रणवीर भन्छन्, ‘दीपिकासँग काम गर्दा आनन्द’
17-November-2015

मंसिर १ ,काठमाडौं |
 

कुनै बेलाका लभ बर्ड रणवीर कपुर र दीपिका पादुकोण एकाएक अलग भए । छोटो समयमै घनिष्ठ भएका दुईबीच सायदै कुनै कुरा छिपेको थियो । दीपिकाबारे राम्रै जानकार भए पनि कलाकार दीपिकाबारेमा भने रणवीर यति बेला बल्ल प्रस्टिएका रहेछन् ।

‘बचना ऐ हसिनों’ मा स्क्रिन सेयर गरेका रणवीर–दीपिकाले त्यसपछि मन पनि बाँडे । तर दीपिकालाई दिएको मनलाई रणवीरले स्थिर राख्न सकेनन् । रणवीरलाई ‘रंगेहात’ फेला पारेपछि ब्रेकअप भएको एउटा अन्तर्वार्तामा दीपिकाले बताएकी थिइन् ।

पछि दुवैले ब्रेकअपको भद्र सहमति गरे र ‘ऐ जवानी है दिवानी’ खेल्न पुन: राजी भए । अनस्क्रिन जोडीको उक्त फिल्म सुपरहिट भए पनि अफस्क्रिन जोडी भने त्यसपछि सम्भव भएन । यतिबेला उक्त जोडी ‘तमाशा’ मार्फत फेरि आउँदै छ । अहिले भने एकले अर्कालाई असल साथी मान्दै त्यही अनुरूप सार्वजनिक व्यवहार देखाउँदै आएका छन् ।

depika & ranbir / jukson.com

हालै रणवीरले दीपिकाको अभिनय क्षमताको खुलेर तारिफ गरेका छन् । उनले भनेका छन्, ‘दीपिका मस्ती गर्ने बिन्दास खालकी छन् । तर अभिनेत्रीका रूपमा भने मलाई उनीसँग डर लाग्छ ।’

रणवीरले कलाकारका रूपमा दीपिकाले छोटो अवधिमै छलाङ मारेको टिप्पणी गर्दै थपेका छन्, “जब म उनीसँगै काम गर्छु, आनन्द आउँछ । उनीसँग काम गर्दा खुब सन्तुष्टि पनि मिल्छ ।

व्यक्तिगत रूपमा पनि र पेसागत रूपमा पनि उनीमा निकै सुधार आएको छ । ‘बचना ऐ हसिनों’ मा काम गर्दादेखि धेरै फरकपना अनुभव गरेको छु ।”

रणवीरका अनुसार दीपिका बलिउड छिर्दाका सुरुवाती दिनमा लजालु स्वभावकी थिइन् । तर जब सफलता चाख्दै जान थालिन् र फिल्म क्षेत्रको वातावरणमा सहज हुँदै गइन्, आत्मविश्वास बढाउँदै लगिन् ।

‘उनमा आएको बदलाव देखेर म आफैं डराउँछु,’ रणवीरले पूर्वप्रेमिकाबारे बताएका छन्, ‘तर पनि उनी सभ्य र गौरव गर्न लायक कलाकार हुनुका साथै हाँसोठट्टा गर्न रुचाउने खालकी छन् ।’

 

source: ekantipur


 

Events
Random Picks