आफ्नै बडिगार्डको छोरालाई हिरो बनाउने सलमान
11-November-2015

२५ कात्तिक|

शेराले सलमान खानलाई सुरक्षा दिन थालेको १७ वर्ष भइसकेको छ । गुरमित सिंह नाम भएपनि शेरा भनेर चिनिने उनका छोरा तन्नेरी भइसकेका छन् । २२ वर्षिय उनका छोरा टाइगरको लुक्स पनि राम्रो छ ।

salman khan with his bodygaurd's son / jukson.com

बताइएअनुसार टाइगरको लुक्सबाट सलमान प्रभावित भएका छन् । आफ्नो फिल्ममा नयाँ अनुहारलाई प्राथमिकता दिने सलमानले आगामि प्रोजेक्टमा टाइगरलाई हिरो बनाउन चाहन्छन् । टाइगर केही कार्यक्रममा सलमानका साथ पुगिसकेका पनि छन् ।

salman khan's bodyguard /jukson.com

खबर अनुसार सलमानले फिल्म बनाएको खण्डमा टाइगर नै हिरो हुने सम्भावना बढी छ । किनभने उनका पिता शेरा सलमानका बडिगार्ड मात्र नभई पारिवारिक सदस्यजस्ता छन् । उनी सलमानको सुरक्षाका लागि जस्तोसुकै अप्ठ्यारोसमेत भोग्न पछि पर्दैनन् । सलमान जहाँ गएपनि  शेरा छुट्दैनन् । 

 

शेरा सलमानका विश्वासिला पात्र मात्र होइनन् सलमान शेरालाई व्यवहारिक सल्लाह पनि दिन्छन् । सेलिब्रेटीहरुलाई सुरक्षा दिने हिसाबले शेराले खोलेको सुरक्षा कम्पनि पनि सलमानकै सल्लाह हो । सुरक्षा कम्पनिको नाम पनि छोरा टाइगरकै नामबाट राखिएको छ । उनी सलमानलाई सुरक्षा दिनुअघि हलिउड अभिनेताहरुका बडिगार्ड थिए ।

 

source:setopati