निखिललाई निशाको जवाफ : बाघ दुब्लाउँदैमा स्याल हुँदैन, केटीले कपाल काट्दैमा केटा हुँदैन
11-November-2015

 कात्तिक २४ |

निखिल उप्रेतीको दोस्रो कमब्याक फिल्म ‘लुटेरा’ दीपावलीको अवसरमा कात्तिक २५ गते रिलिज हुँदैछ । यसैको सेरोफेरोमा लुटेरा टोलीले राजधानीमा पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा फिल्मसम्बद्ध व्यक्तिले फिल्मसँग जोडिएका विषय प्रस्तुत गरेका थिए ।

 

अफ्रिकाको किलिमाञ्जारोको सफल आरोहणपश्चात भर्खरै नेपाल फर्किएकी निशाले कार्यक्रममा कपालसँग जोडिएको किस्सा सुनाइन् । निशाका अनुसार ‘मैले तिमीलाई मन पराको अवस्था’ बोलको गीतमा नाच्ने क्रममा ‘विग’ लगाउने तयारी थियो तर निखिल उप्रेतीले उनलाई छोटो कपालमै नाच्न सुझाएका थिए । 

 

‘मलाई छोटो कपालमा नाच्ने कन्फिडेन्स नै थिएन ।’ निशाले भनिन्,‘निखिल दाइले यत्तिकै छोटो कपालमा नाच भनेपछि कोरियोग्राफर रामजी दाइले पनि होमा हो मिलाउँदै आउनुभयो । सुरुसुरुमा त नाच्न अप्ठ्यारो लाग्दै थियो । डान्सको सट सकिएपछि कुदेर मनिटरमा हेर्न जान्थेँ । त्यसपछि त आफैंलाई राम्रै देखिएजस्तो लाग्यो ।’

 

nepali filmstar /jukson.com

 

निशाले फिल्ममा काम गर्नुअघि निर्देशकले नायकको बराबरीमा उभ्याउने भनेर वचन दिएकाले काम गरेको बताइन् । उनले निखिललाई कमब्याक फिल्मपछि झन् ह्याण्डसम, रोमान्टिक र उड्दै आएको भन्दै तारिफ गरिन्। 

 

त्यस्तै, निखिल उप्रेतीले पनि निशाको कपाललाई लिएर ‘मजाक’ गर्न भ्याए । उनले सम्बोधनका क्रममा ‘निशा भाइ’ भनेपछि मञ्चमा बसिरहेकी निशा पनि चुप लागिनन् र जवाफ दिइन्,‘बाघ दुब्लाउँदैमा स्याल हुँदैन, केटीले कपाल काट्दैमा केटा हुँदैन ।'

 

निशा जस्तै निखिलले पनि ‘डान्स’ को बारेमा बोलेका थिए । उनले लुटेराबाट आफूले नाच्न जानेको उल्लेख गर्दै आफ्नो खुबि निकालिदिएकाेमा कोरियोग्राफरलाई धन्यावाद दिए ।

 

 

source:setopati

Events
Random Picks