बेल्जियममा बिहे गरेर गरिमाले खोलिन् रेष्टुरेन्ट
15-January-2016

२०७२ माघ १|

garima / jukson.com

 

नायिका गरिमा पन्तले बेल्जियममा रहेका हरि शर्मा थपलियासँग बिहे गरेकी छिन् । बिहे गरेर यी दुइले नयाँ व्यापार पनि सुरु गरिसकेका छन् । गरिमा र हरिको प्रेम रहेको खबर अनलाइनखबरले केही महिना अगाडि सार्वजनिक गरेको थियो ।

यी दुइले जापानिज सुसी रेष्टुरेन्ट खोलेका छन् । यो रेष्टुरेन्टको बिहिबार उद्घाटन पनि गरिएको छ । गरिमाले आफूले नयाँ व्यवसाय सुरु गरेको जानकारी फेसबुकबाटै दिएकी छिन् ।

दुई बर्ष अगाडि सांगीतिक कार्यक्रमका लागि यूरोप पुग्दा गरिमा र हरिको भेट भएको थियो । यसपछि गरिमा नेपाल भन्दा ज्यादा वेल्जियममा नै बस्दै आएकी थिइन् । चलचित्र क्षेत्रबाट टाढा देखिएकी गरिमाले सुटुक्क बिहे गरेकी हुन् । उनका श्रीमान् हरि शर्माले भने-‘हाम्रो बिहे भर्खरै भएको छ । अब गरिमाले यतै व्यवसाय गर्छिन् वा कलाकारितालाई नै अगाडि बढाउछिन् भन्ने टुंगो लागेको छैन ।’


गरिमासँग् प्रेम भएपछि हरि थुप्रै पटक नेपाल पनि आएका थिए । हरि र गरिमाको प्रेमको बिषयमा केही चलचित्रकर्मी मात्र जानकार थिए । हरिले गरिमासँगको प्रोफाइल पिक्चर्स राखेपनि गरिमाको अनुहार लुकाएका थिए ।

 

 

source:onlinekhabar