अभिनेत्री शिखा जोशी आफ्नै घरमा मृत भेटिइन्
18-May-2015

मुम्बइ–

बलिउड अभिनेत्री शिखा जोशी मुम्बइको वर्सोवा स्थित आफ्नै घरभित्र मृत फेला परेकी छिन्। उनको शव घरको बाथरुममा फेला परेको हो। हिन्दी सिनेमा 'बिए पास' की हिरोइन शिखाको गलामा छुरा प्रहारको निसान भेटिएको छ। उनको शव रगतले लतपतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने विषयमा प्रहरी टुंगोमा पुगिसकेको छैन। उनी वर्सोवाको फ्लाटमा एक साथीसँग बस्दै आएकी थिइन्। खुनले लतपतिएको अवस्थामा ती साथीले कोकिलाबेन अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो।

प्रारम्भिक अनुसन्धानबाट उनी डिप्रेसनको रोगी भएको निष्कर्ष प्रहरीले निकालेको छ। 'अहिले हामीले एक्सिडेन्टल डेथको मुद्दा दर्ता गराएका छौं। पोष्टमार्टम रिपोर्टपछि यो हत्या वा आत्महत्या के हो स्पष्ट हुनेछ', अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने।

बीए पास सहित धेरै टेलि श्रृङ्खलामा काम गरिसकेकी शिखा तीन महिना पहिलो मुम्बइ गएकी थिइन्। उनकी १९ वर्षीय छोरी छिन्।

- See more at: http://nagariknews.com/entertainment/bollywood/story/38228.html#sthash.U7QnobEJ.dpuf

Related Images

Write a Comment

Events
Random Picks