भोलीदेखि नयाँ कन्सेप्टमा बनेको 'अल्फान्जो रिर्सोट' सञ्चालनमा
9-October-2018


जक्सन डटकम 
पोखरा, असोज २३

लेकसाइडको खपौँदीमा अल्फान्जो रिर्सोट सञ्चालनमा आउने भएको छ । दशैको अवसर पारेर घटस्थापनाको दिन असोज २४ देखि सञ्चालनमा आउन लागेको सञ्चालक सुबास भट्टराईले जानकारी दिएका छन् । 

विदेशी पर्यटकहरुसंगै आन्तरिक पर्यटकहरुलाई पनि लक्षीत गरि रिसोर्ट सञ्चालन गर्न लागेको सञ्चालक भट्टराईले बताए । ‘सबै ग्राहकहरुको रोजाइलाई मध्यनजर गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको हो’ उनले भने, ‘अल्फन्जो नयाँ कन्सेप्टमा बनेको रिसोर्ट भएकाले सबैले मन पराउनु हुन्छ भन्ने विश्वास लिएको छु ।’

५ रोपनीमा रहेको रिसोर्ट लगभग ४ करोडको लागतमा समपन्न भएको हो । रिसोर्टमा स्वीमिङ प्रेमीहरको लागि स्वीमिङ पुल समेतको व्यवस्था गरिएको छ । हरेक किसिमका खानाहरुसंगै हरेक साँझ लाइभ म्युजिकमा रमाउन सकिने र हरेक १५ दिनमा विभिन्न इभेन्टहरुको आयोजना समेत हुने आयोजकले जनाए ।

विहान ७ बजे देखि बेलुका १०ः३० सम्म खुला रहने रिसोर्टमा २८ जना स्टाफहरु छन् । ग्राहकहरुको सुविधाको लागि ८ वटा रुमको व्यवस्था गरिएको छ ।  रुखमा बसेर विभिन्न परिकारहरुको स्वादसहित फेवातालको दृश्यमा रमाउन सकिने वातावरण अल्फान्जोले तयार पारेको छ ।

रिसोर्टमा बस्नेलाई क्याम्प फायर, साथै विशेष छुटको व्यवस्था गरिएको छ भने ओपनिङका अवसरमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

 

Write a Comment

Events
Random Picks