वरिष्ठ संगीतकार अम्बर गुरुङको सम्छिप्त जीवनी
7-June-2016

वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार विहान निधन भएको छ । नेपाली राष्ट्रिय गानका संगीतकार गुरुङको जन्म त भारतको दार्जीलिङमा भएको थियो । तर, उनले नेपाली संगीत आकासमा थुप्रै कालजयी संगीतहरु भरेका छन् ।

हालै मात्र उनले भनेका थिए कि मलाई भेट्न आउँदा नेपाली छाती बोकेर आउनू । 

गुरुङको जन्म २६ फेब्रुअरी १९३८ मा भारतको दार्जीलिङको लालढिकीमा भएको थियो । उनका बुवा उजिरसिंह गुरुङ बि्रटिस ईन्डियन आर्मीका पूर्व सेना थिए ।

उनको बुबाको ईच्छा छोराले पनि सेनामा जागीर खाओस् भन्न्ने थियो । तर, अम्बरको इच्छा गीत, संगीत र साहित्यप्रति थियो, जुन कुरा आमा रेणुकादेवीलाई थाहा थियो ।

उनको पुख्र्यौली घर गोरखा रिसिङ हो, गोरखावाट बसाई सरेर उनका बुबा दार्जिलिङ पुगेका थिए । अम्बरले विद्यालय शिक्षा दार्जिलिङमै पढे । टर्नबुल स्कुल दार्जिलिङ पढेका अम्बर स्कुलले जीवनदेखि नै संगीतसाग जोडिएका थिए ।

सन १९५० मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लाख तारा उदाए’ मा उनलै संगीत गरे । र, यो गीतले अत्याधिक चर्चा पाएको थियो । उक्त गीत बजारमा आएको एक सातामै पाँचसयप्रति विक्री भएको थियो भने गीतले भारत विरोधी भाव बोकेको भन्दै अल इण्डिया रेडियोले अम्बर गुरुङको उक्त गीतमाथि प्रतिवन्ध लगायो ।

जुन गीतले नेपालीहरूको मन भने जितेको थियो । राज महेन्द्रले पनि सोही गीत मन परेकाले उनलाई नेपाल बेलाएको भन्ने गरिन्छ ।

कुनै वेला अम्बरले दार्जीलिङमा संगीत स्कुल समेत खोलेका थिए, जहाँ अरुणा लामा, कर्म योन्जन, जितेन्द्र बर्देवा, ईन्द्र गजमेर, रञ्जित गजमेर, शरण प्रधान लगायत आबद्ध थिए । उनीहरु विभिन्न सांगीतिक कार्यक्रम पनि गर्थे ।

दार्जीलिङमै रहँदा उनले शास्त्रीय संगीत र साहित्यको अध्ययनलाई अघि बढाए । संगीत केबल मनोरञ्जन मात्रै हैन भन्ने उनको मान्यता थियो ।
सन १९६२ देखि १९६५ सम्म पश्चिम बङ्गालको फोक इन्टरटेन्मेन्ट युनिटमा संगीत प्रमुखको जिम्मेवारी सम्हालेका अम्बर सन १९६७ मा ग्राहम्स होम्स कालिङपोङमा संगीत प्रशिक्षक पनि भए ।

सन् १९६१ देखि सन् २००६ सम्म उनले विभिन्न पत्रिकामा संगीत सम्बन्धी लेख लेखे । संगीतसाग सम्बन्धित एक हजार बढी विभिन्न लेख प्रकाशित छन् उनका ।

र, नेपाल आए 

अम्बर गुरुङले दार्जीलिङमै हुँदा नेपाली गीतमा संगीत भर्न सुरु गरेका थिए । उनी बिसं २०२६ मा राजा महेन्द्रको निम्तोमा नेपाल आए । नेपाल आए लगत्तै उनले तत्कालीन नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानमा संगीत विभाग हेर्ने जिम्मेवारी पाए ।

सन् १९६९ देखि ३० बर्षसम्म लगातार प्रज्ञा प्रतिष्ठानमा संगीत विभागको निर्देशक भएर काम गरे । सन् २०१० मा उनी नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति भए ।

स्टेजमा मञ्चित नाटक माधव प्रसाद घिमिरेको मालती मंगले, महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन र कुन्जिनीमा उनैले संगीत दिएका थिए । सत्य मोहन जोशीको चारवाट नाटकमा पनि उनले संगीत दिएका छन् ।

चलचित्र मनको बााध र जीवनरेखा र बृत्तचित्र आदिकवि भानुभक्तको पाश्र्वसंगीत दिएका छन् ।

उनले हिमालयन टोन्स म्युजिक एकेडमीले आयोजना गरेको ‘अम्बर गुरुङ रात्री’ मा आयोजकका तर्फवाट अम्बरलाई महासंगीतकारको उपाधि दिएको थियो ।

२०२८ सालमा गोरखा दक्षिण बाहु चौथोबाट सम्मानित उनले उनले बिस २०५४ सालमा जगदम्बाश्री पुरस्का पाए । इन्द्र राज्यलक्ष्मी, छिन्नलता गीति पुरस्कारलगायत दर्जनौ सम्मान पाएका छन् भने लाईफटाइम एचीभमेन्ट अवार्ड मात्रै २० वढी संस्थाले दिएको छ ।

बिस २०६८ नेपाली सेनाले उनलाई महासेनानी सम्मानद्धारा सम्मान गरेको थियो । उनले सङगीत गरेको रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो बोलको गी लाई सैनिक गान घोषणा गर्दै सेनाले यो सम्मान दिएको थियो ।

गुरुङको चारवटा पुस्तक प्रकाशित छन् । अक्षरका आवाजहरु, कहाा गए ति दिनहरु, कैले लहर कहिले तरंग र सम्हालेर राख पुस्तक प्रकाशित छन् । उनका विभिन्न संस्मरण तथा निबन्धहरू समेत प्रकासित छन् ।