रोकिएन सेयर बजारमा गिरावट
20-November-2018


जक्सन डटकम
काठमाडौं, मंसिर ४

सेयर बजार लगातार ओरालो लाग्न थालेको छ । सोमबार करिब ६ अंकको गिरावट आएको सेयर बजारमा मंगलबार ८ दशमलव ५४ अंकले ओरालो लागेको हो । त्यस अघि साताको पहिलो दिन आइतबार पनि दोहोरो अंकले सेयर बजार ओरालो लागेको थियो ।

मंगलबार सेयर बजारमा ८ दशमलव ५४ अंकले ओरालो लाग्दा नेप्से परिसूचक घटेर १ हजार १ सय ८१ दशमलव ६६ मा आइपुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत निरन्तर ओरालो लागेको छ ।

सोमबार ३३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएकोमा मंगलबार २१ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो । मंगलबारसम्म आइपुग्दा कारोबार रकम घटेर १७ करोड ४९ लाख ७९ हजार २ सय ४५ रुपैयाँमा झरेको छ ।

दिनभरमा भएका ३ हजार ५३ कारोबारबाट १ सय ४५ कम्पनीका ५ लाख ६ हजार ६ सय ६९ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार सबैभन्दा धेरै नेपाल बैंकको सेयर किनबेच भएका छनु । नेप्सेका अनुसार नेपाल बैंकको २ करोड ३७ लाख ९९ हजार रुपैयाँको बराबरको सेयर कारोबार भएको छ ।

 

Write a Comment

Events
Random Picks