करिश्मा र संजयबीच सम्बन्ध विच्छेद
9-April-2016

मुम्बई–बलिउड अभिनेत्री करिश्मा कपुर र उनका श्रीमान संजयबीचको बढ्दो असमझदारी अन्ततः सम्बन्ध विच्छेदसम्म पुगेको छ। भारतीय संचारमाध्यमहरुका अनुसार दुवै जना आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न राजी भएका हुन्।

अदालतमा सुनुवाईको क्रममा दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न राजी भएका हुन्। दुवै जना सम्बन्ध विच्छेद गर्न राजीभएपछि उनीहरुको बच्चा भने अदालतले करिश्मालाई नै जिम्मा दिएको छ । साथै संजयले चाहेको बेलामा बच्चासँग भेट गर्न पाउने अदालतले फैशला सुनाएको छ। संचारमाध्यमका अनुसार मुम्बईस्थित संजयको बुवाको घर करिश्मा कपुरको नाममा आएको छ। संजयले बच्चाको लागि भन्दै चार करोडको व्याण्ड खरिद गरेका थिए, व्याण्डको प्रत्येक महिना दश लाख रुपैयाँको व्याज आउँछ।

करिश्मा र संजयको सम्बन्ध विच्छेदको मुद्दा यसअघि मुम्बइको एक अदालतमा चलेको थियो। यो बीचमा दुवैजनाबीच निकै असमझदारी बढेपछि संजयले अदालतमा अपिल गर्दै आफ्नो ज्यानलाई खतरा गरेको भन्दै सो मुद्दालाई दिल्ली ट्रान्सफर मागगरेपछि सो मुद्दा दिल्ली ट्रान्सफर गरिएको थियो। करिश्मा र संजय कपुरबीच १४ वर्ष पहिला बिबाह भएको थियो। तर बिबाहको केही वर्षपछि नै दुवैबीच असमझदारी बढेको थियो।

- See more at: http://nagariknews.com/entertainment/story/65329.html#sthash.LngWExoH.dpuf