घट्यो सुनचाँदीको मूल्य, प्रतितोला ६९ हजार ९ सय
8-November-2019


काठमाडौँ, २२ कात्तिक

शुक्रबार सुनको मूल्य ७ सयले घटेको छ। बिहीबार प्रतितोला ७० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य घटेर ६९ हजार ९ सयमा पुगेको छ।

तेजाबी सुनको मूल्य पनि ७ सय घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भइरहेकामा आजका लागि प्रतितोला ६९ हजार ६ सयमा कायम भएको छ।

चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ८ सय ५० मा कायम भएका थियो।

आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ३५ पुगेको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य प्रति औंस १४ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Write a Comment