हिरोको ‘एक्ष्ट्रिम २००आर’ पोखरामा
14-September-2018


जक्सन डटकम 
पोखरा, भदौ २९

हिरो मोटोकर्पको नयाँ मोटरसाइकल ‘एक्ष्ट्रिम २००आर’ पोखरामा भित्रिएको छ । बिहीवार एक कार्यक्रमबीच हिरो मोटोकर्पका लागि नेपालका कण्ट्री सेल्स म्यानेजर हरप्रित सिंहले पोखरामा मोटरसाइकलको विक्री शुरू गरेका हुन् ।

एण्टी–लक ब्रेक सिष्टम ९एबीएस० जडान गरिएको यो बाइकमा २ सय सीसी क्षमताको एयर कुल्ड इञ्जिन रहेको छ । यसको उच्चतम गति १ सय १४ किमी प्रतिघण्टा रहेको कम्पनीको भनाइ छ । यसमा २ सय ७६ मिमीको अगाडिको डिस्क र २ सय २० मिमीको पछाड डिस्क ब्रेक रहेको छ ।

यसमा १७ इञ्च, १३०र७० चौडाइको रियर रेडियल टायर रहेको छ । यसको विक्रीमूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ कायम गरिएको बताइएको छ ।

 

Write a Comment