मुस्ताङ सम्मको यात्राका लागि हिटर जडान भएको गाडी सञ्चालनमा
4-October-2018

पोखरा,असोज १८
सन्तोष बस्याल

म्याग्दी कोरला यातायात प्रालीले नागरिकको चाहना अनुरुप मुस्ताङ सम्मको यात्राका लागि हिटर जडान भएको गाडी सञ्चालनमा ल्याएको छ ।

विगतमा म्याग्दी बेनी देखि काठमाडौं सम्मको आरामदायी यात्रा प्रदान गर्दै आईरहेको म्याग्दी कोरला यातायात प्रालीले यात्रुहरुको चाहना र मुस्ताङको मौसमलाई लक्षित गरि हिटर जडान भएको गाडी सञ्चालन गर्ने भएको हो । गाडीमा आरामदायी २७ सिट छन् ।

पोखरा देखि मुस्ताङ सम्मको यात्रामा यात्रुले सेवाशुल्क बापत रु ११ सय दिनुपर्ने छ । जसमा कफि,नास्ता र कोल्ड ड्रिङक्स लगायतका सेवासुविधा यात्रुले पाउने प्रालीका सञ्चालक नरेश रोकायले बताए । ‘अहिले हामीले ५ वटा गाडीहरुमार्फत सेवासुविधा प्रदान गरिरहेका छौ, उनले भने,आगामी दिनमा सुपरडिलक्स लगायतका गाडी मार्फत पनि सेवा दिने लक्ष्य रहेको छ ।’

७ जना युवाहरु नरेश रोकाय, प्रकाश पौडेल,नगेन्द्र केसी, धन कुमार पुन, सुरज केसी, मोहन केसी र अर्जुन आचार्यको संयुक्त लगानीमा सञ्चालन गरिएको प्रालीले म्याग्दीमा आफ्नो प्रदान कार्यलय स्थापना गरि सेवा दिदैं आईरहेको छ । सुविधासम्पन्न, आरामदायी र सुरक्षित यात्राको खोजीमा यात्रुहरु हुने भएकाले आफुहरुले यस्तो प्रकारको गाडी सञ्चालनमा ल्याएको रोकायले बताए ।

विहीबार पोखरामा एक कार्यक्रमको आयोजना गर्दै प्रालीले पोखरा देखि मुस्ताङ सम्मको यात्रा सुरुवात गरेको छ । कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेशका प्रतिनिधी सभाका सदस्य माननिय प्रदिप गिरीले राजनितिक परिवर्तनमा महत्वपुर्ण योगदान दिएका युवाहरुको जमात उद्यमशिलतामा लागेको देख्दा खुशी लागेको बताए । सुखि नेपाली समृद्ध नेपाल बनाउन अब सबै युवाहरु उद्यममा लाग्नु पर्ने उनको भनाई थियो ।

श्रम गरेर खाने बानी भयो भने हरेक क्षेत्रमा सफलता मिल्ने बताउदै यसले समग्र गण्डकी प्रदेशमै ठूलो आर्थिक परिवर्तन आउने गिरीले बताए । अहिले कोरला देखि सुस्तासम्म फास्ट ट्रयाकको लागि रकम पनि विनियोजन गरिएको छ । अब गण्डकी प्रदेशमा ठूलो सम्भावना रहेको पहारीले बताए ।

एउटै व्यावसायलाई पनि अरु भन्दा फरक र नविनतम कसरी बनाउने त्यता तर्फ पनि लाग्नुपर्ने उनको धारणा थियो । उनका अनुसार प्रदेश सरकारले प्रदेशको प्राकृतिक स्रोतसाधनको सुरक्षाका निम्ती मोडालिटी तयार पारेको छ । अब छिट्टै फेवातालको आकार वृद्धिबाट सुरुवात गरिने उनले विश्वास दिलाए ।

प्रदेशकै प्रदेश सभा सदस्य मुस्ताङका जनप्रतिनिधी ईन्द्रधारा बिष्टले प्रालीबाट नागरिकको गुनासो नआउने गरि सेवा पाउने आफु विश्वस्त रहेको बताए । मुस्ताङमा यातायात सञ्चालनमा आएका कठिनाई, बाधाअडचनका विषयमा आफुसँग कुरा राख्न उनले व्यावसायीलाई आग्रह गरे ।

यससँगै आज बाट नियमित रुपमा मुस्ताङकालागि सुविधासम्पन्न गाडी छुटेको छ । प्रालीले बेनी काठमाडौंका लागि ३० सिटको बस पनि सञ्चालन गरि रहेको छ । भविष्यमा सौर्य र विद्युतिय गाडीहरु पनि सञ्चालन गर्ने प्रालीको लक्ष्य छ ।

 

 

Write a Comment

Events
Random Picks