५० लाख पर्यटक भित्र्याउन निजी क्षेत्रसंग सहकार्य
31-December-2019


जक्सन डटकम
काठमाडौँ, पुस १६

बीस वर्ष भित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधार बनाउने लक्ष्य सरकारले लिएको छ । निजी क्षेत्रसंगको सहकार्यमा पर्यटन क्षेत्रको विकासमा काम गर्ने रणनीति बनाएपनि सरकारले अहिले सम्म कुनै ठोस काम अगाडि बढाउन भने सकेको छैन् ।

सन २०३० सम्म ५० लाख पर्यटक भित्र्याउने र पर्यटन क्षेत्रबाट मुलुकको जिडिपिमा २५ प्रतिशत योगदान पु¥याउने महत्वकांछी लक्ष्य सरकारको छ । त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले निजी क्षेत्रसंग सहकार्य गर्न चाहेको बताउनुभएको छ ।

सोमबार नेपाल पर्यटन वोर्डले २० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मुलुकले आर्थिक विकासको प्रमुख आधार नै पर्यटन क्षेत्र बनाउने महत्वाकाछीं लक्ष्य राखेको खुलासा गर्नुभएको छ । लक्ष्य हासिल गर्न उत्साहका साथ काम गर्न पर्यटन व्यवसायीहरुसंग उहाँको आग्रह छ । सरकारले बुटिक विमानस्थल बनाउने देखि लिएर पोखरा र लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थालको काम भइराखेकाले सरकारी लक्ष्य पुराहुने दावी मन्त्री अधिकारीको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन व्यवसाय व्यापार नभएर सेवा भएको स्पस्ट पार्दै सकारात्मक सोचका साथ काम गरेमा सरकारी लक्ष्य पुराहुने स्पस्ट पार्नुभयो । कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि सरकारले कुरा भन्दा पनि बढि काम गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

Write a Comment