नेप्से परिसूचक समान्य अंकले घट्यो
19-December-2018


जक्सन डटकम
काठमाडौँ, पुस ४

शेयर बजारमा परिसूचक नेप्से बुधबार पनि घटेको छ । बजार अझै घटने हल्लाका कारण कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ ।

बुधबार शेयर परिसूचक नेप्से ५ दशमलव चार छ अंकले घटेर १ हजार १ सय ६२ दशमलव सात अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । १ सय ५८ कम्पनीको ३८ करोड ७२ लाख भन्दा बढिको कारोबार भएको छ । पछिल्लो समय बैंकहरुले ब्याजदर बढाएपछि शेयर बजारका लगानीकर्ताले शेयर विक्री गरि निक्षेपमा लगानी गरेका छन् ।

त्यस्तै नगद लाभांशका कारण लगानीकर्ताको मनोवल गिरेको छ । जसले गर्दा परिसूचक नेप्से दवावमा छ। बैंकिङ क्षेत्रको परिसूचक सबैभन्दा बढि घटेको छ । लगानीकर्ताले भने अहिलेको गिरावट नियमित भएको प्रतिकृया दिएका छन् ।

 

Write a Comment