पर्यटकलाई आकर्षित गर्न सुन्तला बगैंचाभित्रै होमस्टे संचालन
23-December-2018


जक्सन डटकम
स्याङ्जा, पुस ८

स्याङ्जा सुुन्तला खेतीका लागि पकेट क्षेत्र मानिन्छ । तर त्यहाँका किसानहरुले सुन्तला बगैंचाभित्रै होमस्टे संचालन गरेका छन् । जसले गर्दा सुन्तला खरिद गर्ने र होमस्टेमा रमाउने पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

सुन्तलाका लागि स्याङजाको वालिङ नगरपालिका त्यस क्षेत्रको प्रख्यात ठाउँ हो । त्यहाँको सुन्तलाको मुख्य बजार पोखरा, र बुटवल हो । तर किसानहरुले सुन्तला बगैंचाभित्र होमस्टे संचालन गरेर आम्दानीको नयाँ उपाय अपनाएका छन् । जसले गर्दा त्यस क्षेत्रमा सुन्तला खरिद गर्न जानेहरुले होमस्टेमा बसेर स्थानीय संस्कृतिसंग रमाउन पाउँछन् ।

मनोरम दृश्य सुन्तलाबारीको सुन्दरताले पर्यटकलाई समेत लोभ्याउने गर्छ । ३२ घरधुरीले संचालनमा ल्याएको सुन्तलाबारी होमस्टेमा ६० जनासम्म पर्यटक राख्ने क्षमता छ । होमस्टे सुन्तला बगैंचासंगै स्थानीय परिकार र संस्कृति, पर्यटकीय आकर्षणको कारण बनेको छ ।

सुन्तलाबाट मात्रै बार्षिक १० लाख सम्म कमाउने गरेका किसानहरु होमस्टे संचलन गरेपछि भने आम्दानी बढेको बताउँछन् । त्यस्तै बुढाकोट भ्यु टावर, र गुरुङ समुदायको संस्कृतिमा रमाउन समेत पर्यटकहरु त्यस ठाउँमा जाने गरेका छन् ।

Write a Comment