्यानेडियन कारप्रेमीले मानिसहरुको भीडमा जिप ल्याए, त्यसको सबै पार्टस् खोले, फेरि एसेम्बल गरेर चलाएरै त्यहाँबाट गए ।
अन्तरमहादेशीय यात्रामा जिप
केही फ्रान्सेली एड्भेन्चरप्रेमी पेरिसबाट तीन महादेश र विशाल सागर पारेर गरेर न्युयोर्कसम्मको यात्रा गर्न चाहन्थे । यसका लागि उनीहरु जिप रेंग्लर छाने । यो २७ हजार माइलको यात्रा फुली–इक्विप्ड जिपमा गर्ने उनीहरुको योजना थियो । बाटोमा उनीहरुले ३१ सय माइल सडकबिहिन साइबेरियन जंगल, ५० माइल वास्तविक सागर र १५ सय माइल बर्फिलो अलास्कन तटीय क्षेत्र पार गरे ।
तर उनीहरु सफल भएनन् । साढे दुई वर्षको यात्रापछि उनीहरुले यो यात्रा परित्याग गर्ने निर्णय गरे । तीन ड्राइभरमध्ये एक म्याथिस जेस्कले आफूहरुलाई गुडइयर टायरले पनि निकै सहयोग गरेको बताए ।

साभार:  बाह्रखरी

Write a Comment