अस्ट्रेलियाको पहिलो नेपाली एजुकेशन कन्सल्ट्यान्सी पोखरामा
8-April-2018

पोखरा, २५ चैत ।

शैक्षिक परामर्श सेवा प्रदायक अष्ट्रेलियाको पहिलो नेपाली एजुकेशन कन्सल्टेन्सी टिडब्लुजिजी र पोखराको  ह्यारिज इन्टरफेसबिच सहकार्यका लागि सहमति भएको छ । 
पोखराको चिप्लेढुंगामा रहेको ह्यारिज इन्टरफेसका सञ्चालक विष्णुहरि पौडेल र अष्ट्रेलियाको मेलवर्नस्थित टिडब्लुजिजीका सञ्चालक टोनु गुरुङविच सेवा आदनप्रदानका लागि सहमतिपत्रमा हस्ताक्षर गरी सेवा प्रारम्भ गरिएको छ । 
अष्ट्रेलियाका लागि विद्यार्थी भिजा र नागरिकलाई आवासीय भिजाका क्षेत्रमा सन् २००७ देखि शैक्षिक परामर्श तथा सेवा दिइरहको टिडब्लुजिजीले पोखरास्थित ह्यारिज इन्टरफेस मार्फत् यो सेवा आरम्भ गरेको  हो । 
अष्ट्रेलियाको मेलवर्न, पर्थ र काठमाडौंमा रहेको टिडब्लुजिजीका सञ्चालक टोनु गुरुङले अष्ट्रेलिया पढ्न र बस्न जाने हजारौं नेपाली तथा विदेशीलाई सेवा तथा परामर्शमा सफल भएकाले पोखरामा पनि सफलता पाउनेमा विश्वस्त रहेको जनाए ।  
विद्यार्थी भिजा, आवासीय भिजा साथै व्यापारिक भिजाका लागि आवश्यक परामर्श, भिजा डकुमेन्टेसन तथा भिजा प्रोसेसिङ लगायतका सम्पूर्ण सेवाहरु पोखराबाटै प्रदान गरिने संस्थाको मुख्य उद्धेश्य रहेको छ । जसले  सेवाग्राहीहरुलाई सजिलो हुनेछ । 


अष्ट्रेलियाका मुख्य विश्वविद्यालयहरू र ४० भन्दा बढी शैक्षिक संस्थाहरूसँग प्रत्यक्ष अनुबन्धित भएको टिडब्लुजिजीसँग सहकार्य गरी पोखराबाटै यो सेवा नेपाली विद्यार्थीले लिँदा राम्रो छात्रावृत्तिको अवसर पाउने ह्यारिज इन्टरफेसका सञ्चालक विष्णुहरि पौडेलले जानकारी दिए । 
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने आईएलटिएस लगायतका अन्य भाषा कक्षा समेत सञ्चालन गरी आफ्ना विद्यार्थीलाई सरल तरिकाले भिसा प्रोसेसिङमा सहयोग गर्न संस्था प्रतिवद्ध रहनेछ । 
ह्यारिज इन्टरफेसका परामर्शदाता नानुका भट्टले अस्ट्रेलियन सरकारले समय समयमा विद्यार्थी भिसामा गर्ने परिवर्तित नीतिनियम तथा शैक्षिक संस्थाका पाठ्यक्रम तथा छात्रवृत्तिका बारेमा जानकारी गराउन आवश्यक ओरिन्टेसन तथा सेमिनार गर्ने बताइन् । 
अष्ट्रेलियाबाटै आफने उच्चशिक्षा पूरा गरी पोखराको शैक्षिक क्षेत्रमा क्रियाशील ह्यारिज इन्टरफेस पोखराका सञ्चालक विष्णुहरि पौडेल शैक्षिक परामर्शका क्षेत्र लामो समयदेखि संलग्न रहेका छन् भने टिडब्लुजिजीका सञ्चालक टोनु गुरुङ गैर आवासीय नेपाली संघ अस्ट्रेलिया अध्यक्ष समते हुन् ।

Write a Comment

Events
Random Picks