सुनको मूल्य घट्यो
11-February-2019


जक्सन डटकम
पोखरा, माघ २८

सुनको मूल्यमा गिरावट आएको छ । साताको दोस्रो दिन सोमबार सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आईतवारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रति तोला ६२ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६१ ह्जार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५३ हजार १ सय ५५ रुपैयाँ, तेजावी सुन ५२ हजार ९ सय रुपैयाँ र चाँदीमा ६ सय ६४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।

 

Write a Comment

Events
Random Picks