वरिष्ठ बलिउड अभिनेता सइद जाफरीको निधन
17-November-2015

एजेन्सी( लण्डन) , मंसिर १  |

गान्धी, सतरञ्जके खिलाडी, राम तेरी गंगा मैली जस्ता फिल्मका चर्चित अभिनेता सइद जाफरीको निधन भएको छ । हलिउड फिल्ममा समेत अभिनय गरेका सइदको ८६ वर्षको उमेरमा बेलायतमा निधन भएको हो ।

केही राष्ट्रिय अवार्डसमेत जितेका सइदले सन् १९६८ देखि २००६ सम्म फिल्ममा काम गरेका थिए । 

 

तीन सन्तानका पिता सइदले मधुर जाफरीसँग बिहे गरेका थिए तर, जम्मा ७ वर्ष मात्र सम्बन्ध टिकेको थियो ।