म एकदमै लजालु छुः सन्नी लियोनी
26-January-2016

पर्दामा बोल्ड रुपमा प्रस्तुत हुने बलिउड नायिका सन्नी लियोनीले वास्तविक जीवनमा आफु निकै लजालु केटी भएको बताएकी छिन् । ‘जब म कुनै कार्यक्रम एवं पुरस्कार वितरण समारोहमा पुग्छु मलाई एकदमै लाज लाग्छ’-उनले भनिन् ।

वास्तविक जीवनमा आफू लजालु भएपनि कतिपयले उत्ताउली सोचिदिएकोमा चित्त दुख्ने सन्नीको भनाई छ । ‘जिस्म’वाट बलिउड चलचित्रमा प्रवेश गरेकी सन्नी अहिले बलिउड फिल्ममा ब्यस्त छिन् । केही ब्यक्तिले अझै उनको आलोचना गर्न छाडेका छैनन् ।

कतिपयले उनलाई कपटी र घमण्डी भनेर बुझ्ने गरेका छन् । सन्नीको भनाई अनुसार उनी सामान्य खालकी छिन् । पोर्न चलचित्र खेलेका कारण पनि बलिउडमा उनले चल्तीका कलाकारसँग काम गर्न पाएकी छैनन् ।

Source:Onlinekhabbar

Events
Random Picks